दाङ क्षेत्र नम्बर २ का लागि एमाले महासचिव शंकर पोखरेल उम्मेदवार बनेका छन् । अधिकांश निर्वाचनमा पराजय पर्याय बनेका शंकरको यसपटकको भिडन्तमा नेकपाका निर्मल आचार्य,कांग्रेसका किरणकिशोर घिमिरे र रास्वपाका विपीन आचार्य मृख्य प्रतिस्पर्धी हुन्।
गएको निर्वाचन २०७९ मा तत्कालीन माओवादी केन्द्रकी नेता रेखा शर्मासंग झिनो मतले पराजित भएका शंकर २०५६ सालमा ८ हजार मतान्तरले पराजित गरेका कृष्णकिशोर घिमिरेका भाइ किरण किशोर घिमिरे, नेकपाका निर्मल आचार्यले चुनौति दिदै छन् ।
२०७९ जस्तो यसपटक भने गठबन्धन छैन। सबै दलहरूले अलग–अलग उम्मेदवारी दिएका छन् । एमालेबाट महासचिव पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य, रास्वपाबाट सहमहामन्त्री विपिन आचार्यबीच मुख्य भिडन्त हुने देखिन्छ।
कांग्रेसले किरणकिशोर घिमिरेलाई टिकट दिएको छ । सरल स्वभावका पुराना नेता घिमिरे पहिलोपटक चुनाव लड्दैछन् । तर, घिमिरे उम्मेदवार बन्दा उनको परिवारबाट शंकर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्ने तेस्रो व्यक्ति हुन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा शंकर समानुपातिक सांसद बनेका थिए ।त्यतिबेला एमालेबाट छबिलाल वली र कांग्रेसबाट अनिता देवकाटा उम्मेदवार भए पनि चुनाव माओवादीका कृष्णबहादुर महराले जितेका थिए।
२०७० मा दोश्रो संविधानसभा निर्वाचनमा शंकरले उम्मेदवारी दिए। त्यतिबेला उनी दाङ ३ बाट निर्वाचन लडेका थिए। काँग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीसंग पराजित भए ।तर, २०७४ मा शंकर पोखरेल प्रदेश सभामा उठे । माओवादीको समर्थनमा शंकरले दाङ–२ ९१० बाट जित्दा कांग्रेससँग कमलकिशोर घिमिरे पराजित भएका थिए ।
पोखरेलले २० हजार ७२३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कमलकिशोरले ११ हजार १७२ मत पाएर पराजित भएका थिए । २०८२ फागुन २१ प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसका पुराना नेता कमलकिशोरका साइलो दाजु किरणकिशोर उनै शंकरसंग भिड्दैछन्। २०७४ मा माओवादीको समर्थनमा प्रदेश सभा जितेको बाहेक शंकरका हातमा विजयी परिणाम परेको छैन।
शंकर सधैं पराजितकाे पर्याय किन ?
शंकर राष्ट्रिय राजनीतिका हेविवेट नेता हुन्।केपी ओलीका रणनीतिकार रूपमा चिनिने पोखरेल जनताको परीक्षणमा असफल मात्रै छैनन् । भरखरै मंसिरमा सम्पन्न एमाले ११ औ महाधिवेशनमा जम्मा २२९ मतले महासचिवमा विजयी भएका थिए। पार्टी भित्र घट्दो लोकपृयता भएका शंकर एमाले भित्रका हस्तीहरू भीम रावल,माधव नेपाल र झलनाथहरू सबै बाहिरीएर ओली समूह मात्रै रहेको बेलामा पनि पार्टी भित्र कमजोर देखिनुले उनको अलोकपृयता देखिन्छ ।
पार्टी भित्र अलोकपृय भएका शंकर जनताको माझमा पनि अलोकपृय भएको विगतका चुनावी परिणाम काफि उदाहरण हुन्। उनै शंकर दाङ २ बाट निर्वाचन लड्दै छन् । यसपटक १लाख ४० हजार बढी मतदाता छन् ।२७ वटा यश क्षेत्रमा पर्दछन्। यश क्षेत्रका दुई पालिका र नेकपाले जितेका छन् । यश पटक निर्वाचन जित्न औसतमा ३५ हजार मत लिनुपर्ने देखिन्छ।
यसपटकको निर्वाचनमा पनि उनी सुरक्षित देखिन्नन्।यसो हुनुमा उनको व्यक्ति कारण भन्दा पनि उनका वरिपरि घेरा हाल्नेहरू शंकरका लागि घातक बन्ने गरेको विश्लेषकहरू बताउँछन् । शंकर हेविवेट नेता भएपनि उनलाई घेराबार गर्नेहरूले जनसम्पर्कमा सधैं तगारो हाल्ने गरेको विश्लेषकको ठम्याइ छ।
राष्ट्रिय राजनीतिको शक्तिमा भए पनि दाङमा प्रदेश राजधानी ल्याउन बाहेक जनताले पत्याइहाल्ने उल्लेख्य काम कतै नभएको क्षेत्र नम्बर २ का मतदाता बताउँछन् । जिताउनु पर्ने नेता शंकर भए पनि घेराबन्दी भत्काउन नसके यश पटक पनि उनी पराजित भएमा अनौठो नहुने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।
एमाले भित्र एक विचारक नेता हुन्,शंकर पोखरेल।जनताको बहुदलिय जनवादको व्याख्याकार शंकर दाङको कम्युनिस्ट आ न्दोलनको राष्ट्रिय हस्ती हुन। उनी राष्ट्रिय तहको स्थापित नेता शंकर भए पनि पछिल्लो समय ओली भक्तिले उनले जनविश्वास गुमाएको देखिन्छ । भदौ २३ को नरसंहार गलत थियोे भन्न नसक्नुले शंकरको मत घटाउने अर्को खतरा हो।
यद्यपि यश पटक गठबन्धन छैन। नेकपाका निर्मल आचार्य र किरणकिशोर घिमिरे स्थानीय तहमा लोकपृय छन् । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने खुबी रहेका शंकरलाई झिनो मत जित निकाल्न सकिने सम्भावना पनि छ। रास्वपाले अपरिचित अनुहार अघि सारेकोले शंकरलाई केही सहज देखिन्छ ।तर, मुल खतरा उनको घेराबन्दी गर्ने एउटा समूह छ।त्यो समूहको पर्खाल शंकरले यदि भत्काउन नसके त यसै भन्ने गाह्रो हुने स्थानीय अगुवा बताउँछन् ।








