चुनाव लडेदेखि एक पटक पनि पराजित नभएका कांग्रेस सभापति शेरबहादुर देउवा फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् ।
कांग्रेसको विद्यमान पार्टी विधानमा भएको बाध्यकारी व्यवस्थाअनुरूप पार्टी सभापतिबाट विश्राम लिने निश्चित भए पनि शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचन लड्ने भएका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा भने डडेलधुराबाटै पुनः प्रतिस्पर्धा गर्ने तयारी गरेको देउवा निकटस्थ कांग्रेस नेता कार्यकर्ताहरूले बताएका छन् ।
उनीहरूका अनुसार देउवाले डडेलधुराबाटै निर्वाचन लड्ने इच्छा रहेको बताएका छन् । देउवा निवासमा भेटघाटमा आउने नेता कार्यकर्ताहरूसँग अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्छु भनेको उनी निकटले बताउँछन्।
फागुन २१ हुने निर्वाचनका लागि कांग्रेसले यतिबेला उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरिसकेको छ । यही २५ गतेभित्र जिल्ला कार्यसमितिले उम्मेदवारहरूको सिफारिस पठाइसक्ने तालिका निर्धारण गरेको छ ।
दुई पटक पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको संसदीय यात्रा अपराजित छ । उनी ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा डडेलधुराबाटै निर्वाचित भएका थिए । डडेलधुरासहित उनी कञ्चनपुर र कैलालीबाट दोहोरो चुनाव लड्दा पनि उनी एक एक पटक निर्वाचित भएका थिए ।
पार्टी सभापति छोडेपनि देउवा निर्वाचनमा भिड्ने घोषणा गरेका छन् । तर,उनका दौतरी, ओली, प्रचण्डहरू मौन छन् । ओलीमाथि भदौ २३ को नरसंहारको गम्भीर आरोप छ। उनलाई स्थानहद तोकिएको छ। ओली निर्वाचन लड्न पाए झापा ५ यथावत हुन सक्छ ,भने प्रचण्डको कतै ठेगान छैन।
यस अघि गोरखाबाट चुनाव लडेका थिए ।अब गोरखाले पत्याउन पनि गाह्रो छ। चुनाव जितेपछि नफर्किने उनको आदत छ। रोल्पालाई उनले उपयोग गरेर धोका दिएका थिए।








