२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

क्रूर श्रीमान्,जसले हत्या गरे,ममता काफ्लेकाे ..


७ भाद्र २०८१, शुक्रबार  


अमेरिकी सपनामै हराइरहृकी थिईन् ममता काफ्ले भट्ट ।१ वर्षकी छाेरीकी आमा उनी अमेरिकामा नर्स थिईन्।नरेश भट्ट हुन् उनका श्रीमान् । अमेरिकामा बसेर सुख र सम्वृद्धिका सपनाहरू थिए,उनीहरूकाे।ममतालाई बा-आमाले धनी सम्पन्न ज्वाइँ भन्दै विहे गरिदिएका थिए। तर,धनी र सम्पन्न ज्वाइँ हुदैमा देव र दैत्य थाहा नहुदाे रहिछ। जब त्यहीँ ज्वाइँ नरेश नरभक्षी दैत्य बने,तब ममताकाे ज्यान नै लिए। सामान्य घरायसी खटपटकै निहुँमा ममताकाे प्राण पखेरू लिए, उनले ।

उनको हत्या गरेको कुरा २२ दिनकाे खाेजतलास पछि थाहा भयाे,आफ्नै श्रीमान् मारेर घर पछि गाेडेका रहेछन् ।ममताकाे लाउँलाउँ र खाउँखाउँकाे २८ वर्षको कलिलो उमेरमा हत्या भयाे। सानी छाेरी जन्मिएदेखिकाे बेलादेखि पारिवारिक खटपट शुरू भएको पाईएकाे छ, उनीहरू बीचकाे विवाद ।जुन कुरा ममता स्वयंले सामाजिक सञ्जालमा यश अघि सार्वजनिक गरेकी थिईन्। उनलेे भनेकी थिईन् । अब म एक्लै बस्न चाहान्छु,सबै सल्लाह दिनुहोस् । यस्तो थियोे,उनको हारगुहार ।संगै बस्न नसक्ने अवस्था भएर नै उनलेे सञ्जाल मार्फत आग्रह गरेको देखिन्छ ।

यती भैसकेपछि अलग भएर बस्न पाउने सबैलाई अधिकार छ, अवसर पनि छ,जाे कसैलाई पनि। अझ अमेरिकी समाजमा झन् खुला छ। यसरी अलग भएर बस्न सक्ने बाटो हुँदाहुँदै पनि हत्याको बाटाे राेजे नरेश भट्टले।ममतालाई संग‌ बाँच्ने कसम खाएर जीवन साथी बनाएकाे थिए ,उनलेे ।ममताले जन्म दिने बा -आमा सबैलाई छाेडेर नरेशलाई साथ दिएकी थिईन् । तर, त्यही उनको विश्वास र भराेसमा बज्रपात भयाे, आफ्नै श्रीमान उनी मरिनु पर्याे । ममता मारिईन्,१ वर्षकी अबाेला छाेरीकाे बिचल्ली भयाे।ममता मरेर गईन्।नरेशले उनको राक्षसी उदेश्य पूरा गरे। १ वर्षको ममताकाे छाेरीकाे जीवन झन् बर्बाद भाे। छाेरीकाे पहिलो जन्माेत्सव मनाउने सपना थियोे ममताकाे ।तर,छाेरीकाे बाउले बेडमै हत्या गरेर मारिदिए उनलाई ।

जुन कुरा लामो समयकाे खाेजतलासपछि अमेरिकी प्रहरीले खुलासा गर्याे। गएको जुलाई ३१ देखि उनी हराईरहेकाे भन्दै खाेजि भइरहेको थियो । तर, श्रीमान नरेशले नै ममताकाे हत्या गरेर गाडेको अवस्थामा फेला पारेपछि सार्वजनिक गर्याे। त्यस अघि आफन्त सबै सबैले उनलाई खाेजे ।कतै भेटिएनिन् ममता । र, अन्तमा उनलाई जसले जीवनभर संगै बाचाैला, संगै मराैला भन्ने कसम खाएर सहयात्रा गर्याे,उसैबाट ममताकाे हत्या भएको थाहा लाग्याे। जुन कुरा प्रहरीको पत्रकार सम्मेलन तथा भट्ट पक्राउसँगै सार्वजनिक भएको हो। नरेश भट्टलाई श्रीमती मारेको अभियाेगमा अमेरिकाको भर्जिनिया राज्यको मनासस प्रहरीले गिरफ्तार गरेको छ।उनको हत्याले सामाजिक सञ्जाल तातिएकाे छ, छाेरी कतै सुरक्षित छैनन् ।अमेरिकी पीआर हेर्न अभिभावक दाेषी पनि हुन भन्दै ममता हत्याको निन्दा गरिएको छ।सामाजिक सञ्जाल प्रयाेगकर्काता डम्बर विष्ट लेख्छन् ,अमेरिकाकाे ज्वाई भए सबै ठिक भन्ने बा- आमाकै कारणले ममता मारिईन्।’ हाे पक्कै पनि पीआ र हाेईन गरिब भए पनि राम्रो व्यवहारकाे खाेजाे,जसबाट ममता जस्ता छाेरी श्रीमानबाटै मारिन नपराेस्। दाेषीमाथि कडा कारबाही हाेस्,ममता काफ्लेप्रति हाम्राे पनि भावपूर्ण श्रद्धाञ्जली ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १० : १७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित