तत्कालीन उर्जा मन्त्री राधा ज्ञवालीले भित्तामा पुराएकी थिईन्, कुलमान घिसिङलाई ।सोलु प्रशारण लाईन काण्डमा अख्तियारबाट डामिएकी एमालेबाट मन्त्री भएकी ज्ञवालीले डपेटिएका थिए जुनियर ईन्जिनियर कुलमान घिसिङ।
उनलाई तत्कालीन प्रचण्ड सरकारले २०७३ भदौ २९ मा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्यो। क्षमता र दक्षता भएका कुलमानले १८ घण्टा लामो लोडसेडिङ अन्तको २०७३ को लक्ष्मी पूजादेखि शुरू गर्न थाले । सरकारले स्पेस दियो र नीति बनाइदियो,मुलुकलाई अध्याँरोबाट मुक्त गर्न ।
राम्रो मान्छे चिन्न नसक्ने तत्कालीन माओवादीको अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले कुलमान राम्रो ईलेक्ट्रिकल इन्जिनियर भएको सुझाव दिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डले पनि प्राधिकरण भित्र ठूलो विरोधको सामना गर्दै जुनियर ईन्जिनियर कुलमानलाई कार्यकारी निर्देशक बनाए।
हेपिएका र दबिएका घिसिङले सरकारले सोचे अनुसार लोडसेडिङ सापेक्ष रूपमा अन्त पनि गरे। उनको कामले एमाले निकै जल्यो। माफियाहरूको मोह जालमा फसेका एमालेहरूले राम्रो काम गरेको ईन्जिनियर कुलमानलाई हदैसम्म सताए । माफियाको विद्युत बक्यौता छुट दिन तत्कालीन ओली र देउवा सरकारले उनलाई ४ महिना कार्यकाल छदै अपमानित ढंगले लघारे ।
भ्रष्टाचार र बेथितिको बिम्ब बनेको तत्कालीन ओली सरकार गएको भदौ २४ मा जेनजी विद्रोहले सत्ताच्युत भयो । कुलमानको अगुवाइमा लोडसेडिङ अन्त्य भएको र ओली सरकारले उनीमाथि गरेको प्रतिशोधी व्यवहारलाई जनताले राम्रोसंग बुझेका थिए र छन् ।
ओली सत्ताबाट लखेटिएपछि गएको भदौ २७ मा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार बन्यो।कुलमान पनि उर्जा मन्त्री बने। काम गरिरहेको आफू जस्तै ईन्जिनियरलाई उनले पनि शक्ति र सत्ताको बलमा हितेन्द्र शाक्यलाई प्राधिकरणबाट हटाए। उनको लोकपृयताको कद यहीँदेखि ओरालो लाग्न थाल्यो। जुन गलत काम ओली र दीपक खड्काले गरेका थिए, कुलमानले पनि त्यहि गरे।
अदालतले उनको त्यो गलत कदमलाई उल्टाइदियो ,शाक्य पुनः प्राधिकरणमा फर्किए ।नैतिक रूपले कुलमानमाथि ठूलो धक्का लाग्यो। उनी र दीपक खड्कामा यहाँ भिन्नता देखिएन।शक्तिले मानिसहरूलाई अनैतिक र बेशरम बनाउँछ भन्ने कुरा कुलमान जत्तिको मान्छेमा पनि उत्तिकै स्तरमा प्रकट भयो।
यतिमा मात्रै कुलमान रोकिएनन्, आफूले जुन तहको लोकपृयता हासिल गरेका थिए र छन् ,त्यसमा जनताको साथ हो, मेरो मेहनत हो भन्न थाले। उनको अहंकारको बेलुन अझै ठूलो भयो ।प्रचण्ड नेतृत्वको सरकारले खोजी खोजी प्राधिकरणमा पुराएको र सघाएकोले मुलुकबाट लोडसेडिङ अन्त गर्न सम्भव सत्य कुरा भन्न उनी चाहेनन् । उनले झुठो बोलेर दिउँसै रात पारे।जबकि एकताका उनकै मुखबाट प्रचण्डले अवसर दिएपछि लोडसेडिङ अन्त गर्न सम्भव भएको बताउँथे।उनी विरू्द्ध भएको ज्यादती माओवादी ढाल बनेर उभिएको थियोे ।
तत्कालीन माओवादीको उर्जा विभागको सदस्य समेत भएका उनीमा पछिल्लो समय लोकपृयताको अहंकारको पर्खाल निकै अग्लियो। नागरिक सरकारका मन्त्री भएका उनले यससँग उज्यालो पार्टी पनि खोले।खासै नाम नसुनिएका मानिसहरू बटुलेर पार्टी बनाएका उनले रवि लामिछानेको पार्टी रास्वपासंग एकता पनि गरे।रास्वपाको पार्टीको उपसभापति समेत भए ।
नागरिक सरकारको मन्त्री भएका उनलाई मन्त्री पदमा बस्न नैतिकताले दिदैन । प्रधानमन्त्री कार्कीले दलका मान्छे मन्त्री बन्न हन्न भनिन् । स्वतश्फूर्त पद त्याग्नु पर्ने उनले भन्न थालेकि , मैले कुनै दलको सदस्यता लिएको छैन। उनले अझै अघि बढेर बार्गेनिङ गर्न थाले, ‘म मन्त्री नहुने हो भने,मेरो मान्छेलाई मन्त्री बनाउनुपर्छ ।’
कुलमानका यी श्रृङखलाबद्ध अहंकारपूर्ण हर्कतले प्राप्त लोकपृयतामा निरन्तर खिया लाग्दै गयो। राजनीतिक धरातल शून्य भएका उनीमा सरकारी कमकाजीको बाहेक अन्य कुनै ज्ञान र अनुभव छैन।जसका कारण कुलमान अब बेईमान बन्दै गएको देखिन्छन् ।
लोकपृयताको अहंकार होस् या शक्तिको अहंकारले अन्तमा नायकहरू पनि खलनायक बनेर पतन हुन्छन् भन्ने कुरा ओलीपछि कुलमानले सिद्ध गर्दैछन् ।यसर्थ लोकपृयता र शक्तिको अहंकारले मानिसलाई अन्तिममा पतनको भड्खालोमा पुराउँछ भन्ने कुरा ओली र कुलमानहरूको कथाबाट सिकौं।








