२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

निर्वाचन आयोगले थाल्यो,प्रतिनिधिसभा निर्वाचनको तयारी


२८ भाद्र २०८२, शनिबार  


निर्वाचन आ योगले निर्वाचनको तयारी थालेको छ ।

राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरि २०८२ साल फागुन २१ मा मिति तोकेपछि चुनाव गराउन निर्वाचन आयोगले तयारी थालेको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले स्रोत साधन सुनिश्चित गरिदिए आयोग निर्वाचन गराउन तयार रहेको बताए ।

सामान्यतया निर्वाचन गर्न १२० दिनको अवधि चाहिने भन्दै भण्डारीले ६ महिनाको समयभित्र निर्वाचन गराउन आयोग तयार रहेको बताएका हुन् ।

निर्वाचन प्रक्रियाअन्तर्गत व्यवस्थापन र मतदाता नामावली संकलनको काम भइ नै रहेको उनले बताए । ‘सरकारले स्रोत साधन जुटाउने वितिकै आयोगलाई अफ्ठेरो छैन,’ उनले भने ।

भण्डारीले निर्वाचन घोषणाको पत्र प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबाट आएपछि गृह मन्त्रालयको समन्वयमा बाँकी प्रक्रिया अगाडि बढ्ने बताए । ‘आयोगको सरकारसँग सम्पर्क गर्ने गृहमन्त्रालय हो । गृहमन्त्री आउनुपर्ला । अनि सल्लाह हुन्छ । निर्वाचन तयारी गर्नु भन्ने होला,’ उनले भने, ‘तर निर्वाचन आयोग स्रोत साधन जुटाउने वितिकै अगाडि बढ्छ ।’

भण्डारीले फागुनमा एकतिहाइ राष्ट्रियसभा सदस्यको कार्यकाल पनि सकिने र ३५ दिनअगावै अर्थात माघ दोस्रो साता निर्वाचन गरिसक्नुपर्ने अवस्था रहेको पनि बताए । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन संगसंगै अगाडि बढाइने आयोगको भनाइ छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ६ : २३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित