२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आहा बंगलाचुली, धर्तीको अद्भत रचना !


१४ भाद्र २०८१, शुक्रबार  


प्रकृतिको अद्भुत कला,अनि सुन्दर सिर्जना, कसले रच्यो होला ?यो जादुमय प्रकृतिको रोमान्चकारी लिला.यति मनमोहक सुन्दरता,प्रकृतिको वैभवपूर्ण अद्धितिय कस्तो कला ?अप्सरा लजाउने, धर्ती मुस्काउने ।

यस्तो सुन्दरताको वर्णन र बयान त अपूरै होला ।तर, सृष्टिको रहस्यमयी अनि जादूमयी कला चानचूने छैन,यहाँ । बंगलाचुली पुगेर यसका जादुमयी सुन्दरताको स्पर्श गरेपछि जोकोही मन्त्रमुग्ध हुन्छ। प्रकृतिको अथाह मेहनतबाट रचिएको यति सुन्दर धर्ती भने आफ्नै सुन्दरता हेरेर आफै मुस्कुराउन विवश छ।

प्रकृतिले सिंगारिएको यो सुन्दरतामा अलिकति राज्यले लगानी गरिदिने हो, भने यसले संसारलाई आतिथ्यता दिन सक्ज्थ्यो होला यसको सुन्दरता र सम्भावनाको सामथ्र्य अहिलेसम्म राज्यले चिनेन भन्छन्, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य । उनी भन्छन्, “तीनै तहका सरकार नभएका पनि होइनन्, तर, यसको ओजपूर्ण यो सम्भाव्यताको उत्खनन् तिर कोही लागेको देखिन्न । सरकारहरु कमिसनको चक्करमा नलाग्ने हो, भने यो ठाउँ अब्बल गन्तव्य बन्छ, जो सरजु नदीको उद्गम स्थल पनि हो । तर, हरिणले आफ्नै विनाको सुगन्ध नचिने जस्तै आफैभित्र हराइरहेको छ, बगंलाचुली र यसको अद्धितिय सुन्दरता ।”


हो, बंगलाचुलीभित्रका यी ग्रामीण बस्तीहरु अनि प्रकृतिका यी रहस्यमयी सिर्जनाले सम्भावनाको संकेत गरिरहेका छन्।तर, योजना तथा कार्यंक्रम बनाउनेहरुको आँखा उघ्रिएको देखिन्न। यद्यपि यस विषयमा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुन(सुवास) सडक पूर्वाधारमै आफूहरुले जोड दिएको बताउँछन् । उनी भन्छन्,”यो सम्भावना त छ। सम्भावनालाई व्यवहार त देखाउन सबै पक्षको खाँचो छ।”माओवादीबाट निर्वाचित पालिका अध्यक्ष हुन् , तुल्सीराम पुन(सुवास)। उनी नै पालिका कस्तो बनाउने भन्ने ठाउँमा छन्, यतिबेला । तर, यति महत्वपूर्ण विषयमा उनले अहिलेसम्म कुनै ठोस तथा प्रभावकारी कार्यक्रम बनाएको कतै देखिएको छैन ।

यहाँ सडक ट्रयाक खोलिएका छन्, घोाराहीदेखि करिब २५ किलोटिरको हाराहारीमा यी बस्तीहरु रहेपनि गतिलो छैन। सडक, बर्खा लागे यी सडकले प्रकोप निम्त्याउने गरेका छन्। यहाँको माटो निकै संवेदनशील छ। तर, यसको संवेदनशीलताको पूरै बेवास्ता गरेर सडक खोलिएको दृेखिन्छ ।

भगवानको सिर्जना हो, या प्रकृतिकै रचना । अखिर जेसुकै होस्, बंगालचुलीका यी मनोरम बस्ती अनि बस्तीलाई काखमै राखेर आप्नै संसार जिइरहेको छ, । यति सुन्दर बस्तीहरुको समग्र हो, आहा बगंगलाचुली । मौलिक समाज अनि सुन्दर निश्चछल बस्तीहरु । पवित्र र इमान्दार अनि पराक्रमीहरुको रैथाने थलो । जो संगै आफ्नै उत्पादनको सामथ्र्य छ। यही परक स्वाद अनि सामथ्र्य हो यहाँको यहाँको फरक विशिष्टता ।


अस्परा लजाउने यस क्षेत्रबाट उत्तरतिर फर्किए उनै धवलागिरी हिंमश्रृंखला रहरलाग्दा हिमाली दृष्य अनि दक्षिण फर्किए विशाल दाङ र देउखुरी(राप्ती)उपत्यका देखिन्छन्।आँखाको धितै नमर्ने , जति हेरेपनि हेरीरहँु लाग्ने यी बस्ती अनि डाँडाकाँडा र वनजंगल । यीनीहरुको जादुमय स्पर्शले जोकोही लठ्ठ हुनछन्। यति सुन्दर रचना त प्रकतिले ठूलै मेहनतले गरेको हुनुपर्छ, भन्छन्, फोटो पत्रकार माधव केसी । उनी, भन्छन्, यही सुन्दरता नै यहाँको सम्वृद्धिको आधार हो।तर, यहाँ होमस्टे सञ्चालन गरेर यहाँको मौलिकता र माटो जोगाउनेतिर राज्य अग्रसर हुनैपछ। जहाँ शहरका कोलाहाल र भीडभाड छल्न पुग्न सकिन्छ। यही गज्जबको सुन्दर बस्ती हो बंगालाचुली अनि यहाँ रहेका थुम्का थुम्का बस्तीहरु ।


पक्कैपनि , यो सुन्दर बस्ती अनि प्रकृतिका छटा चानचुने छैनन्। यति सुन्दर भएर पनि नजिकको तीर्थ हेला भने जस्तैको अवस्था छ। राप्ती नदी(भालुबाङ) र शारदा सरजुको संगम स्थलसम्म अपल्याण्ड शिवालिक ट्रेल बन्न सक्छ। जसले बंगालचुली मात्रै होइन, सिंगो दाङको पर्यटनमा कायापलट ल्याउन सक्छ। तर, त्यसको लागि साझा कार्यक्रम बनाउन कम्तीमा पालिका सरकारहरुले पहल गर्न जरुरी हुन्छ। यही अवधारणागत ट्रेलेका रुटमै पर्दछ, बंगलाचुली पनि ।

घोराहीमा थकाइ मारेर उकालो लोगेपछि यी भूस्वर्गहरुमा स्पर्श गर्न सकिन्छ। शहरको दिक्दार लाग्दो अवस्थाबाट मुक्ति मिल्दछ,यो भूस्वर्ग पुगेपछि । यहाँ पुग्ने जोकोहीले पनि स्वर्गीय आनन्द पक्कृै लिन्छ। यही भूस्वर्ग, जो प्रकृतिको काखममै बसेर आफ्नै संसार जिइरहेको छ। त्यसको लागि घरबास कार्र्यंक्रम यहाँ निकै उपयुक्त हुन्छ, मौलिकता बचाउने मात्रै होइन, यहाँका स्थानीयको जीवन बदल्न पनि घरबास कार्यक्रम लागू गर्न कम्तीमा पालिका सरकारले कोशीस गर्नुपर्दछ। तर, अहिलेसम्म कतै सुरसार भएको पाइन्न ।

शहरका भीडभाड र कोलहाललाई विश्राम मार्ने धर्तीैको एक सुन्दर बस्ती बन्न सक्छ,बंगलाचुली । त्यसको लागि योजना आवस्यक हुन्छ। त्यो योजना भनेको नै होमस्टे कार्यैक्रम हो । यहाँको मौलिकता र माटो अनि मिलेको बस्तीलाई जीवन्त राख्न सकियो भने यहाँ वर्षमा हजारौ पर्यटकलाई यही भूस्वर्गमा पुराउन सकिन्छ। तर, त्यो भन्दा पहिलो शर्त हो, स्थानीय सरकार बंगलाचुली गाउँपालिकाको योजना र तिनीहरुको प्राथमिता ।

यहाको बस्तीहरु आर्थिक हिसाबले अत्यन्तै कमजोर छन्। प्रकृतिले सजिएको, विकासले ठगिएको यस भूमिमा होमस्टे कार्यक्रम गज्जबले चलाउन सकिन्छ। मौलिक संस्कृति उत्तम छ। कला उस्तै छ। उत्पादन उत्तिकै छ। सरजु नदीको उद्गम स्थल पनि हो। जसको वर्णन रामायणमा उल्लेख छ। सरजुलाई गंगा मानेर भारतीयहरुले औधी श्रद्धा गर्दछन्।

हालको बंगलाचुली गाउँपालिका साविकका लोहारपानी, हाँसिपुर, काभ्रे, स्यूजा गाउँविकास समितिहरु जोडेर बनेको हो । यहाँका मुख्य बस्तीहरु दाङबाङ, रिवाङ, तापागाउँ, तिमिले, कमिरे, ठाँटागाउँ, श्रीबारी अािद हुन । यी बस्तीमा रैथाने परिकार, संस्कृति(भैलो नाँच) पुरसुङगे, सोरठी, मगर संस्कृति नितान्त फरक छ। काउलेबाट सरजु नदीमा पानी मिसिने भएकोले यस क्षेत्रलाई सरजुको करिडोरमा जोड्न सकिन्छ।

जसको धार्मिक महत्व छ,विशेष गरी स्वदेशी तथा भारतीय पर्यटकका लागि उत्तम ठाँउ हो। । तर, पालिकाले अहिलेसम्म यो सुन्दरताको आयामलाई खासै चिन्न सकेको देखिन्न । सडर्क मात्रै विकास होृ, भन्ने भ्रममा रहेका जनप्रतिनिधिहरुले विकासको बहुआयामीक पक्षलाई बोध गर्न सकेको देखिन्न । जुन कुरा बंगलाचुली गाउँ सरकारमा पनि यस्तो प्रवृत्तिले गाँजेको देखिन्छ।

तस्बीरः नारायण विश्वकर्मा/मधुसदन गिरी

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ४ : २६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित