काठमाडौका मेयर बालेन्द्र साह र प्रधानमन्त्री केपी अाेलीबीचको सञ्जाल युद्ध जारी छ। बागमती किनारका सुकुम्बासी मुद्दादेखि गिरीबन्धु हुँदै नाबालिकाकाे विषयले चर्किएको सञ्जाल विवाद प्रधानमन्त्रीकाे पेज अनफलाे गर्ने तहसम्म पुगेको छ।
एमालेकी प्रदेश सासद रेखा शर्माले नाबालिकालाई श्रमशाेषण गरेको विषयले एमाले र मेयर बालेनबीच सञ्जाल युद्धका क्रममा मंगलबार साँझदेखि प्रधानमन्त्री अाेलीकाे पेज अनफ्लाे गर्नेहरूकाे संख्या ६० हजार पुगेको हाे।
मेयर बालेनका फ्यानहरूले चलाएको अनफलाे अभियानमा एक रातमै ६० हजार जतिले अनफलाे गरेका हुन्।६ सय ६६ हजार फलाेअर्स भएको प्रधानमन्त्रीकाे पेजमा बुधबार बिहानसम्म ६ लाख संख्याकाे हाराहारीमा झरेको छ।
हिजो सडकमा यस्ता वाकयुद्ध हुन्थे,पछिल्लो समय सञ्जालमा हुन्छ ।याे कुनै निर्वाचन जित्ने मत नभएपनि लाेकपृयताका मानक भने अवस्य हाे।पछिल्लो समय मुख्य दलप्रति जनताको वितृष्णा बढेको छ।त्यसैकाे बिम्ब हाे,याे । त्यसै अन्तरगत नाबालिकाकाे विषय लिएर मेयर बालेन र एमालेबीच सञ्जाल प्राेक्सी वार जारी छ।दुई दिन अघि मेयर बालेनले प्रधानमन्त्री अाेलीलाई चुनाैती दिदै सांसद रेखा शर्मालेले नाबालिका घरमा राखेर श्रमशाेषण गरेको विषयमा सामाजिक सञ्जालमा पाेस्ट गरेका थिए। त्यही पाेस्टका विषयमा एमाले कार्यकर्ता र बालेनका फ्यानबीच सञ्जालमा वारपारकाे युद्ध चलिरहेको थियोे । चर्चामा आए अनुसार एमालेले मेटा कम्पनीलाई अनुरोध गरेर मेयर बालेनकाे पाेस्ट हटाईएकाे थियोे ।त्यसपछि मेयर बालेनले मंगलबार “पोस्ट उडाउने हैन, दोषी समाउ सरकार ।
म गलत हो ,भने मलाई समाउ, हैन भने दोषी समाउ । ” भन्दै अर्को स्टाटस पाेस्ट गरे।
त्यसपछि अझै चर्कियाे विवाद ।सरकारले नाबालिकाकाे विषयमा अनुसन्धान गर्नेतिर लागेको देखिएन। प्रधानमन्त्री मुद्दामा गम्भीर भएनन् ।तर, आफ्ना कार्यकर्ताकाे संरक्षणमा उत्रिए ।
यश अघिका मुद्दामा पनि बालेनले प्रश्न उठाउदै आएका थिए। खास गरि सुकुम्बासी हटाउने विषयदेखि विवाद शुरू भएको थियोे ।गिरीबन्धु टी स्टेट जग्गाकाे विषयमा पनि मेयर बालेनले प्रश्न गरेका थिए। बागमती किनारा अतिक्रमण गरेर बसेकाहरूलाई गिरीबन्धुकाे जग्गामा साराै, जहाँ दस हजारलाई सेटल गर्न सकिन्छ ,भनेर स्टाटस लेखेका थिए, मेयर बालेनले ।त्यसपछि न्युरोड फुटपाथ विस्तारमा पनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी अाेली र बालेनबीच स्टाटसबाटै सवाल जवाफ मात्रै भएन,एमालेले सडकमा बालेन विरूद्ध कार्यकर्ता उतार्याे। प्रधानमन्त्री अाेलीले विद्युत वक्याैतामा घरानालाई साथ दिए,तर, धरहरा पार्किङमा शुल्क उठाउनु पर्ने अभिव्यक्ति दिए।यश विषयले बालेनकाे उचाइ बढ्याे,प्रधानमन्त्री अाेली थप अलाेकपृृय भए ।
जुन क्रम जारी छ,पछिल्लो समय पेज अनफलाे गर्न तहसम्म पुगेको छ।जस अन्तरगत बुधबार बिहानसम्म ६० हजारले प्रधानमन्त्रीकाे पेज अनफलाे गरेका हुन्।








