२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

सिँहदरबारकाे धुरीबाट नदेखिएको “बिमकाेट दरबार”


३१ जेष्ठ २०८१, बिहिबार  


भनिन्छ नि,”चिन्न सके,श्रीखण्ड चिन्न नसके खुर्पाकाे बीँड” हाे,यस्तै नियति छ,हाम्रो देशकाे।मुलुभित्र ऐतिहासिक ,पुरातत्त्विक तथा सांस्कृतिक सम्पदा भएपनि देख्दै देख्दैन सिँहदरबार।यस्तै एउटा ऐतिहासिक सम्पदा हाे,बिमकाेट दरबार। जाे वर्षादेखि झाडीमा एक्लै छ।गाउँको सिहदरबारदेखि संघीय सिहदरबारमा सम्पदाको विषयमा गल्फत्ति जति नै भएपनि बिमकाेट जस्ता महत्त्वपूर्ण सम्पदा झाडीमै राेईरहेका छन् ।

भुईतहकाे सरकारलाई कमिशन,प्रदेश र संघलाई सत्ताकै राेईलाे भैरहेका बिमकाेट जस्ता सम्पदा एक्लिएका हुन्।यस्तै बिहाल अवस्थामा रहेका अन्य सम्पदा पनि हाेलान् र छन् पनि ।तर,फारसी भाषामा शिला पत्र लेखिएको बिमकाेट दरबार अछाम जिल्लाको मल्लेख गाउँपालिका ५ बिन्धेबासिनीमा सिँहदरकाे पर्खाइमा छ,करिब ९० वर्षदेखि।विक्रम सम्वत १९९० काे महाभूकम्मले ढलेकाे बिमकाेट दरबार १६ अाै शताब्दीमा निर्माण भएको थियोे ।

बिमकाेटी गाड र चाेटेखाेलाकाे बीचमा अवस्थित यश दरबार राजा चन्द्रिमले बनाएका थिए।त्यतिबेला यश ठाउँमा “थपाैला राज्य” थियोे ।बिमकाेटबाट १५ र २० दरा बाजुरा केन्द्रीत गरेर जेठा भाइ जगिमले राज्य गरेका थिए,भने कान्छा भाइ सुजनी ब्रम्ह अछामी राजा भएका थिए।बिमकाेटमा १७ पुस्ताले शासन गरेको पाईन्छ ।१७अाै पुस्ताका राजा थिए, वीरभद्र शाह।उनकाे शासन कालकाे अन्ततिर विक्रम सम्वत १८४७ मा वहादुर शाह नेतृत्वको गाेर्खालीले कब्जामा लिएर विशाल नेपालमा गाभेकाे थियोे ।

यस्तो छ,ऐतिहासिक तथ्य:

बिमा राउतकाे सल्लाह अनुसार दरबार बनाईएका कारण यश दरबारको नाम बिमकाेट रहन गएको पाईन्छ ।दरबारको खाका भने महिमा नाम गरेका नवाँठानी अाेडले काेरेका थिए।दरबार बनाउन एक दिनकाे पैदल दुरीले टाढा रहेको दर्बा गाउँबाट ढुंगा ल्याईएकाे थियोे ।

१६ शताब्दीमा निर्मित बिमकाेेट दरबार विक्रम सम्वत १९९७ सालसम्म राज्यको नजरमा थियोे ।दरबारकाे परिसरमा फारसी भाषाको शिलालेख भेटिएको थियोे ।यश शिलालेखले बिमकाेटकाे इतिहास रहस्यमय जस्तो देखिन्छ ।जुन शिलालेेख षाेड्षदेवी मन्दिरमा राखिएको छ।षाड्षदेवी तत्कालीन दरबारका कुलदेवी हुन्।

विक्रम सम्वत १९९० काे महाभूकम्पले भत्किएको बिमकाेट दरबार जनकबहादुर शाहका हजुरबुबा नगेन्द्रबहादुर शाहले प्राचीन दरबारको ठाउँमा अाधुनिक दरबार बनाएका थिए।१३ वर्ष लगाएर बनाईएकाे यश दरबार अहिले संकटमा छ।बिमकाेट राजाहरूकाे १७ पुस्ता देखेको यश दरबारमा अहिले काेही छैनन् ।

द्वन्द्वकालमा माअाेवादीले यहाँको ऐतिहासिक दस्तावेज ,ताम्रपत्र र कागजात जलाएका थिए।जीवन्त इतिहास बाेकेकाे दरबार साढे ६ राेपनी क्षेत्रफलमा रहेको छ।यसकाे संरक्षण र प्रवर्धन गर्न भन्दै केही वर्ष अघि मल्लेख गाउँपालिकालाई हस्तान्तरण गरिएको थियोे ।तर,स्वयं स्थानीय सरकारले चासाे देखाएको पाईन्न।

(श्राेत: पत्रकार केबी मसाल)

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  १० : ०९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित