हामीले शहरी विकास विज्ञ पद्मसुन्दर जाेशीसंग प्राचीन ईन्जिनियरिङ र काठमाडौकाे भद्रगोल विकास र त्यसले निम्त्याएका विपत्तिसंगै शहरी विकासकाे विषयमा संवाद गरेका छाै।
१)शासककाे नजरमा नेवार संस्कृति कस्तो हाे ?
काठमाडौ उपत्यका आप्रवासन हाे। सबै नेवार बने।याे राष्ट्रियता हाे। नेवार भित्र विभित्र जातजाति हुन्छन् । विभित्र जातजातिको मिश्रण हाे याे। बाहिरबाट आएकाे समाज समाहित भएको छ। यहाँ गाेपालले शासन गरे,लिच्छविले गरे,मल्लले गरे।शाहहरूले पनि शासन गरे।सबैले नेवार संस्कृतिलाई निरन्तरता दिए। तर, पृथ्वीनारायण शाहदेखिका शासकहरू नेवार संस्कृति भन्दा अलग बसे। यहाँ शासक र शासितका अलग भाे । शासक गैर नेवार अर्थात नेवार संस्कृतिलाई संरक्षण नभए पछि संस्कृति माैलाएन। लिच्छवि कालमा विकास भएको हिटी मल्लमा थप विकास भयाे।तर, शाह कालमा भएन।देखाउनका लागि घाेडेजात्रा शासककाे भाे। पाहाँ चरे पिचाश चतुर्दर्शी जुन ईन्द्रचाेमाका हुने रथमा सबै सहभागी हुन्छन् ।उनीहरू राताे,पहेलाे,निलाे टाेपी लगाएर उपस्थिति हुन्छन् ।तर, घाेडेजात्रा सेनाले चलाउँछ ,अझ भनाै शासकले । जहाँ जनताले सहभागीता हाेईन,दर्शक बनेर हेर्नु पर्ने अवस्था छ।
२)के हाे, प्राचीन ईन्जिनियरिङ ? कसरी कंक्रिट झाडी बन्याे उपत्यका ?
गाेपाल वंश, किराँत , लिच्छवि र मल्ल कालसम्म प्राचीन ईन्जिनियरिङले विकाससहितको निरन्तरता पायाे।जुन प्रविधि र सीप यति विज्ञानसम्मत थियोे कि सय सय वर्षमा आउने महाभूकम्प छेक्न सक्थ्यो । तर,जंगबहादुर राणा बेलायतबाट फर्किएसंगै भित्रीयाे पाश्चात्य ईन्जिनियरिङ ।जुन बेलायती ईन्जिनियरिङ माेडल हाे। सिंहदरबार ,शितल निवास ,बागदरबार सबै पाश्चात्य माेडलमा बनेका थिए ।प्राचीन प्राकृतिक विपत्तिमैत्री थिए। जतिसुकै ठूला भूकम्प पनि छेक्न सकिने विचार गरेर बनाईए।पाश्चात्य विज्ञान उनीहरूका लागि ठिक हाेलन। तर, हामीलाई स्थानीय ज्ञान यहाँको माटोमा ठिक थियोे ।त्यसलाई एकीकृत गरिएन।काठमाडौकाे शहरीकरण बेलायती हिसाबले बन्याे ,जसकाे परिणाम भत्कियाे।ललितपुर काठमाडौ र भक्तपुरलाई छुट्याउन नसकिने भैसक्याे।अब काठमाडौलाई पुरानो अवस्थामा फर्काउने कुरा त सम्भव हुन्न। तर हाम्रो पूर्खाले विकास गरेको ईन्जिनियरिङ माेडलमा नयाँ शहर विकासमा लागू गर्न सकिए भाेलिका दिनमा अर्को काठमाडौ बन्ने थिन ।
३)पानी व्यवस्थापन प्राचीन ईन्जिनियरिङ कस्तो छ?
प्राचीन भन्नावित्तिकै पुरानो भन्ने हुदैन ,त्यो कति विज्ञानसम्मत छ या छैन,त्याे विज्ञानको चश्माले हेर्नु पर्छ। प्राचीन ज्ञानमा पानीको व्यवस्थापन गर्ने सुत्र हिटी थियोे । हामीले आउटपुटकाे नजरले हेराै। जहाँबाट पानी व्यवस्थापन भएको छ। याे अविरल रूपमा झरेको हुनछ। जब मुल आ उछ,त्यहाबाट पानी डुँडमा बगाउने गरिन्छ । याे डिजाइनमा प्राचीन ईन्जिनियरिङ हाे।उतिबेला प्रविधि भनेको कुरा लेख्न जानिनाै हाेला, काठ काट्ने पनि आफ्नै तरिका छ। त्यो पनि हस्तलिखिति रूपमा थिएन।यद्यपि ज्ञान भने अथाह छ।घर, पानी व्यवस्थापन हाेस् या अन्य किन नहुन अत्यन्तै विज्ञानसम्मत ढंग चलाईएकाे देखिन्छ ।
४)दीगो बस्ती विकासकाे याेजना कस्तो थियो ?
मान्छेले बस्ती विकासमा खाद्यान्न र प्राकृतिक श्राेत साधनलाई सहीढंगले गरेको थिए। जहाँ टार बनेको ठाउँमा बस्ती बसालिएकाे थियो ।बस्ती छेउमा खेतीयोग्य जमिन छाेडेकाे छ। वन – जंगल ढुंगा र माटाे उपयाेग गरेको छ। जस्तै थलि थेचा, पाँगा ,टाेखा आदि यसका उदाहरण हुन्। जसलाई तीन चक्रिय बस्ती भन्न सकिन्छ ।यद्यपि तीन भनेको बस्ती ,खेती अनि वन भएको अवस्था हाे।
५)काठमाडौ भद्रगोल अवस्थाकाे विकल्प के ?
काठमाडौ भत्किसक्याे।अब त्यो अवधारणामा जाेडिदैन। यद्यपि यसलाई हिजोको अवस्थामा लान नसकिए पनि नयाँ शहर बनाउँदा याे अवधारणा लागू गर्न सकिन्छ ।अर्को काठमाडौ बन्नबाट जाेगाउन सकिन्छ । भू उपयाेग नक्सा तयार गरेर जान सकिन्छ ।
तर, राजनीतिज्ञमा यस्तो योजना छैन। योजना निर्मम र कठोर हुन्छ, त्यो उनीहरु पालना गर्न चाहादैनन् र रुचाउँदैनन पनि । किनकी उनीहरु भोटको सस्तो राजनीति गर्नुछ। योजनाविहिन राजनीतिले दीगो विकास सोच्नै सक्दैन । हिटी मेयर बालेनले केही नयाँ गर्न खोज्दैछन्। तर, महानगरको क्षमता र दायरालाई अलिक ख्याल गरिएको देखिएन। सामाखुशीमा खोल्ने काम भयो, जुन निकै उत्तम थियो। टुकुचा उत्खनन् उचित भएपनि यसको मुहानदेखि खोज तथा उत्खनन् हुनुपर्दथ्यो , त्यसाे भएन।त्यसतर्फ कसैले सोचेन ।जंगबहादुर राणा बेलायतबाट फर्किए पछि यहाँ बेलायती इन्जिनियरिङ प्रवेश गराइयो।जबकी हाम्रा पूर्खाले प्राचीन इन्जिनियङको विकास धेरै वर्ष अघि गरेका थिए । त्यसको धेरै उदाहरणहरु मध्येको काठमाडौकाे एक चक्रिय बस्ती हो । चक्रीय बस्ती भनेको अनुत्पादक क्षेत्रमा बस्ती बसाल्नु, सिचाइ पुग्ने स्थानमा खेतपाती गर्नु र त्यस भन्दा पर निर्माणका सामग्री उत्खनन् तथा उत्पादन गर्ने गरी बस्तीहरुको विकास गरिनु हाे। त्यही प्राचीन इन्जिनियरिङ अनुसार काठमाडौ उपत्यकामा ५२ वटा नेवार बस्तीहरु रहेका छन्। ती बस्तीबाट हालको संकटलाई पार लगाउन सकिन्छ। त्यो एउटा न्याचुरल डोमेन थियो । थेचा, थिमी आदि इत्यादि एउटा नमुना योग्य बस्ती हुन्। तर, हाम्रो प्राचीन इन्जिनियरिङलाई अहिलेको आयातित इन्जिनियङले चिन्दैन। प्राचीन इन्जिनियरिङ अनुसार घर बनाउँछु भन्यो भने, पालिकाले नक्शा पास नै गरिदिदैन। किनकी हाम्रो नीति, कानून र मापदण्डले प्राचीन इन्जिनियरिङ के हो त्यो चिन्दैन । त्यसैको परिणाम आज हरेक दिन काठमाडौ संकटमा छ, दुखमा छ। हामसंग ल्याण्ड युज प्लानिङ छैन । २०२८ तिर फिजिकल डेभलपमेन्टको प्लान थियो, त्यो योजना लागू भएको भए, यस्तो हालत हुने थिएन। त्यसपछि २०३०/ ३१ मा रिङरोड बनाइयो, यो नै अहिलको समस्या बन्यो । त्यसपछि काठमाडौ उपत्यका विकास प्राधिकरणले शहरी योजना त बनायो,तर, राजनीतिज्ञलाई योजना मन पर्दैन, योजना भनेको भविष्यको लागि के गर्ने भन्ने हो। यही कुरा उनीहरु रुचाउँदैनन्। पञ्चवर्षीय योजना बनेका पनि छन्। तर, ऐन र नीतिमा कतै देखिन्न । अनि कसरी कार्यान्वयनमा जान्छ त ?जबसम्म राजनीतिक नेतृत्व योजनावद्ध विकासमा बाँधिदैन,तबसम्म यस्तै नियती देशले भोग्नुपर्छ ।
६)काठमाडौ उपत्यकाको विकास माेडेल के हाे ?
याे काठमाडौकाे विकास प्राचीन ईन्जिनियरिङमा आधारित हाे, जसलाई कम्याक्ट सेटलमेन्ट विकासकाे माेडल भनिन्छ । काठमाडौ उपत्यकाको सभ्यता हो। जहाँ स्थानीयहरुले सबैले निशुल्क जग्गा दिएर चोक बनाए, पाटी भनेर सार्वजनिक गर्नका लागि जग्गा दिइयो, नेवारहरुको बैठक कोठा भनेको नै पाटी पौवा, फल्चा हो । सतलमै बसेर सार्वजनिक कुरा गरिन्थ्याे। मन्दिर भन्दा अग्लो घर बनाउनु हुदैन भन्ने मान्यता थियो ।तर, मखनमा एउटा माडेको ठूलो महल बन्याे पहिलोपटक , त्यो भवन बन्दा नियम मिचेपछि तत्कालीन काठमाडौ महानगरका पहिलो मेयर पीएल सिंहले भत्काउन निर्देशन दिए, त्यसको संरक्षणमा भारतीय दूताबासबाट दबाब आयो।दूतावाससंग कसैले प्रतिवाद गर्न सकेनन्। त्यसपछि काठमाडौमा घर बनाउन कसैले नियम मान्नु परेन ।
नेवार जीवन्त संस्कृति छ। जहाँ घर बनाउँदा प्रत्येक घरबाट दुइवटा बाटो निकालिन्थ्याे। एउटा देउताको बाटाे भनिन्थ्यो र अर्काे घाट जाने बाटो । तर, अहिले यी कुरा मानिसहरुलाई सपना जस्तो लाग्छ। पूर्वजहरुले कति धेरै दीगो कालसम्म सोचेर योजना बनाएका रहेछन् भन्ने कुराकाे यही एउटा काबिल उदाहरण हो । अहिले तपाईं महाबौद्धमा जानुस् असन जानूस् हालत विजाेग छ। प्रकोप आइलागे कसरी सुरक्षित हुने भन्नेको कुनै टुंगो छैन। शहरको इन्जिनियरिङ नै गलत छ। हामीले पढेको इन्जिनियङको किताब भनेको बेलायती मोडल हो। जबकी बेलायतमा भूकम्पको जोखिम नेपालको भन्दा धेरै कम छ। अहिलेको हाम्रो इन्जिनियरिङ हाम्रो माटो अनुकल छैन । बुङमतीमा प्राचीन इन्जिनियरिङ अनुसार घर बनाउन खाेजियाे, तर,नगरपालिकाको मापदण्डले चिन्दैन भन्दै फर्काइदियाे। याे त उदाहरण हाे, यस्तै यस्तै कारणले आज उपत्यका संकटमा छ।
अझै पनि बनाउन सकिने ठाउँ छ।तर याेजनासहितकाे राजनीतिक नेतृत्व चाहिन्छ । जापानको हिरोशिमामा पनि बम्बार्ड भएको थियोे । तर,अहिले त शहर बन्यो, भनेपछि हामी पनि बनाउन सक्छौ, मेलम्चीको पानीले यहाँको काकाकुललाई मेटाउन सकिदैन । त्यसको लागि यहाँकाे हिटिलाई पुनर्जीवित गर्नुपर्छ।
गेटेट टाउनकाे अवधारणा शहर बसाइएकाे थियोे, जहाँ बाहिरी आक्रमण समेत नहाेस् भनेर ।काठमाडौ ढोकाहरु भएको शहर हो । पुराना नेवार बस्तीहरु नमुना थिए। ‘ध्वखा’ भनेको धरहरा हाे।सुन्धारा र कमलादीमा पनि ‘ध्वखा’ थियो। तर, हाम्रो शहरीकरणको नमुना नै उल्टो भयो । प्राकृतिक नियम विपरीतको विकासको कारण यस्तो विपत्ति आइ लागेको हो ।
७) हिटी के हाे , उपत्यकामा कहाँ कहाँ छ?
पानीको जोहो गर्न बनाइएका थिए, हिटी । त्यस्तो एउटा हिटी भेटिको थियो । जुन अशंबर्मा भन्दापछि समयको हिटी हो। त्यो हिटीको संरक्षण कमल चित्रकार प्रधानपन्च भएका बेला गरिएको थियो । त्यो छाउनीको म्यूजियममा राखियो । एउटा अस्कलको पछाडि छ,हिटी । पुरानो बानेश्वर जाने बेला उकालोमा पनि हिटी रहेको छ।
महानगरले पुरानो शैलीमा बनायो, यसको मुहान खोज्न थालियो। हि र टीबाट हिटी बनेकाे हाे। ‘हि’ भनेको तरल, टी भनेको सफा पानी ।नेवार भाषामा टी’लाई यचु भनिन्छ । यचु भनेको सफा पानी हो । किराँतहरुसंग मुलको पानी कसरी आउँछ भन्ने ज्ञान थियो । त्यसलाई विस्तार गर्ने काम भयो,लिच्छविकालकालमा।यद्यपि लिच्छिविहरुसंग इनारको बढी ज्ञान थियो । हिटीको ज्ञान संसारमा कतै छैन । कनाथ त भनिन्छ, त्यो पनि इरानमा छ। मरभूमिमा उनीहरूले जमिन मुनि धेरै खनेर पानी निकालेका छन् । त्यो हिटी त हाेईन। त्यो क्यानल हो । जुन शब्द कनाथबाट आएको देखिन्छ । हिटीको सब भन्दा पुरानो लेख विर्ष देवको पालामा सिनगु विहार( स्वयम्भु)मा थियो । किराँतहरुले हिटीको विकास गरेका थिए, यद्यपि यसलाई प्रणाली भन्थे लिच्छिीहरुले । उनीहरुको संस्कृत राज भाषा थियो । हिटी हाँडीगाउँमा पनि छ। मंगल बजारमा मंग हिटी छ। पानी आउनेलाई हिटी ढुंगाको डुँड हिटी होइन। त्यसको मुहान आफ्नै मुहान हुन्छ। त्यसको पानी प्रसार पनि प्राकृतिकरूपमा मिलाईएकाे हुन्छ। गुहेश्वरीमा आउने पानी पनि नाभी मण्डलकाे हो । आज भन्दा ३७० वर्ष पुरानो लिखत छ। प्राचीन इन्जिनियरिङका कुरा यस्तो मजाले लेखेको छ। ‘लख छ्यन्यौ’, भनेको पानीले कोर्ने भनेको हो, नेवार भाषामा । पानी यसरी जानुपर्छकी,जसरी कपाल कोर्दा सरर जान्छ, त्यसरी जानुपर्छ। नाभी मण्डलबाट कम स्लोपबाट क्रिटिकल फलो मेन्टेन गरेको छ। पानीको भेलोसिटीको डिजाइन गरिएको छकी अटोमेटिक पानीले आफै सफाइ गर्दछ। हिटीमा जसलाई ‘ गा’ भनिन्छ। प्रत्येक डुँडमा ‘मकर ‘भन्ने हुन्छ, जसलाई गोहीको आकार बनाईएकाे हुन्छ । मकर भनेको गंगाको बाहन हो । देशभरमा मकरकाे विस्तार पनि भएको छ। पश्चिम नेपालतिर यसलाई मुंग्रो भन्दछन् । यस्तै शंख फुकेको आकृति हुन्छ । जसको अर्थ भगीरथ प्रयास राखेको हुन्छ। कतै पहलमान देखिन्छ। मसलदार आकृति राखेको हुन्छ। त्यो भनेको यक्ष हो । यक्ष भनेको किराँती राजा हाे, जसलाई पातालको संरक्षक भनिन्छ । हिटीमा पानी प्रसारकाे यस्तो प्रणाली हुन्छ । जहाँ प्राकृतिकरूपमै सफा हुन्छ ,निरन्तर बगीरहन्छ।
त्यहाँ पानीको श्राेत जाेहाे गर्न विभित्र ठाउँसम्म पोखरी बनाइएको हुन्छ। त्यो जल भण्डारमा पुगेर नियमित हिटीमा आउँछ। वर्षभरी चलाउनुपर्छ। ‘ गेध’ भनेको राजकुलो हो । देशको कुलो हो ।यसबाट पोखरीमा पानी जम्मा गरिन्छ, अनि सिचाइ गरिन्छ। पानी झरेपछि निकास पनि हुन्छ। काठमाडौ उपत्यकामा ५७३ वटा हिटी रहेको भनिएको छ। काठमाडौमा जतिबेला दश वटा नगरपालिका थिए । त्यत्तिबेला गरिएको अध्ययन र अनुसन्धानबाट थाहा लागेको हाे। अहिले १८ वटा मात्रै छन् । ती मध्ये १६ प्रतिशत मासिए। जस्तै भोटाहिटीमा पनि छैन ।हिटी भएको कारणले भाेटाहिटी भनिएको हाे। पछिल्लो समय ३०- ३५ प्रतिशत हिटी रहेका छन्। अरु सबै सुक्खा छ। मोनोमेन्टको रुपमा मात्रै रहेको छ। हाडीगाउँको खडयात्रा पनि हिटी प्रणालीसंग जोडिएको छ। स्थानीय सरकारले सिक्नै पर्ने ज्ञान हो,यो हिटी प्रणाली ।
मच्छिन्द्रनाथको जात्रामा बैशाखमा शुरु हुन्छ, सुक्खा समयमा जात्रा हुन्छ, लगनखेल, जाउलाखेलमा टन्न पानी हुनुपर्छ, त्यो पोखरीमा पानी आउने भनेको राजकुलो हो । त्यो कुलो बैशाखमै गर,भन्छ। तर, आफै गर भनिदैन । सुन्धाराबाट राजकुलो सफा गर्न जान्थे मानिसहरू। खोकनामा भेडा फालेर जात्रा गरिन्थ्यो । गहना पोखरीको जात्रा हुन्थ्यो । त्यहाँ गहना फालेर देउता भेटाउन प्रतिस्पर्धा हुन्छ,अनि भेटाइन्छ पनि । यसाे गर्नुका तात्पर्य त्यो पानीको संरक्षण गर्नु हो । थिमीमा रांगाको खुटा फालिन्छ। अनि खोजिन्छ। मानव निर्मित नै हुन् यी सबै पोखरी । हिल्याउने भने जस्तै पानी र माटोलाई राम्रोसंग पानी जम्ने हुन्छ, त्यही तरिका अनुसार पोखरीलाई हिल्याउने काम गर्दछ। तर, यो गर त्यो गर कतै भन्दैन । स्वतश्फूर्त रूपमा गर्दथे मानिसहरूले । जुन अत्यन्तै राम्रो व्यवस्थापनको तरिका मानिएको छ ।
८)रथयात्राकाे इतिहास के हाे ?
बटुक भैरव मछेन्द्रनाथ भन्दा पुरानो देउता हो। पहिला पाटन भैरवको वरिपरि थियो , पाटनमा आगलागी भएपछि सरेको हो । रथयात्रामा सानो रथ हुन्छ, मिननाथको रथ हो त्योभन्दा । मछिन्द्रनाथ आउनु अघि सय वर्ष पहिले पाटन आएका थिए, मिननाथ। मत्स्यन्द्रनाथको रथ ल्याएपछि एउटै जात्रा गरौ भनियाे।, तर,मिननाथले मानेन रे भनिन्छ । उनले नमानेपछि अर्काे ठाउँमा पनि गरिएको हो ।
बटुक भैरव अघि यज्ञ हुन्छ, याे मांशायवी यज्ञ हो। त्यो जात्राको लेखा परीक्षण हुन्थ्यो र हुन्छ पनि । पानीजुले हुन्छने। उनी मुख्य मानिस हुन।उनलेे लामो कथन सुनाउँछन्, एकजोडी भंगेरा र एकजोडी माछा राखेर । यो सालको जात्रा सम्पन्न भयो भनिछ ।जात्रापछि धेरै विघ्न बाधाहरु हटेर गए। एक जोडी भंगेरालाई र माछालाइ सन्देश प्रवाहका लागि छोडिन्छ । जुन कुरा आज भन्दा १५ सय वर्ष अघि किराँत कालमै शुरु भएको हो। पछि लिच्छिवी कालमा थपियो , मल्ल कालमा यसले व्यापकता पायो ।
९)हिटी प्रणाली र त्यसमा कुँदिएका आकृति के हुन्?
प्राचीन इन्जिनियरिङ यस्तो थियो, भर्टिकली अप फलोबाट आएको पानी सबै भन्दा बढी राम्रो। हाइड्रो जियोलोजीमा उनीहरुमा विराट ज्ञान थियो । चिवा चैत्यमा चारतिर मजाले बुद्धको आकृति छ भने मल्लको हो। सानो सानो हुन्छ, त्यो लिच्छिवी कालको हिटी मंग हो । मकरकोमा कुनैमा जिब्रो हुन्छ, कुनेमा हुँदैन। कुनैमा जिब्रोमा पनि मज्जाले कुदेको हुन्छ। जसमा जिब्रो छैन,भने त्यो लिच्छिवकालीन हो । मल्ल कालमा धेरै बुट्टाहरु राखिएको देखिन्छ। यसकाे गहिरो अध्ययन गरिरहेका प्राध्यापक गोबिन्द बोल श्रेष्ठले इतिहास लेख्दै छन्। काठमाडौ सभ्यता सबै माइग्रेट हो। शुरुमा नेवारहरु हुन्। यो काठमाडौ मेल्टिङ पट हो। जो -जो आए यही भित्रै विलाए, बाहिरबाट आएकाहरु मध्ये पृथ्वीनाराण शाहपछि यो सभ्यता टुट्यो । फूलपातीको बेलामा कुनै पनि नेवारहरु संलग्न हुदैनन। किनकि शाहहरुले जोडेनन्। यस्तै पशुपति जान्छन् मान्छेहरू ।तर, त्रिपुरेश्वर महादेवको मन्दिरमा जादैनन्। त्यो मन्दिरमा के हुन्छ, कसैलाई थाहा छैन।किनकि जनतासंग जोडिएको छैन । मानिसहरू काठमाडौ दरबार स्कवायरमा गए भने मरु गणेशको पूजा गर्दछन्।जहाँ जन्म -मरण सबै जोडिएको छ। राणा कालमा सतलहरु बनेका छन्। राणा कालमा बनेको शंखुमुलको जगनाथ मन्दिर गुमनाम छ। राजनीतिक मान्छेहरु जनतासंग जरा जोडिएको हुनुपर्छ।
हिटीमा पानी बग्दैन भने त्यो मृत हो । काठमाडौका जिवित सभ्यता हो । धेरै हिटीहरु सञ्चालनमै ल्याउनुपर्छ जमिनलाई पूरण भरन गरिनुपर्छ। ढल बनाएर खोलातिर पठाइयो। जसले गर्दा नदी डुबानको समस्या आयो । जमिन मुनि रिचार्ज गरेको भए, यस्तो हुन्थेन। मेलम्चीको पानी ल्याएर पानी परीक्षण गरिएको थियो । घर घरमा इनार छ। इनारबाट पानी जोहो गरे। हिटी पुनः संचालन हुन्छ। त्यसको सहजै हुन्छ।