बाल संगठनकाे स्थापना दिवस मनाउन प्रारम्भ भएको भदौ ४ अर्थात आज ६० वर्ष पूरा भयाे। विक्रम सम्वत २०२२ साल भाद्र ४ गतेदेखि निरन्तर नेपालमा बाल दिवस मनाउँदै आईरहेको थियोे । विशेषगरी अभिभावकविहिन बालबालिकाकाे शिक्षा दीक्षा दिने उदेश्यले स्थापना भएको बाल संगठन ।सन १९९१ सेप्टेम्बर १४ अर्थात विक्रम सम्वत २०४८ भाद्र २९ भाद्र गतेका दिन बाल अधिकार सम्बन्धि महासन्धिमा नेपालले हस्ताक्षर गरेको दिन पारेर बाल दिवस मनाउन थालियो।यो पनि सरकारी निर्णय हो र भाद्र ४ गतेकाे पनि सरकारी निर्णय हाे।
“आज हामी ६० औं बाल दिवस मनाउदै छौं,तर मिति चै १४ सेप्टेम्बर”।हाम्रो मौलिकता र ऐतिहासिकतासंग जोडिएको एउटा गर्विलो इतिहास बोकेको बाल संगठनले बालबालिकाका क्षेत्रमा काम शुरु गरेको ३-४ वर्षपछि सरकारको निर्णयबाट बाल संगठनले बाल दिवस मनाउन शुरु गरेको थियो।तर, राष्ट्रिय पर्वलाई व्यवस्थालाई दाेष र व्यक्तिगत ठानेर इतिहास मेटाईनु कदापि राम्रो होईन भन्छिन्, नेपाल बाल संगठन अध्यक्ष विद्या उपाध्याय ।उनी भन्छिन् ,”तत्कालिन वडा महारानी रत्नराज्यको जन्मदिनलाई विर्सन मिल्छ होला,तर नेपाल बाल संगठनका संस्थापक अध्यक्षलाई बाल संगठनले विर्सन मिल्दैन।इतिहास मास्ने होईन,जोगाउने र परिस्कृत गर्ने हो।”
पक्कै पनि हिजोको इतिहास आज जोगाउने हो र आजको इतिहास भोलिका लागि जोगाउन जिम्मा दिने हो। तर,आ ज बाल संगठनकाे धुजाधुजा पारिएको छ,यसकाे अचल सम्पत्ति विशाल समूह नामकाे माफियाहरूले रजाइँ गरेका छन्।नक्शालमा रहेको कित्ता नम्बर १६७ काे यश सरकारी जग्गा लिजकाे आवरणमा लुटिएको छ।यश अघि गणेशमान पुत्री रिता सिँहकाे पालामा यस्तो लुट मच्चाईएकाे हाे। हालका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री भएका प्रकाशमान सिँहकी बहिनी हुन्,रिता सिँह। लाैह पुरूष गणेशमान सिँहकाे राजनीतिक विरासतकाे व्याजमा उनी बाल संगठनमा छिरिन्।तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद काेईरालाकाे पालामा २०४८ तिर उनी छिरेकी हुन्।तीस वर्ष संगठनकाे अध्यक्ष भएकी उनलाई २०७७ साउनमा तत्कालीन अाेली सरकारले बर्खास्त गरेको थियोे ।सरकार जाँचबुझ समितिले बालसंगठनकाे ५२ राेपनी जग्गा हिनामिना भएको ठहर गरेको थियोे ।यति मात्रै हाेईन, उक्त जग्गा विक्रम सम्वत २१३२ सम्म उपभाेग गर्ने गरि पटकपटक लीज सम्झाैतगा गरिएको थियोे ।यश जग्गाको नामबाट विशाल समूह लियन अर्थात धितो रूपमा बैंकमा राखेको पनि पाईएकाे छ।भने राय स्कुललाई सब लीजमा लिएर विशाल समूहले माेटाे रकम असुली गरेको छ।वर्षाैदेखि विशाल समूहले बृहस्पति सदनका नाममा गाेरख धन्दा यहाँ चलाएपनि राज्य निरीह जस्तै छ।माफियाहरूले ब्रम्हलुट चलाएकाछन्।यश विषयमा धेरै सरकारहरू थाहा छ, थियोे ।याे विषय अख्तियार र संसदमा पुगेको हाे।तर,काले काले मिलेर खाउँ भालेकाे अवस्था छ।प्रचण्ड सरकारकाे पालामा पनि निकै उठ्याे ,विषय ।तर,सत्ता ढल्ने डरले प्रचण्डले हिम्मत गरेनन्।गृहमन्त्री रवि लामिछाने थिए,उनी पनि बाँसबारी जग्गागा विनाेद चाैधरीलाई बयान लिएर हच्किए। यतिबेला केपी अाेली प्रधानमन्त्री छन् ।उनलाई पनि सत्ताकै डर छ।यद्यपि कांग्रेस महामन्त्री गगन थापाले बाल मन्दिरकाे जग्गा विषयमा प्रश्न गरिरहेका छन् ।तर,कांग्रेस सभापति शेरबहादुर देउवाका एसम्यान प्रकाशमान यसलाई अघि बढाउन नदिने दाैडमा छन् ।अधिकांश मन्त्री विवादास्पद छन् ।दीपक खड्का स्काउट जग्गामा विवादास्पद छन् भने,परराष्ट्र मन्त्री आरजु देउवा नक्कली भुटानी शरणार्थी मुद्दामा ।यश कारण २०७७ सालमा एक्सन लिएका अाेली यश पटक सत्ताकै कारण माैन भएको टिप्पणी भईरहेकाे छ।
४ भाद्र २०८१, मंगलबार