३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

अभिभावक संघले मानव अधिकार आयोगलाई भन्यो,’लाखौं विद्यार्थीकाे पढ्ने अधिकार बञ्चित भो’


७ बैशाख २०८२, आइतबार  


गएको चैत २० देखि जारी शिक्षक आन्दोलनका कारण ५५ लाख पढ्ने पाउने अधिकार बन्चित भएको भन्दै अभिभावक संघले राष्ट्रिय मानव अधिकार आ योगको ध्यानाकर्षण गराएको छ।

झन्डै तीन हप्तादेखि शिक्षक आन्दोलनमा रहेकाले सामुदायिक विद्यालयका पठनपाठन प्रभावित भएको भन्दै अभिभावक संघ नेपालले राष्ट्रिय मानव अधिकार आयोगमाको ध्यानाकर्षण गराएको हो।

आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना लगायत प्रभावित भएको भन्दै संघका पदाधिकारी आयोगमा नै पुगेर आयोगको ध्यानाकर्षण गराएका हुन् ।

जसले गर्दा विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको भन्दै अभिभावक संको ध्यानाकर्षण भएको अभिभावक संघका अध्यक्ष केशव पुरीले बुझाइको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

शिक्षाका सरोकारवालाको समस्या राज्यले हल गर्नु जरुरी रहेको भन्दै सङ्घले शिक्षकका जायज माग तत्काल पुरा गर्न पनि आयोगमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

शिक्षक खुसी भए भने मात्रै कक्षा कोठा रमाउने भन्दै शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न नहुने भन्दै विद्यार्थीको पढ्न सिक्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्रबाट सम्मान गरिनुपर्ने संघले जनाएको छ ।

विद्यार्थीको पढ्न पाउने हक, बालअधिकारको रक्षा गर्दै तत्काल आम शिक्षकका समस्याको हल गरेर सामुदायिक विद्यालय सञ्चालनमा आउन सक्ने वातावरण बनाउन र कक्षा १२ को परीक्षासमेत प्रभावित नहुने वातावरण बनाउन संघले आग्रह गरेको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ३१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित