२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

राजधानीमा रोल्पा देखिने फोटो प्रदर्शनी


६ जेष्ठ २०८२, सोमबार  



शान्तिपछि शान्त रोल्पाका फोटो राजधानीमा देखिए। जनयुद्धको इपिसेन्टर मानिने रोल्पाको समृद्धिको आधार झल्काउने ती फोटाहरू शान्तिका लागि पर्यटन शीर्षकमा प्रदर्शनी गरिएको हो ।राजधानीको व्यस्त नयाँ वानेश्वरको छेवैमा एनबी सेन्टर कम्लेक्समा प्रदर्शनीका लागि फोटाहरू राखिएको छ।

रोल्पाका पर्यटकीय सम्पदा र जीनशैली दर्शाउने प्रदर्शीत फोटोहरूको पूर्व अर्थमन्त्री वर्षमन पुनले अवलोकन गरेर उद्घाटन गरे। तीन दिनसम्म चल्ने फोटो प्रदर्शनीमा अवलोकनका लागि राजनीतिज्ञदेखि पर्यटन व्यवसायी र पत्रकार पनि पुगे।रोल्पाको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले पर्यटन प्रवर्द्धन मञ्च नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको हो।

राेल्पाका फाेटाे प्रदर्शनी

रोल्पाका प्राकृतिक,सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यहरूको फोटोहरू फोटो पत्रकार पृथ्वी ९(बालकुमार)पुनले कैद गरेका हुन्।

फोटोपत्रकार पुनले खिचेका रोल्पाका फोटोहरू स्थानीय कला, संस्कृति, इतिहास र प्रकृतिका सुन्दर छटाहरू दर्शाउने ३० भन्दा बढी प्रदर्शनीमा राखिएको छ।
फोटो प्रदर्शनी कार्यक्रमको उद्घाटनमा पुगेका पूर्व अर्थमन्त्री वर्षमन पुनले फोटो प्रदर्शनीले रोल्पा झल्किएको चर्चा गरे । राजनीतिक द्वन्द्वको केन्द्रविन्दु रोल्पाको आर्थिक उन्नति पर्यटनबाट मात्रै सम्भव हुने बताए।

कार्यक्रमको सञ्चालन साहित्यकार सुमन थापा ‘संगम’ले गरेकी थिइन् भने पर्यटनको विषयमा लेखन तथा अनुसन्धान गर्दैन आएका अमृत भाद्गाउले र टानका अध्यक्ष सागर पाण्डेले शुभकामना दिएका थिए। पहिलो दिनमा फोटो प्रदर्शनीको अवलोकन करिब एक सय बढीले गरेको आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  १० : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित