२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

यति एयरलाइन्सलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड ‘आईएसएसए’


११ भाद्र २०८१, मंगलबार  


यति एरलाईन्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) को मानक सुरक्षा कार्यक्रमको मापदण्ड (आईएसएसए) प्राप्त गरेको छ ।उड्डयनको क्षेत्रमा आईएसएसएको यो प्रमाण–पत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एयरलाइन्सलाई मात्र प्रदान गर्ने गरिन्छ ।

आईएसएसए कार्यक्रमले प्रमाण–पत्र प्रदान गर्नुपूर्व एयरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्याङ्कन गर्ने गर्छ । विभिन्न चरणमा मूल्याङ्कन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेकोले यती एयरलाइन्सलाई आईएसएसए अपरेटरको मान्यता दिइएको हो ।

यती एयरलाइन्सका सीईओ सुभाष सापकोटा भन्छन्,” हामीले ‘आईएसएसएको प्रमाण–पत्र प्राप्त गर्न पाउँदा गौरवान्वित महसुस गरेका छाै ।” उनले भने,” हवाई सुरक्षा र परिचालन प्रक्रियाहरुको गुणस्तर बढाउने यति एयरलाइन्सको प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धि हाे।

यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाई सेवा प्रदान गर्ने यती एयरलाइन्सको नयाँ मिसन रहेको समेत उनले बताए । व्यापार विस्तारका क्रममा हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रुहरुको सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको यती एअरलाइन्सले जनाएको छ । त्यसैले, पछिल्लो समय एअरलाइन्सले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डहरू पूरा गरी अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रमहरू र सुरक्षा व्यवस्थापन प्रणालीहरूमा व्यापक लगानी गरेको छ।

आईएटीएद्वारा प्रदान गरिएको आईएसएसएको प्रमाण–पत्र यती एयरलाइन्सको अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण हो ।


यतिसंग ७ वटा एटी-आर ७२ सीटे जहाज छन् । यीनै एयस बसले दैनिक २५ सय यात्रुलाई सेवा दिदै आएकाे छन् । कम्पनीले इन्फ्लाईट सेवामा जाेड दिएकाे छ। सुरक्षित र भरपर्दो हवाई सेवाका लागि थप सुधार काम भईरहेकाे पनि व्यवस्थापनले बताएको छ,ईन्फ्लाईट सर्भिसका लागि मात्रै वार्षिक ४ कराेड खर्च हुने गरेको देखिन्छ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ९ : ०२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित