३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

काठमाडौ उपत्यकामा पहिलो हिउँदे वर्षा !


९ पुस २०८१, मंगलबार  



मंगलबार बेलुकीदेखि काठमाडौ उपत्यकामा पानी पर्न थालेको छ। सिमसिम पानी परेसंगै चिसो थप बढेको छ। उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको हो ।


पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविदहरुले बताएका छन् । यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ ।

सुदूर प्रदेश र कर्णालीमा जिल्लामा हिमपात भएको छ। लामो समयदेखि वर्षात नहुँदा तुवाँलोले उपत्यका छोपिएको छ। वर्षात भएमा उपत्यकाको तुवाँलो हट्ने अपेक्षा गरिएको छ।

जलवायु विज्ञ धरम उप्रेतीले पश्चिमी वायुको न्यूनचापीय प्रभाव परेकोले वर्षातसगै हिमपात हुन लागेको हो । उनका अनुसार सोमबारदेखि बुधबारसम्म पश्चिमी वायुको प्रभाव पर्नेछ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ७ : ३८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित