२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

‘डार्क फाइल’का योजनाकार तिमिल्सिना समातिए


६ श्रावण २०८२, सोमबार  



डार्क फाइल’ प्रकरणमा सिधाकुरा अनलाइनलाई ‘फेक अडियो’उपलब्ध गराएको अभियोगमा ६ महिना सजाय तोकिएका राजकुमार तिमिल्सिना हिजो बेलुका इटहरी चौकीभित्रै पक्राउ परेका छन् ।

‘सिधाकुरा अनलाइन’मार्फत् प्रसारित ‘डार्क फाइल’ रिपोर्टमा प्रयोग गरिएको फेक अडियो उपलब्ध गराएको प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भएर ६ महिना सजाय तोकिएका तिमल्सिनालाई इलाका प्रहरी कार्यालय परिसरबाटै समातिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार तिमिल्सिना श्रीमतीको मुद्दासम्बन्धी छलफलका गर्न भनेर कार्यालयमा छिरेका थिए । प्रहरी कार्यालयमा छिर्दा अर्कै नाम र ठेगाना बताएका उनले नाम ढाँटेपछि प्रहरीले शंका लागेर सोधपुछ गरेको थियोे । उनले नाम ढाँटेपछि प्रहरीले आवश्यक कागजपत्र मागेर हेरेको थियो । उनले नाम ढाँटेको कुरा उनको प्यान कार्ड हेरेपछि खुलेको हो ।

श्रीमतीको मुद्दासम्बन्धी छलफल गर्न भनेर कार्यालयमा अर्कै नाम र ठेगाना बताएका उनलाई प्रहरीले शंका लागेर सोधपुछ गरेको थियोे ।

ुसुरूमा उनी अर्कै नाम गरेर कार्यालय छिरेका थिए। शंकास्पद व्यवहार गरेपछि सोधपुछ गर्दा वास्तविकता खुल्योु, डीएसपी भण्डारीले भने, ुउनले आफ्नो वास्तविक नाम र ठेगाना लुकाएर अर्कै परिचय दिएको पाइयो । सोधपुछका क्रममा वास्तविक नाम खुलेपछि उनी ‘डार्क फाइल’ प्रकरणका फरार प्रतिवादी रहेको पुष्टि भएकाले हिरासतमा लिएका छौँ ।ु

पत्रकार,सञ्चार उद्यमी,कानुन व्यवसायी र न्यायाधीशको छवि बिगार्ने गरी बनाइएको फेक अडियो प्रकरणमा तिमिल्सिना सर्वोच्च अदालतबा दोषी ठहर भएका थिए । गएको साल २०८१ असोज १३ गते ६ महिनाको कैद तोकिए पनि उनी फरार थिए ।

‘सिधाकुरा डटकम’को ‘डार्क फाइल’ अडियो फेक भएको ठहरसहित सर्वोच्चको ९ सदस्यीय इजलासले त्यसमा संलग्नलाई दोषी ठहर गरेको थियो । फैसलामा सर्वोच्चले त्यसलाई अदालतको अवहेलना भएको ठहर पनि गरेको थियोे । यस प्रकरणमा तिमल्सिनासहित पत्रकारलाई पनि कैद सजाय तो्किएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, सोमबार  २ : ४८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित