संस्कृत वाङ्मय त्यो हो,जसमा जीवन र जगतको अनादिकालमा हासिल ज्ञान र विज्ञानको खोजी गरिएको पाइन्छ। वैदिक वाङ्मय १७ औ शताब्दीसम्म विश्वभर निकै शक्तिशाली थियो । यही ज्ञानको आधारमा पश्चिमाहरु विज्ञानमा पसे, हामी मन्दिरमै थन्क्यिौ, भन्छन्, “प्राध्यापक डाक्टर जगतप्रसाद उपाध्याय।

उनी भन्छन्, “वेदमा उदारता छ,शास्त्रीय ज्ञान अनि विज्ञान छ। जहाँ प्रकृतिको पूजा गरिन्छ, हाम्रो कृषि प्रणालीदेखि सांस्कृतिक जीवन पद्धतीसंग यसको अन्योन्याश्रित सम्बन्ध छ। विश्व समाजलाई शास्त्रीय ज्ञान र चिन्तनले प्रभावित पारेको हाम्रो संस्कृत भाषा आज अन्धविश्वासी र बाहुनवादी भनेर भ्रम छरिएको छ, जुन सर्वथा गलत छ। यस्तो हुनुमा संस्कृतका अभियान्तादेखि राज्य मुख्य दोषी हुन्।”वैदिक दर्शन, ज्ञान र विज्ञानमा हरेक मानवको परिचय कर्म र गुणको आधारमा हुन्छ भनिएको छ। जसमा मौलिक व्याख्या छ, शास्त्रमा वाद, प्रतिवाद र सम्वादको चर्चा गरिएको छ। ज्ञानको संग्रहसंगै विज्ञानको खोजी गरिएको छ। समग्र ब्रम्हाण्डको विषयमा लोकलाई ज्ञान दिएकोछ। ग्रहहरुका बारेमा वेदांगको रुपमा ज्योतिष विज्ञान छ। तर, कर्मयोगको आधारमा भन्दा श्रद्धा र भक्तिमै सीमित राखिदा वैदिक ज्ञानको विशाल र विराट क्षेत्रमाथि प्रश्न उठ्न थालेको पाइन्छ।वैदिक ज्ञानको संरक्षण र प्रवद्र्धन गर्न भन्दै संस्कृत विश्वविद्यालयको स्थापना गरियो। जुन पवित्र उदेश्य थियो। त्यही अनुरुप संस्कृत विश्वविद्यालय अघि बढेन। विश्वविद्यालयले वेदभित्रको विज्ञान के छ, त्यसको व्याख्यासंगै वैज्ञानिक आधारहरुको विषयम अध्ययन अनुसन्धान र प्रवद्र्धन गरिनुपर्ने थियो, विडम्बना विश्वविद्यालय जागिर खाने थलो भयो। तर, वैदिक ज्ञान र विज्ञानको उत्खनन् गर्न कोशीस भएनन्, भन्छन्, संस्कृतिविद् प्राध्यापक डाक्टर जगमान गुरुङ । उनी भन्छन्, “नेपाल संस्कृत विश्वविद्यालयले वैदिक ज्ञानको खोजी र उत्खनन् गर्न अब सक्दैन। त्यो संस्था मक्किसक्यो। त्यसको विकल्पमा देवघाटले गर्न सक्छ। त्यहाँ गुरुकुल आश्रम छ। जहाँ वैदिक मूल्य मान्यता, सिद्धान्त र दृष्टिकोणको विकास गरिएको छ।”

यसैमा प्राध्यापक डाक्टर गुरुङ थप्दै भन्छन्, “वैदिक ज्ञानको प्रवद्र्धक ब्राह्मण हो। ब्राम्हण भनेको ज्ञान र चेतना हो।तर, अहिलेका ब्राम्हण नै वैदिक सनातनी धर्म र संस्कारमा मास्नमै उद्दत छन्। उनीहरुबाट वैदिक सनातनी ज्ञान र विज्ञानको संरक्षण हुन सक्ने देखिन्न। उता राज्यको ध्यान छैन, नीति बनाएर यसको संरक्षणमा लागेको देखिन्न ”वैदिक ज्ञानको महत्व पश्चिमाहरुले कति धेरै बुझेका छन्, भन्ने कुरा जान्न। अल्वर्ट आइन्सटाइनको भनाइलाई यहाँ जोडनु बाञ्चनिय देखिन्छ।
प्राडा जगमान गुरुङ
उनीले भनेका थिए, “हामी पूर्वीय दर्शनको खोजप्रति एकदमै ऋणी छौ,जसले हामीलाई गिन्ती कसरी गर्ने भनेर सिकायो।जुन विना हाम्रो अन्वेषण पूराहुन सक्ने थिएन।ऊँ ,जसरी गणितको जननी बन्यो,ब्राम्हाण्डको व्याख्याको आधार पनि त्यसै गरी बन्यो। ”

हो, अल्वर्ट आईन्स्टाईनले भने जस्तै उनीहरुले वैदिक ज्ञान बुझेका छन्, किनकी उनीहरुमा चेतना उन्नत छ। उन्नत चेतनाले मात्रै ज्ञानको गहिराइ र चौडाइ बुझ्न सक्छ। त्यही भएकै कारण नासाका वैज्ञाानिकहरुले सूर्यको ध्वनी ऊँकारले गर्दछ भन्ने कुरालाई विश्वास गर्दछन्। यही सूत्रका आधारमा थुप्रै अनुसन्धान र अन्वेषण गरेका छन्। । अमेरिकी नासाले खगोल भूगोलको अन्वेशणका सैद्धान्तिक ज्ञान हजारौ वर्ष पहिले ऋषि मुनिहरुले पत्ता लगाएका थिए। । भर्वभराउदो देवता हो सूर्य हो ।सूर्य नै श्रृष्टिको मुल श्रोत हो। यसैका आधारमा हाम्रा तन्त्र मन्त्र र यन्त्रको ज्ञानको विकास भएको हो, जसलाई सिको गरेर पश्चिमाहरुले संसारभर विजय हासिल गरे। हामी त्यत्ति ठूलो वैदिक ज्ञानलाई मन्दिरमै सीमित गरेका छौ

संस्कृत आफैमा विशाल र विराट छ भन्ने कुरा हरेक वैज्ञानिक अनुसन्धान गर्दा यसको अध्ययन गर्ने गरिएको छ। यसभित्रको विशाल ज्ञानलाई लिएर अन्वेशण भइरहेका छन्। संस्कृत भाषाभित्र अनादिकालदेखि सञ्चित रहँदै आएका उपयोगी प्रज्ञासम्पत्तिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न भन्दै नेपाल संस्कृत विश्वविद्यालय स्थापना गरिएको हो । ज्ञानविज्ञानको अध्ययन अनुसन्धान केन्द्रका रुपमा विकसित तुल्याउने उद्देश्यले विक्रम सम्वत २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको हो ।

यस विश्वविद्यालयमा वैदिक र लौकिक संस्कृत वाङ्मयभित्रका विभिन्न शास्त्रीय एवम् आधुनिक विषयविधाका साथै प्रायोगिक विधाहरू ज्योतिष, आयुर्वेद, योग र प्राकृतिक चिकित्सासमेतको अध्ययन अध्यापन भइरहेको छ । यद्यपि विश्वविद्यालयको उदेश्य यति मात्रै होइन। वैदिक वाङमयको विकास र विस्तारका लागि भन्दै दाङमा दानवीरहरुले जग्गा दान दिएका थिए । “भूमि दानभन्दा विशेष दान अरू छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरू छैन ।” यो श्लोक हो, नेपाल संस्कृत विश्वविद्यालय स्थापनाका लागि दाताहरुले जग्गा दान गर्दा खेरीको सन्दर्भ। जहाँ उनीहरुले यही धर्म सोचेर विश्वविद्यालयलाई जग्गा दान गरेका थिए, विक्रम सम्वत २०१० सालमा। विश्वविद्यालय स्थापनाका लागि ५६ जनाले जग्गा दान यही पवित्र भावना राखेर गरेका थिए।
तर, यही पवित्र भावनाको चीरहरण गर्दै विश्वविद्यालयको १३२६ बढी विघा जमिन कब्जा गरिएको छ,करिब २३ वर्षदेखि । जुन सुनियोजितरुपमा संस्कृत विश्वविद्यालय, संस्कृत भाषा वाङमयको विनाश गर्नु हो। वैदिक चेतना र ज्ञानको भण्डार संस्कृत मासेर पश्चिमा स्वार्थ पूरा गर्न यहाँ सक्रिय छ,ठूलो समूह। त्यो दलीय आवरणमा होस्, या कुनै अमूक गैर सरकारी संस्था नै किन नहोस्। उनीहरुको एकमात्र उदेश्य हो,सनातनी सभ्यताको मुल जरो संस्कृत भाषालाई सदाको लागि नामेट पार्ने ।

नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यता, तथा उदात्तभावलाई समयको माग अनुरूप प्रवाहित गराउने उद्देश्यले विश्वविद्यालय स्थापना भएको हो । दाङको तुलसीपुर उपमहानगरपालिका १७ बेलझुन्डीमा विक्रम सम्वत २०४३ साल मंसिर २५ गतेका दिन विधिवत् रूपमा स्थापना गरिएको हो । तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना नेपालमा संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकास गर्ने केन्द्रका रूपमा विकसित गर्ने उद्देश्य अनुरूप तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले सुरुवात गरेका थिए। त्यसलाई पूर्व राजा वीरेन्द्र वीरविक्रम शाहको सक्रियतामा हालको नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको हो ।

विश्वविद्यालयलाई बर्बादीको अवस्थामा पुराउन कांग्रेस एमाले शुरुदेखि लाग्दै आए भने माओवादीले जनयुद्धको नाममा संस्कृत भाषाको विनाशका लागि अनेक हर्कत ग¥यो। उसले सशस्त्र द्वन्द्वका बेला ०५८ सालमा राजपुरस्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काईदिएको थियो। जनवादी शिक्षाको हवाला लिदै पूर्वीय दर्शन र शिक्षाको भण्डारको संरक्षण र प्रवद्र्धन गर्ने एक मात्र संस्था विश्वविद्यालयको भौतिक नोक्शानी गर्नेमा माओवादी अगाडि भएको तथ्य कसैले लुकाएर लुक्दैन । त्यही द्धन्द्धको मौकामा विश्वविद्यालयको जग्गा कब्जा गरेकाहरुले विश्वविद्यालयको जग्गा फिर्ता होइन, बरु पक्की घर बनाएर बसेका छन्, कतिपयले मौखिकरुपमा जग्गा किनबेच गर्दै आएका छन्। जुन कानूनीरुपले अपराध हो । यसरी,एकातिर दानवीरहरुले दिएको जग्गा सुरक्षित छैन, भने अर्काेतिर जे उदेश्यले संस्कृत विश्वविद्यालय स्थापना भयो, त्यो उदेश्यबाट निकै टाढा पुगिसकेको छ। यद्यपि सरकारले पछिल्लो समय विश्वविद्यालयको जग्गा खोजबीन गर्न भन्दै एउटा आयोग बनाएको छ। त्यो आयोगबाट आउने प्रतिवेदनले विश्वविद्यालयमा सुधार आउन सकोस्।
