२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

सन २०२४ मा करिब साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरे


१६ पुस २०८१, मंगलबार  


नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन २०२४ मा करिब साढे ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार ११ लाख ४७ हजार २४ जना पर्यटक नेपाल भित्रिएका हुन्।

बोर्डका निर्देशक मणिराज लामिछाने दिएको जानकारी अनुसार दैनिक सरदर तीन हजार जना पर्यटक भ्रमणमा आएका देखिन्छ । उनका अनुसार अघिल्लो वर्ष सन् २०२३ को तुलनामा यश १४ प्रतिशतभन्दा धेरैले पर्यटक आगमन बढेको हो।

सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (यूएनडब्लुटीओं) को पछिल्लो ६ महिनाको तथ्याङ्कानुसार कोरोन पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १२ : ५३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित