४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

पचाल झरना,अझै अप्रमाणित ?


३२ जेष्ठ २०८१, शुक्रबार  


कर्णाली अाफैमा धर्तीकाे स्वर्ग हाे,यसै स्वर्गकाे बीच भागमै हजारौं वर्षदेखि कलकल बगिरहेको छ,एउटा मनाेरम झरना।हाे,यही मनाेरम झरना हाे, पचाल। जुन यति सुन्दर र मनमाेहक भएर पनि लाखौं पर्यटककाे कामुक नजरमा परेको छैन।दुनियाँलाई लठ्ठ पार्न सक्ने पचाल झरना भने अझै अप्राणित छ।

पचालकाे प्रचारप्रसारकाे नाममा मेला -महाेत्सव,वृत्तचित्र र पाेस्टरका नाममा व्यापार त भयाे,तर,याे देशकै अग्लाे झरना हाे,भनेर अहिलेसम्म प्रमाणित भएको छैन।संघीय संरचना अनुसार यश झरना पचाल गाउँपालिकामै पर्ने मात्रै हाेईन,पालिकाकाे नाम नै यही झरनाबाट राखिएको छ।तर,अहिलेसम्म यश झरना नेपाल पर्यटन बाेर्डमा सूचिकृत भएको छैन।

गुगलले पनि अहिलेसम्म नेपालकाे अग्लाे झरना ह्यातुङ भनेर देखाउँछ।ताप्लेजुङमा रहेको यश झरनाकाे उचाइ ३ सय ६५ मिटर रहेको छ।जबकि पचाल झरना ३ सय ८१ मिटर अग्लाे रहेको भनेर दाबी यश अघि गरिएको छ।विक्रम सम्वत २०७४ साउन तिरकाे मिति हाे।त्यतिबेला जिल्ला प्राविधिक कार्यालय कालिकोटले पचाल झरनाकाे नापजाँचकाे काम गरेको थियोे ।नाँपजाँचबाट यश झरनाकाे लम्बाइ ३ सय८१ मिटर अग्लो ठहर गरेको थियोे ।जबकि अहिलेसम्म लाेकसेवा साेधिने प्रश्नमा ह्यातुङ झरनाकै नाम अाउँछ।ह्यातुङ झरना पचाल भन्दा १६ मिटर छाेटाे छ।ह्यातुङ झरना विश्ववका लामा ३० झरनाहरूकाे सूचीमा पर्दछ।पचाल झरना यही लम्बाईमा प्रमाणित भएमा एशियाकै अग्लाे र विश्वका ३० लामा झरनाकाे अग्रसूचिमा रहनेछ ।

पचाल झरना अाधिकारिकरूपमा चर्चा अाएकाे पनि करिब ७ वर्ष वित्याे।यति लामो समयसम्म नेपालकाे अग्लो झरना भनेर अाधिकारिकरूपमा प्रमाणिात हुन सकेको छैन।स्थानीयहरूका अनुसार पचालकाे नाममा मेला -महाेत्सव,वृत्तचित्र र फाेटाे प्रदर्शनी जस्ता प्रचारप्रसारमा स्थानीय,प्रदेश र संघले लाखौं पैसा बगाए।

महाेत्सव र मेलामा पैसा उठाएर अपादर्शी हिसाबकाे उत्तिकै चर्चा पनि छ।पैसा बगे जस्तै पचाल झरना पनि उस्तै बगिरह्याे।तर,पचालले अाफ्नाे लम्बाइकाे कानुनी अाधिकारिकता पाउन सकेको छैन अझै ।यही कालिकोटकाे पचाल गाउँपालिकाबाट कर्णाली प्रदेशकाे पहिलो मुख्य मन्त्री बनेका थिए महेन्द्रबहादुर शाही ।माअाेवादीबाट अहिले प्रतिनिधिसभाका सदस्य समेत रहेका उनलेे पहल गरेको देखिएन,मुख्य मन्त्री भैसकेको मान्छेकाे पचाललाई सूचिकृत गर्न पहुँच नपुग्ने कुरै भएन,नियत सफा भए सम्भव हुन्छ,भन्छन् स्थानीयहरू। यहीँ विषयमा हामीले पूर्व मुख्य मन्त्री उनै महेन्द्रबहादुर शाहीसंग प्रश्न गरेका थियौ ।हाम्रो प्रश्नमा उनी भन्छन्, ” पर्यटन मन्त्री रविन्द्र अधिकारीकाे पालामा मन्त्रालयमा सूचिकृत गरिए पनि प्रक्रिया अघि बढेको छैन,दाबी विराेधकाे प्रक्रियामै छ।”
यति मात्रै हाेईन,कालिकोटबाट २०६५ काे पहिलो प्रचण्ड सरकारका पर्यटन मन्त्री भएका थिए,खड्कबहादुर विश्वकर्मा ।विप्लव समूहमा प्रकाण्ड भनेर चिनिने उनी राजनीतिमा प्रकाण्डै छन् ।तर,रैथाने भएर पनि पचाल झरनाकाे विकास प्रवर्द्धनमा सिन्काे भाँचिएको देखिन्न।


यस्तै कालिकोटबाट कर्णाली प्रदेशको उद्योग तथा पर्यटन मन्त्री छन् दुर्गाबहादुर रावत। उनै रावतसंग पनि हामीले साेधेका थियौ ,हाम्रो प्रश्नमा उनी भन्छन् ,”पालिकाले न्युनतम कागजात पुराउन नसकेर बिलम्ब भएको हाे,पालिकाले फेरि कागजात बाेकेर सम्बन्धित मन्त्रालय पुगेको छ,सायद अब सूचिकृत हाेला ।” उनी थप्दै भन्छन् “एक जिल्ला, एक पर्यटकीय गन्तव्यमा पचाल राखिएको छ,तर कानुनी अड्चनले बाधा भाछ,अब समस्या हल भएपछि प्रदेशले पनि लगानी गर्छ।”
यसैगरी कालिकोटबाट यश अघि प्रेमबहादुर सिँह र कुर्मराज शाही कर्णाली प्रदेशकाे मन्त्री भैसके।उनीहरू यश विषयमा प्रवशै गरेको पाईएन।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ९ : १३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित