४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

भ्रष्टाचार र बेथिति देखेर दिक्दार बनेका सञ्चार मन्त्री गुरूङको एक बयान


२१ फाल्गुन २०८१, बुधबार  



गएको मंगलको दिन हो, नेपाल दूरसञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सव कार्यक्रम थियोे ।यश कार्यक्रमका प्रमुख अतिथि थिए, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ।आफ्नै सरकारको कार्यसम्पादनप्रति चित्त बुझिरहेको छैन,उनलाई ।

प्रधानमन्त्री स्वंयले काग्रेस एमाले गठबन्धन सरकार बनेपछि मुलुकमा रामराज्य छाएको दाबी गरिरहँदा मन्त्री गुरूङ सहमत देखिन्ननन् । हरेक कार्यक्रममा पुग्दा उनी नक्कली कुरा भन्दा सक्कली अर्थात् सत्य चित्र पस्किन्छन्, र सुधार गर्नु पर्नमा जोड दिन्छन् । गएको मंगलबारको प्राधिकरणको कार्यक्रममा पनि उनले त्यही कुरा दोहोर्याए।उनले भने,”मुलुकमा भ्रष्टाचार र बेथिति व्याप्त छ, दुई तिहाइ वा सर्वसम्मतको सरकार बनेपनि मुलुक बन्दैन।”


सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबैभन्दा पहिले नेता, कर्मचारी लगायतको चरित्र नबदलिएसम्म मुलुक नबन्ने बताए । उनले सबैले आफ्नो चरित्रमा सुधार गर्नुपर्छ भन्ने महशुस नगरेसम्म दुई तिहाइ वा सर्वसम्मतको सरकार बनेपछि मुलुक नबन्ने ठोकुवा गरेका हुन् । कर्मचारीतन्त्र, सेना, प्रहरीदेखि मन्त्रालयसम्मै भ्रष्टाचारको जालो डरलाग्दो भएकोमा उनलेे दुःख व्यक्त गरे।

‘दुई चार वटा कारणले मुलुक बिग्रिएको छ । सबैले सुधार्नुपर्छ भन्ने महशुस गरेन भने मुलुक बन्दैन । दुई तिहाइको सरकार बनेपनि, सर्वसम्मत सरकार बनेपनि मुलुक बन्दैन । जबसम्म हाम्रो चरित्र बद्लिँदैन । भ्रष्टाचार आज हाम्रो संस्कार भइसक्यो । वैधानिक होस् वा अबैधानिक होस्, हेर्दा केही देखिँदैन । तर, त्यहाँ घुस, कमिसन छ । यो करम्पसनको कल्चर छ, त्यसलाई अन्त्य गर्नुपर्यो नि । भ्रष्टाचार गरेर ल्याएको छ कि चोरेर ल्याएको छ थाहा छैन । महल बनायो, गाडी चढ्यो भने त्यही चाहीँ हिरो हुन्छ । यो प्रचारको अन्त्य कसरी हुन्छ ? हामीले अन्त्य गर्नुपर्छ । त्यो व्युरोक्रेशीमा व्याप्त छ, सेनामा, प्रहरीमा, मन्त्रालयमै पनि छ । हाम्रो सबैभन्दा ठूलो समस्य यही हो,’– उनले भने ।

साथै, नेपाल असल शासनप्रति प्रतिवद्ध नै नभएको उनले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय शतर्कता केन्द्र, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लगायतका संस्थाहरु हु्ँदा पनि नेपाल ग्रे लिस्टमा परेको प्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘गुड गभर्नेन्सको हामी ‘ग’ पनि प्रयो गर्दैनौं । गुड गभर्नेन्सको लागि त सबैभन्दा पहिलो मेरिटोक्रेशीमा विश्वास गनुपर्यो । असल मान्छेहरु चाहिन्छ असल शासन चलाउनका लागि । खराब, कमजोर र बेइमान मान्छेलाई त्यो कुर्सीमा राखेर असल शासन आउँदैन । त्यसकारण असल शासनको पहिलो आधार नै असल मान्छे, असल पदाधिकारी, असल मन्त्री चाहिन्छ भन्दै विद्यमान मुलुक यथार्थ चरित्र दर्शाए।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ५ : २३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित