२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

हेम-माया फाउन्डेसनले आचार्य कृष्ण दमाईलाई आर्थिक सहयोग गर्ने


६ भाद्र २०८१, बिहिबार  


समाजसेवामा सधैं क्रियाशील हेम थापाले आचार्य कृष्ण दमाईलाई हाैसलाका लागि ५० हजार सहयोग गर्ने घाेषणा गरेका छन् । दलित समूदायबाट संस्कृत साहित्यमा स्नातकोत्तर गरेका दमाईलाई सहयोग गर्ने भएका हुन् ।समाजसेवी थापाले आफ्नाे जन्मदिनकाे खर्च कटाएर हेम- माया फाउन्डेसनमार्फत हयोग गर्न लागेका हुन्।

समाजिक सञ्जालमा पाेस्ट गर्दै उनलेे भनेका छन्। आउदै गरेको जन्म दिनको खर्च बचाएर कृष्ण दमाइ ( गुरु ) लाई हौसला स्वारुप हेम&माया फ़ाउण्डेशन नेपालकाे तर्फबाट रु ,५०,००० सहयोग गर्ने निर्णय गरेको छु। यश अघि पनि समाजसेवी थापाले आचार्य कृष्ण दमाईलाई राखेर पुराण लगाउने घाेषणा गरेका थिए।

लामो समयदेखि अमेरिकामा बस्दै आएका उनलेे दुःखमा परेकाहरूलाई आर्थिक सहयोग गर्दै आएका थिए। हेम थापा जस्तै तपाईं पनि आचार्य कृष्ण दमाई सहयोग गरेर पूण्य कमाउन सक्नुहुन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ८ : २० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित