४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

सहकारीको ११ कराेड ठगीमा एमाले नेता ऋषिकेश पाेखरेल पत्नी अन्जना, ठगीको विषयमा एमाले भने माैन


६ आश्विन २०८१, आइतबार  


प्रतिनिधि सभा लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पाेखरेलकी श्रीमती अन्जना काेईरालाले सहकारीको ११ कराेड ठगी गरेको पाइएकाे छ।

उनलेे मोरङको उमागौरी सहकारीबाट कर्जा लिएका ऋणीको कागज वित्तीय संस्थाहरूमा राखी ११ करोड ठगी गरेको सहकारीकी तत्कालीन सञ्चालक अन्जलाको नाम कालोसूचीमा रहेको छ। तर, एमाले नेतृत्वमा रहेको काेशी प्रदेश सरकारले भने सहकारी रजिस्ट्रार कार्यालयबाट उनको नाम हटाएकाे भेटिएको छ।

२२ अर्व विद्युत वक्याैतामा कुलमान घिसिङलाई हटाउन लागि परेका लेखा समिति सभापति ऋषिकेश सहकारी ठगीकाे विषय माैन छन् ।उनको दलका नेता सूर्यबहादुर थापा संयाेजक रहेको संसदीय छानबिन समिति समेत बाेलेकाे छैन।

संसद्को सार्वजनिक लेखा समितिका सभापति समेत रहेका ऋषिकेश पोखरेल श्रीमतीलाई अन्जनालाई अघि सारेर खोलेको सहकारीबाट रकम अपचलन गरेको आरोप लागेको हाे।


सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अन्जला कोइरालासहितका सञ्चालक कालोसूचीमा परेका छन् ।

पीडितले नामै तोकेर उजुरी दिए पनि कोशी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले प्रहरीमा फाइल पठाउँदा अन्जलाको नाम गायब पारेको बताईएकाे छ ।

सहकारी सञ्चालकहरूका अनुसार नेता पोखरेलले शिक्षक समेत रहेकी पत्नी अन्जलालाई करिब ६ वर्ष सञ्चालक बनाएका थिए । करिब पाँच हजार बचतकर्ता रहेको उमागौरी सहकारी करिब डेढ वर्षदेखि बन्द छ । स्थापनाकालदेखिका सबै कागजपत्र गायब पारिएको बचतकर्ताको भनाइ छ । २०७२ देखि सञ्चालक रहेकी अन्जला सहकारी संकटमा पर्न थालेपछि २०७८ मा संस्थाबाट अलग भएकी थिइन् ।

सहकारीपीडितहरूले अध्यक्ष शम्भुप्रसाद रौनियार र सञ्चालक अन्जला कोइरालासमेत विरुद्ध कोशी प्रदेशको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा उजुरी दिएका छन् । रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरेको छ । सरकारीका अध्यक्षसहित सबै सञ्चालक माथि अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाईएकाे हाे।

सर्वसाधारण बचतकर्ताले दिएको उजुरीमा नाम भए पनि सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई लेखेको पत्रमा भने पोखरेल पत्नीको नाम गायब पारिएको छ ।

बचतकर्ताहरूका अनुसार सहकारीका ऋणीले बुझाएको कागजपत्र विभिन्न बैंक तथा वित्तीय संस्थाबाट राखेर ११ करोड ५६ लाख रुपैयाँ ऋण लिइएको छ । ‘सहकारीबाट एकाध लाख कर्जा लिँदा ऋणीहरूले बुझाएका कागजपत्र बैंकमा राखेर सञ्चालकहरूले ठूलो रकम लिएको भेटिएको छ । यो विषयमा ऋणीलाई जानकारी समेत थिएन । अझ, बचतकर्ताको २ करोड ३ लाख ५४ हजार सञ्चालकले हिनामिना गरेका बताएका छन्।

त्यसैगरी आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २०७९ कात्तिक १६ मा सूचना जारी गर्दैं कर्जा चुक्ता गर्न उमागौरी कृषि सहकारीका नाममा ३५ दिने सार्वजनिक सूचना निकालेको थियो । सूचनामा अन्जलाको नाम र तस्बिरसमेत उल्लेख थियो । त्यसपछि पनि सहकारीले ऋण नतिरेपछि आरएसडीसी लघुवित्तले २०७९ चैत १२ मा उमागौरी सहकारीविरुद्ध मुद्दा दायर गरेको थियो । सहकारीले रूपन्देहीमा कार्यालय रहेको आरएसडीसीबाट ऋण लिएको थियो ।

वित्तीय संस्थाले दिएको मुद्दाका आधारमा रूपन्देही जिल्ला अदालतले २०८० माघ ८ मा गोरखापत्र दैनिकमा सूचना निकालेर सहकारी सदस्यहरूलाई २१ दिनभित्र उपस्थित हुन भनेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : ३० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित