२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

अन्तरिम प्रधानमन्त्री सुशीला कार्की पक्का, मध्यरातमा राजावादीहरूकाे फेक सञ्जाल त्रास !


२७ भाद्र २०८२, शुक्रबार  



शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल संविधानका विज्ञहरूसंग परामर्श गर्दै थिए, संविधानमै टेकेर नयाँ पुस्तालाई राजनीतिक मुलधारमा ल्याउन सकिने विधि र उपायको परामर्श हुदै थियोे ।

दिउँसो राष्ट्रपतिले संविधानतः समस्याको निकासको लागि आ फूले पहल गरिरहेको विज्ञप्ति जारी गरे। असाध्यै तरल अवस्थामा उनीमाथिको दबाब ज्यादै थियोे । तर, अभिभावक भूमिकासंगै बलिदानबाट स्थापित गणतन्त्रको रक्षार्थको लागि लड्ने उनी एक्लै थिए,संवैधानिक रूपले।

दलका शीर्ष नेता सुरक्षा घेरामा थिए । जेनजीको आ वरणमा राजावादीले चैत १५ विध्वंसको तुस लिदै थिए ।ढिला भएपनि सेनाले सडकको सुरक्षामा पूर्ण नियन्त्रण जमाएको थियोे । लुटपाट र डकैती अनि तोडफोड रोकिएको थियोे ।

संवेदनशील र संकटको घडीमा प्रसाईं प्रवित्तिहरू चलखेल गर्दै थिए ।सेनाले साथ दिन्छ र अभिष्ट पूरा हुन्छ । विध्वंसको फेरि दोष बेहोर्न पर्दैन ।ज्ञानेन्द्र शाह सत्तामा आ ए सबै उन्मुक्ति पाईन्छ । गुमेको लुटेको स्वर्ग फर्किन्छ,भन्दै मुख मिठाइरहेका थिए।

तर,९० प्रतिशत गणतन्त्रवादी रहेको देशमा सेनाले राजावादीको दबाब स्विकार्न सक्ने स्थिति थिईन। किनकि यो शाही सेना होईन ,नेपाली सेना थियो । राजावादीहरू आक्रमक बनिरहेको र मुख्य दलहरू रक्षात्मक बनेको बेलामा चैत १५ मा विध्वंस मच्चाएका अनुहार सञ्जालमा निकै देखिन थालेका थिए ।

ती चैत १५ को अधुरो योजना पूरा गर्न चाहान्थे। उनीहरूसंग विवेकशील संगठन भन्दा पनि सडक र सञ्जालमा उत्तेजना फैलाउने भाडाका युट्युबर र फेक फेसबुक युजरहरू धेरै थिए। त्यसैलाई ज्ञानेन्द्र शाहको सेवाचाकडी गरेर अवसर पाइला भनेर लागि रहेको समूह थियोे । त्यो समूहले यतिसम्म भ्रामक र मिथ्या सूचना फैलायो कि पूर्णिमा शाहको नामक फेक आइडीबाट भ्रमको डढेलो फैलाइएको थियो ।नारायणीहिटीमा ज्ञानेन्द्र शाह फर्किदै छन् ।।सेनाले काठमाडौ ठूलो संख्यामा शक्ति तैनाथ गरियो । नारायणहिटी संग्रहालयको बोर्ड हटाइयो दलका नेताहरूको फोन अफ गरियो ।सबैलाई नजरबन्द गरियो। राष्ट्रपतिलाई अपदस्त गरेर ज्ञानेन्द्र शाहले सुशीला कार्कीलाई सपथ गराउन थाले ।

यी यस्ता भ्रम फैलाइ रहे। तर वास्तविकता त्यस्तो के रही थिएन ।सेनाले सुरक्षा संवेदनशीलताका कारण सडक गस्ती गरिरहेको थियोे । सडक शान्त थियोे । शहर उज्यालो थियो ।तर खण्डहर संरचना भित्र निकासको उज्यालो घाम लागिरहेको थियोे ।तैपनि माओवादी लगायतका केही दलका कार्यकर्ता राजावादीको फेक सूचनाको पछि कुदिरहेका थिए।केही अनलाइन संस्करण पनि राजावादीहरूको फेक सूचना संप्रेषण गरिरहेका थिए ।बाहिर सडक र सञ्जालमा भ्रमको खिचडी पाकेपनि शितलनिवासमा जेनजी पुस्ताले उठाएको मागलाई सम्बोधन गरि केही संवैधानिक जटिलता चिर्दै मुलुक अघि बढ्दै थियोे ।

अन्तः पूर्व प्रधान्यायाधीश सुशीला कार्कीलाई संकटमा समस्यालाई अवसरमा बदल्ने जिम्मेवारी दिइएको छ। पहिलो महिला प्रधान्याधीशबाट अन्तरिम प्रधानमन्त्री बन्ने पक्का पक्की भएको छ। अन्यौयलता र अस्थिरताको बीचमा उज्यालो अंकुराएको छ। संविधानविद डा भीमार्जुन आचार्य लगायतका संविधानविदहरूले गर्दै आएको तर्क अनुसार मुलुक अघि बढेको छ।सम्भवतः संसद विघटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्नेछन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ६ : ४३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित