गणतन्त्रको रक्षाका लागि सतिसाल झै उभिएका छन् , राष्ट्रपति रामचन्द्र पौडेल ! पृष्ठभूमि कांग्रेस हो ।तर, व्यवस्था र संविधान रक्षाका एक सतिसाल बनेर प्रमाणित गरिदिए राष्ट्रपति रामचन्द्र पौडेलले ।
देशभर चर्किएको सुनियोजित विध्वंसमा पनि सेनाका परमाधीपति समेत रहेका पौडेलले जिम्मेवारीप्रति दृढ रहे। बरू, मलाई मार । तर तिमीहरूको शर्त मान्दिन भन्दै प्रतिवाद गरे। जुन कुरा बरिस्ठ पत्रकार किशोर नेपालले प्रधानसेनापति अशोक सिग्देलले दबाब दिदा पनि प्रतिवाद गरे।
हिंसात्मक समूहको डरले सबै दुलो भित्र लुकेको बेला पनि एक्लै संविधान र व्यवस्थाको रक्षा गरे। राष्ट्रपति भएपछि काठमाडौमा जाम समेत नगराइ संसद पुग्थे। तुलनात्मक आ चरणमा पनि उनको कद अग्लो छ । उनको चट्टानी अडानले उमेरले होईन हिम्मत साहस र प्रतिवद्धताले मानिसलाई मानव बनाउँछ शिक्षा पनि दिएको छ।
आन्दोलनको भीड देख्नेबित्तिकै राजीनामा दिने नेतृत्वले राष्ट्रपति जस्तो गम्भीर पद थेग्न नसक्ने कुरा इतिहासले स्पष्ट प्रमाणित गरिसकेको छ। युवावस्थामा जनदबाबबाट डराएर भाग्ने हातहरूले राष्ट्रको कठिन घडीमा जिम्मेवारी वहन गर्न सक्दैनन् भन्ने तथ्य सिद्ध भएको छ।
तर आज, त्यही “बुढा” भनिएका महामहिम राष्ट्रपति संविधानको रक्षा कवच बनेर दृढतापूर्वक उभिए यसबाट प्रस्ट हुन्छ, कि पद धान्ने क्षमता उमेरमा नभई जिम्मेवारीप्रति निष्ठा र संविधानप्रतिको अटल प्रतिबद्धतामा आधारित हुन्छ।
हेक्का रहोस्, संविधानविना कुनै पनि शक्ति वा पदको अस्तित्व रहँदैन। अप्ठ्यारोमा पुगेको व्यवस्था र संविधानको रक्षा गरेर जनताको बलिदानबाट प्राप्त गणतन्त्रको रक्षा उनले गरेका छन्। सुझबुझका साथ आन्दोलनरत पक्षसँग सहमति गर्दै भ्रष्टाचार र बेथिति विरूद्धको युवा आवाजलाई पनि साथ दिएका छन् । राष्ट्रपतिको यो साहसिक र विवेकपूर्ण कदम इतिहासले सधैं सम्झने छ।








