दास युग आदिम साम्यवादपछिको समाज व्यवस्थाको एउटा चरण थियो रर हो । दास युगमा पनि ठूला –ठूला विद्रोहहरु भएका थिए । इतिहास पढाउने शासकहरुले मात्र मालिकहरुको इतिहास पढायो । दासहरु सदा इतिहासको ओझेलका पानामा कैद भएर बसे । इतिहासमा स्पार्टकसको नेतृत्वमा भएको दास विद्रोहलाई अमर इतिहासको रुपमा लिइन्छ ।
स्पार्टकसको संघर्षको कथा आज सम्पूर्ण मानव जातिका लागि एक उदाहरण बनेको छ । यद्यपि उनको बारेमा ऐतिहासिक तथ्यहरु निकै कम मात्रामा पाइन्छन् । उनको बारेमा ऐतिहासिक विवरणहरु आउन त बाँकी नै छ । भनिन्छ, उनी निपुण सैन्य नेता थिए ।। प्राचीन रोममा दासहरु राख्ने, किनबेच गर्ने चलन थियो ।
दासहरु बजारका मालवस्तु जस्तै किनबेच हुने गथ्र्यो । यसैबीच इसापूर्व ७१ र ७३ को बीचमा रोममा दास बिद्रोह भयो । जसको नेतृत्व स्पार्टकसले गरेका थिए । आदिम साम्यवादी समाजको जग भर्खरै भत्किएर तत्कालिन समाजमा साना ठूला विद्रोहहरु हुने गर्दथे । तर,दास मालिकको विरुद्ध यति ठूलो संख्यामा दासहरु संगठित भएर लडेको त्यो नै पहिलो विद्रोह भएको मानिन्छ ।
को थिए,स्पार्टकस ?
स्पार्टकसको को थिए भन्ने आधिकारिक प्रमाण नभेटिए पनि इतिहासकारहरुका अनुसार उनी खान्दानी दासकै सन्तान अथवा उनको पुर्खा नै दास थिए,भनिन्छ । उनी एक थे्रसियन थिए । उनी त्यहाँका जनजाति थिए र उनको पत्नी पनि जनजाति थिए भनिएको छ । उनी पहिला रोमको सेनामा भर्ति भएका थिए । रोमको सेना बन्न इन्कार गरेर उनले सैन्य जीवन त्यागी दिए । त्यसपछि उनी फेरि दास नै भए ।
सैन्य जीवन त्यागेपछि २३ वर्षका हट्टा कट्टा लक्का जवान स्पार्टकस मिश्रको खानीमा अहोरात्र काम गर्न थाले । त्यस सुनखानीमा मालिकहरुले एथेन्सबाट पनि दासहरु किनेर ल्याउने गर्दथे । किनकी थे्रसका दासहरु यस कामका लागि राम्रो ठानिन्थे । काम गर्दा गर्दै उनलाई त्यहाँबाट किनेर ग्लेडिएटर बनाउन कापुआ लगियो । ग्लेडिएटर भनेको दासहरुबीच रक्ताम्य हुने गरी लडेका र आफू आफै टुक्रा टुक्रा हुने गरी लडिरहेका दासहरुलाई मालिकहरुले रमाइलो मानी मानी हेर्ने एउटा खतरानाक खेल हो । जहाँ उनीहरु टिकट किनेर यस खेल हेर्ने गर्दथे । स्पार्टकसलाई यस खेलका लागि प्रशिक्षण दिन थालियो । त्यही प्रशिक्षणको बीचमै उनी आफ्ना साथीहरुसहित भागेर विसु वियस पर्वत पुगे ।
रोमका दास मालिकहरुका विरुद्ध लड्न शक्ति बटुल्न थाले । दासहरुको संख्या हेर्दा हेर्दै सयौंबाट हजारौं पुग्यो । हुँदा हुँदा त्यो संख्या छोटो समयमै ९० हजार पुग्यो । खानीमा काम गर्दा गर्दा आफै फलाम जस्ता भएका दासहरु अब लड्नका लागि तयार हुन थाले । उनले घरेलु साम्रगीको कुशल प्रयोग गरेर असामान्य रणनीति बनाए । सुरु– सुरुमा लुकिछिपी आक्रमण गरेपछि उनीहरु दिउँसै रोमन राज्यका किल्लाहरुमा धावा बोल्न थाले ।
रोमका ठूला –ठूला सेनापतिहरुलाई पराजित गरी स्पार्टकस आफ्ना कैदी दासहरुलाई छुटाउँदै अघि बढिरहे । उनी लड्दा –लड्दै आल्पस पहाड तर्फ लागे । बीच बाटोमा आठ वटा ठूला ठूला मुठभेडहरु भए । रोमको सैन्यदलसँग लड्दै उनी निरन्तर पहाडतर्फ बढिरहे । भयानक रक्तपात र संग्राम चल्यो । अन्ततः ४० हजार भन्दा बढि योद्धाहरुका बलिदानका बावजुद स्पार्टकस पनि पराजित हुनुप¥यो । दुश्मनको आक्रमणबाट खुट्टामा गहिरो चोट लागेका उनी एक हातमा ढालले आफूलाई छेक्दै अर्को हातमा तरबार नचाउँदै निरन्तर लडिरहे । लड्दा –लड्दै उनले वीरगति प्राप्त गरे । उनले हारे । तर जितेर हारे ।
उनको बलिदान हजारौं वर्षसम्म पनि मजदुर किसान श्रमजीवी, सर्वहारा वर्ग एक अर्थमा आजका दासहरुको प्रेरणाको स्रोत बनिरहे ।हो, यही प्राचीन कथालाई देखाएर एमालेका महासचिव शंकर पोखरेलले आफूहरु दास नभइ स्पार्टकस भएको भन्दै ओली दासत्वको बचाउ गरेका छन् । महासचिव पोखरेलले आफूहरु स्पाटकस भएको जे जति दाबी गरेपनि उनीहरु ओलीको आदेश र फर्मान मान्ने र विरोधीको उछितो काढेर दासत्वको संस्थागत गरिरहेका छन् । मदनद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई लिलाम गरेर ओलीको स्वेच्छारी र अहंकारी प्रवृत्तिको आरती गरिरहेका छन् । शंकर लगायतका आफूलाई कम्युनष्टि भन्नेहरु विचारविहीन र आलोचनात्मक चेत शून्य भएका आधुनिक अवसरवादी कम्युनिष्ट हुन् भन्दा फरक नपर्ला की ? । ००००
श्रोत :The Ancient Rebel








