३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

लुम्बिनी प्रदेशका वन मन्त्री बादसाह कुर्मीले दिए, राजीनामा


२५ भाद्र २०८१, मंगलबार  


निर्मला कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्।

बेपत्ता पारेकाे आराेप खेप्दै आएका उनीमाथि चाैतर्फी दबाब बढेपछि पदबाट राजीनामा दिएका हुन्। कुर्मी यही २०८१ साल साउन ९ गते मन्त्री पदमा नियुक्त भएका थिए। 

जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन्।चौतर्फी विरोध भएपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूको दाबी छ । 

बादशाह नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन्।  २०७५ सालदेखि बेपत्ता निर्मलादेवीको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

गृह मन्त्रालयको प्रतिवेदनमा एकल महिला निर्मलादेवीको जग्गा हत्याउन उनलाई अपरण गरी बेपत्ता बनाइएको उल्लेख छ।घटनामा संलग्नहरूको सूचीमा बादशाहको नाम पनि छ। 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ४४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित