२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

विगतको नतिजा भत्काउदै उत्कृष्ट बन्यो, कागेश्वरी मनोहरा नगरपालिका


७ भाद्र २०८२, शनिबार  


राजधानीको एक पालिका सरकार कागेश्वरी मनोहराले विगतको आफ्नै नतिजा भत्काउँदै उत्कृष्ट नगर सरकार बनेको छ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा अनुसार कागेश्वरीमनोहरा उत्कृष्ट बनेको हो।


देशभरका ७५३ स्थानीय सरकारहरू मध्ये राजधानीको कागेश्वरी मनोहरा नगरपालिकाले गएको पर्षहरुको तुलनामा क्रमश नतिजा सुधार गर्दै उत्कृष्टता हासिल गरेको हो। मन्त्रालयले यस वर्ष सार्वजनिक भएको नतिजामा यस नगरपालिकाले ८३.७५ अंक प्राप्त गरि विगतको आ फ्नै रेकर्ड भत्काएको हो।

कांग्रेसका युवा नेताको रूपमा स्थापित उपेन्द्र कार्कीको नेतृत्व रहेको कागेश्वरी मनोहर नगरले क्रमशः सुधार गर्दै अघि बढेको छ।

नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को मूल्यांकनमा यस अघि आर्थिक वर्ष २०७६/०७७ मा ६८ अंक प्राप्त, २०७७/०७८ मा ७१.५ अंक, २०७८/०७९ मा ६१.५ अंक र आर्थिक वर्ष २०७९/२०८० मा ६७.२५ प्राप्त गरेको थियो । यसपटक भने गएको आर्थिक वर्षहरुको नतिजालाई भत्काउदै ८३.७५ अंक प्राप्त गरि उत्कृष्ट भएको हो । प्रारम्भिक नतिजा ८६.५ भएतापनि गुणस्तर परिक्षण पश्चात् ८३.७५ कायम भएको नगरप्रमुख उपेन्द्र कार्कीले बताए ।

राजधानीको ११ वटा पालिकामध्ये कागेश्वरी मनोहरा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को तेश्रो स्थानमा रहेको छ । नागार्जुन नगरपालिका ८६.५० अंक सहित पहिलो स्थानमा छ भने टोखा र बुढानिलकण्ठ नगरपालिका ८५.२५ अंक सहित दोश्रो स्थानमा छन् । यसै गरि काठमाडौं महानगरपालिकाले ८१.७५ अंक प्राप्त गरेको छ । कीर्तिपुर नगरपालिका ७५.२५ अंक, गोकर्णेश्वर ६८.५० अंक, टोखा ८०.५० अंक, चन्द्रागिरी ८०.५० अंक दक्षिणकाली नगरपालिका ८३.२५ अंक रहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ७ : १५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित