२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

पर्यटन बाेर्डकाे प्रमुख कार्यकारी अधिकृतमा दिपकराज जाेशी नियुक्त


२१ भाद्र २०८१, शुक्रबार  


नेपाल पर्यटन बाेर्डकाे प्रमुख कार्यकारी अधिकृतमा दिपकराज जाेशी छनाैट भएका छन् ।जाेशी २० जना प्रतिस्पर्धाीहरूलाई पछि प्रमुख कार्यकारी अधिकृतमा छनाैट भएका हुन्।

अन्तिम छनाैटमा उनलेे निवर्तमान प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी र ज्ञानेश्वर महताेलाई पछि पार्दै जाेशी छनाैट भएका हुन्।


पर्यटन मन्त्रालयकी सहसचिव ईन्दु घिमिरेकाे संयाेजकत्वमा तीन सदस्यीय छनाैट समिति सरकारले गठन गरेको थियोे ।यश समितिलेनेपाल पर्यटन बाेर्डकाे प्रमुख कार्यकारी अधिकृतका लागि गएको २०८० साल चैतमा सूचना सार्वजनिक गरेको थियोे ।


यश अघिका दुई अवधिमा पनि पर्यटन बाेर्ड हाँकेका जाेशी निकै शालीन ,नम्र र कुशल व्यवस्थापक मानिन्छन् ।उनकाे प्रतिस्पर्धामा यश अघिका प्रमुख कार्यकारी अधिकृत भएका डाक्टर धनन्जय रेग्मीसहित निर्देशक हिक्मत ऐर समेत थिए।


राजनीति प्रभाव पहुँचमा प्रमुख कार्यकारी नियुक्त गर्ने प्रथाकाे अन्त्य गर्दै व्यवसायीक याेजना र क्षमता भएका व्यक्तिलाई छनाैट गरिएको छ। नेपालकाे पर्यटन उद्योगका प्रवर्द्धन गर्ने एक आधिकारिक र स्वायत्त संस्था हाे, नेपाल पर्यटन बाेर्ड।सरकारले सन १९९९ मा पर्यटन बाेर्ड स्थापना गरेको हाे।

दीपक राज जाेशी प्रमुख कार्यकारी अधिकृत भएकै बेला सन २०१८ मा १२ लाख पर्यटक भित्रीएका थिए।जुन नेपालमा विदेशी पर्यटक भित्रीएकाे सबैभन्दा धेरै संख्या हाे।


सन १९६२ देखि नेपालमा विदेशी पर्यटककाे अभिलेख राख्न थालिएको थियोे ,त्यतिबेला ८ हजार विदेशी पर्यटक भित्रीएका थिए।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ८ : १२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित