२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सन्दिपमाथि युट्युबरको हमला,व्यक्तिगत जीवनमाथि मजाक !


८ कार्तिक २०८२, शुक्रबार  


सामाजिक सञ्जालमा एउटा यस्तो भिडियो एकाएक भाइरल भयो । त्यो भिडियोे थियो नेपाली क्रिकेटका पूर्व कप्तान सन्दिप लामिछानेको व्यक्तिगत जीवन, प्रतिष्ठा र गोपनीयतामाथिको इन्फ्ल्यून्सरको युट्यूब शोबाट गरिएको नियोजित हमलाको विषय । जहाँ नेपाली क्रिकेटका पूर्व कप्तान सन्दिप लामिछानेको निजी जीवन, प्रतिष्ठा र गोपनियतामाथि गम्भीर प्रहार भएको देखिन्छ ।

नेपालको क्रिकेट खेललाई विश्वकपको यात्रामा पुराएका उनै सन्दिपमा माथि प्याराडाइम नामको एक युट्युब च्यानलले इन्फ्ल्यून्सरमाथि यस्तो प्रहार गरेको हो । नेपाली क्रिकेटका स्टार सन्दिप लामिछानेलाई जोडेर उनको मानमर्दन गर्ने गरी प्याराडाइम नामक युट्युब शो यस्तो गरिएको थियो, यो हेर्नुहोस् ।

सन्दिप लामिछानेको फेसबुक पेजमा प्राप्त उनको स्टाटस र त्यस सम्बन्धि युट्युब भिडियोमा युट्युब च्यानलका इन्फ्ल्यून्सरहरुले ललित भूर्तेल र सन्दिपको तस्बिर राखेर उनको मानहानी गरेका थिए । भाइटीका र डेटका सन्दर्भ जोडेर यहाँ सामग्री प्रस्तुत गरिएको देखिन्छ । सन्दिपलाई जोडेर प्याराडाइम नामको युट्युब च्यानले सामग्री प्रशारण गरेपछि त्यस विरुद्धमा सन्दिप लामिछानेले सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाएका छन् । प्याराडाइम नामक त्यस युट्युब च्यानलबाट आफूलाई जोडेर व्यक्तिगत जीवन, गोपनीयता र प्रतिष्ठामा आँच आउने गरी सामग्री प्रशारण गरिएको भन्दै उनले कडा आपत्ति जनाएका हुन् ।


लामिछानेले भनेका छन्, तपाईले जस जसलाई चाहानुहुन्छ, चाहानु् । त्यो तपाईहरुको इच्छा हो । तर युटुयब च्यानलको कुर्सीमा बसेर कसैको उपहास गर्नु या खिल्ली उडाउन कथाकथित तपाई इन्फ्ल्यून्सरहरुलाई लाज लाग्नुपर्ने हो, भन्दै उनले सन्जालमा आक्रोश व्यक्त गरेका हुन् । उनले यस्ता सामग्रीले आफ्नो मानमर्दन गर्नुको साथै मानसिकरुपमा विक्षिप्त बनाएको पनि उल्लेख गरेका छन् ।


नेपालको क्रिकेट खेलका एक आइकनमाथि गरिएको यो भद्दा प्रस्तुतिप्रति क्रिकेट नेपाल नामको सामाजिक सञ्जालको एकाउन्टबाट पनि भ्रत्र्सना गरिएको छ। खेलाडी माथिको अपमान सह्य छैन र स्वीकार गर्न सकिदैन । नेपालका राष्ट्रिय खेलाडीहरू देशको नाम, सम्मान र पहिचानका प्रतीक हुन्। उनीहरूलाई अपमान गर्ने जो–कसैले पनि नेपाली जनताको भावना मिचेको हुन्छ । प्याराडाइम जस्तो चर्चित युट्युब च्यानलले सन्दीपजस्तो मेहनती र प्रतिभाशाली खेलाडीको अपमानजनक सामग्री सार्वजनिक गर्नु अत्यन्तै निन्दनीय काम हो। यस्तो कार्यले केवल व्यक्तिको आत्मसम्मानमा चोट पु¥याउने मात्रै होइन, देशको खेल क्षेत्रप्रति पनि नकारात्मक असर पार्छ । हामी सबै नेपालीहरू एकजुट भएर यस्तो अनुचित र असभ्य व्यवहारको विरोध गर्नुपर्छ । त्यसैले सबै देशभक्त नेपालीहरूलाई अनुरोध गर्दछु । प्याराइम नाम युट्युब च्यानलले त्यस्ता सामग्री हटाओस् । हाम्रो रास्ट्रको गहनालाई यस्तो गरेको कदापि स्वीकार्य हुदैन ।


एक कार्यक्रम शोमा जोडेर हतोत्साही बनाइएका सन्दिप नेपाली क्रिकेट क्षेत्रका आइकन हुन्। नेपालको क्रिकेट खेललाई विश्वकपमा पुराउने उनको योगदान अतुलीय छ। पछिल्लो समय नेपाल सन २०२६ मा विश्वकपका लागि छनौट भइरहेको सन्दर्भमा उनलाई जोडेर एक युट्युव च्यानलको शोको माध्यमबाट गरिएको हतोत्साही क्रियाकलाप कानुनको नजरमा दण्डणीय र समाजको नजरमा निन्दनीय छ। ००००

प्रकाशित मिति : ८ कार्तिक २०८२, शुक्रबार  ७ : १४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित