२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

थिति बसाल्ने, मल्ल राजा जयस्थिति


१८ श्रावण २०८१, शुक्रबार  


समय मल्लकालीन युगको हो। सन्दर्भ हो, १५ शताब्दीको मध्यतिरको । अर्थात विक्रम सम्वत १४३६ इस्वीसम्वत १३८० ताका । जतिबेला मल्लहरुको शासन थियो। लिच्छिवीहरुमाथि विजय प्राप्त गरेपछि मल्लकालीन युग शुरु भएको थियो । बाइसे चौबिसे राज्यमा विभक्त नेपालका धेरै राजाहरु मध्ये एक थिए। जयस्थिति मल्ल। जो भक्तपुरका राजा थिए। मल्लकालीन राजाहरुको स्मरणमा पहिलो नम्बरमा पर्ने मल्ल राजा हुन् उनी। यसको कारण उनले समाज व्यवस्थामा गरेको प्रयास नै हो ।
त्यत्तिबेलाको समाजलाई व्यवस्थित गर्ने उनले एउटा सुधारको प्रयत्न गरेका थिए, जो नेपालको इतिहासमा सधै चर्चामा रहन्छ र रहिरहन्छ। जतिबेला अहिलेको जति देशहरु थिएनन्। हाम्रै छिमेकी भारत, थिएन, पाकिस्तान बंगलादेश आदि धेरै देशहरु थिएनन्। त्यबिेला न अमेरिकी स्वतन्त्रताको समय थियो । न त बेलायको म्याग्नाकार्टको नै । जतिबेला युरोपमा धर्म परिवर्तन गराउन लाखौ महिलाहरुमाथि बर्बर दमन गरिएको थियो । ग्यालिलियोलाई पृग्वी गोलो छ, भन्ने तथ्य बोल्दा झ्यालखाना जाने समय थियो । युरोप अमेरिकामा महिलालाई मताधिकारै थिएन। डार्विनको सिद्धान्त विद्यालयमा अध्ययन गर्न बन्देज लगाइएको समय भन्दा अघिको तिथि र मिति हो । जयस्थिति मल्लले समाज व्यवस्थित गर्न एउटा कानुनी राज्यको थालनी गरेको ।


त्यत्तिबेलाको समयमा समाजलाई व्यवस्थित गर्न भन्दै उनै मल्ल राजा जयस्थिति मल्लले एउटा थिति बसालेका थिए । जुन कुरा पृथ्वीनारायण शाहको दिव्य उपदेशमा कुरा इतिहासविद् दिनेशराज पन्तले आफ्नो दिव्य उपदेश नामक पुस्तकमा समावेश गरेका छन्। आफ्नो राज्यभित्र थिति बसाल्ने राजाहरुमा लिच्छिवीकालका राजा मानवदेव पनि हुन्। शाहवंशीय राजा राम शाह, मल्ल राजा महेन्द्रको पनि पनि आउँछ। तर, यहाँ चर्चा गर्न लागिएका मल्ल राजाको हो मुल विषय । उनै जयस्थिति मल्लको चर्चा गर्नुको मनासिव कारण उनी अरु राजाहरु जस्तो वंशजको आधारमा उत्तराधिकारी पनि भएका होइनन्। उनी त्यस्ता राजा हुन्, जसलाई ज्वाइँ बनाएर राजगद्दी सुम्पिएको थियो ।
इतिहासविद् प्राध्यापक डाक्टर रमेश ढुंगेल भन्छन्, “जयस्थिति मल्ल बाहिरबाट भित्र्याइएका ज्वाँइ राजाका नाताले गद्दिका हकदार भएका थिए, उनी आफ्ना सुझबुझले राजनीतिक र सामाजिक परिवर्तन ल्याउन सक्षम थिए। उनी जन्मिएको ठाँउ सिम्रौनगढ़ हो . त्यसबेला ÷ाजा;+गै अरु शरणार्थी पनि भक्तपुर आएका थिए। राजा र शरणार्थीलाई यहाँको रीतिथिति अमिल्दो र अनौठो लागेपछि उनले थिति विधान तयार पारे। स्थानीय सामाजिक चालचलन रितिथिति सुधार्न र दण्ड विधानको एकरुपता कायम गर्न न्याय विकासिनी ग्रन्थ तयार पारे। यी थिति समयानुकूल र दुनियाँबाट अपेक्षित थिए।”
हो, न्यायविकासिनी तयार हुँदा शासनको अििधकार थितिराज मल्लमा भएपनि गद्धीमा भने अर्जुनदेव थिए। आफूले न्याय क्षेत्रमा सुधार गर्न लागेकाले त्यसकोलागि जयत मार्फत मणिकलाई प्रेरणा दिएर थितिराज मल्लले न्यायविकासिनी तयार गर्न लगाएको पाइन्छ.।

जयस्थिति मल्लको शासन कालमा कीर्तिनाथ उपाध्यायको अध्यक्षतामा रघुनाथ झा, श्रीनाथ भट्ट र रामनाथ झाको कानून आयोग नै बनाइएको थियो। यीनैको सुझावमा राजा जयस्थिति मल्लले न्यायविकासिनी राजाद्वारा जनताका लागि राजकीय शक्ति अन्तरनिहित न्याय व्यवस्था संचालन गर्ने लिखित दस्तावेज हो। सम्भवतः यो समाज व्यवस्थाका लागि बनाइएको कानुन विश्वमै पहिलो हुन सक्छ। तत्कालीन राजा सुरेन्द्रविक्रम शाह भन्दा पहिले जयस्थिति मल्ल भएको ऐतिहासिक तथ्य र प्रमाणहरु रहेको इतिहास विद् बताउँछन्।
त्यत्तिबेलाको समाजको आवश्यकता र औचित्यताको आधारमा राजा जयस्थिति मल्लले खास गरी चार वटा कानून बनाएको पाइन्छ। तिनीहरु यी हुन्ः गृह निर्णय, क्षेत्र निर्णय, जात निर्णय, र मानवन्यायशास्त्र । गृह निर्णयको थिति नगर योजनाको कानूनी व्यवस्था थियो। यो थितिअनुसार चार वर्णका मानिसलाई कामको आधारमा विभाजन गरेका थिए। त्यस्तै क्षेत्र निर्माणको थितिमा खेतको गुण र महत्वका आधारमा अब्बल, दोयम, सिम, चाहारको वर्गीकरण गरी जग्गा नापजाँचको व्यवस्था गरियो। यस्तै समाज वर्णशंकर बन्दै गएको भन्दै जातजातिको थितिको नियम बनाएका थिए।

राजा जयस्थिति मल्लको त्यो न्यायविकासिनी कानून मानव निर्मित हो । आजको जस्तो समाज थिएन। न आजको जस्तो समाजशास्त्र, मानवशास्त्र अपराधशास्त्र जस्ता फरक फरक विधाहरु थिएनन्। त म्याक्स वेबर, माक्र्स, माल्थस जस्ताका सिद्धान्त पनि थिएनन्। यति मात्रै होइन, आजको जस्तो उत्तर आधुनिकतावाद, सेवर्लटन, उदारवाद पनि थिएन। तर, पनि उनै मल्ल राजा जयस्थितिले न्यायविकासिनीमा ऋण वा लेनदेन सम्बन्धी व्यवस्था गरेका थिए। उनले परिवारको लागि लिएको ऋण घरमूलीले तिर्नुपर्ने, सगोलमा हुदा लिएको ऋण ऋणी मरेपछि परिबारका अरु सदस्यले तिर्नुपर्ने, पति र छोराले लिएको ऋण आफू साक्षी बसेकोमा बाहेक पत्नीले तिर्नु नपर्ने, जसले अपुताली खान्छ उसले ऋण तिर्नुपर्ने जस्ता व्यवस्था गरेका थिए। यस्तै सम्पतिमा प्रमाण र साक्षी भएपनि भोग नभए स्थीर नहुने, भोगले स्वामित्व सिर्जना गर्ने तर बन्धकी, धरौटी, धितो, अपहरित धन, स्त्रीधन आदिमा भोगले स्वामित्व सिर्जना नगर्ने, स्त्रीधन र राजकीय धन १०० वर्ष भोग गरेपनि अरुको स्वामित्व सिर्जना नहुने र ऋणमा चार प्रकारका व्याज सम्भव हुने व्यवस्था गरिएको थियो ।

उनको कानुनमा लिखतको महत्व, मान्य र अमान्य लिखत, लिखतमा हुने दोष, साक्षी, साक्षीका प्रकार, साक्षीका योग्यता र अयोग्यता, विना साक्षीका विवाद, साक्षीको स्मरण शक्ति र विश्वासनियता, साक्षी आवश्यक नहुने र अनिवार्य हुने मुद्दा, बकपत्र बाझिए गर्ने कुरा, साक्षी बकाउने विधि, कुटसाक्षी, शपथ जस्ता प्रमाण सम्बन्धी विषयहरुको बन्दोबस्ती गरिएको थियो । न्यायविकासिनीमा नासोको परिभाषा, नासोका प्रकार, नासो संबन्धी कसूर र दण्ड, व्यापार र साझेदारी, साझेदारीको प्रकृति, विदेशी व्यापारीको सुरक्षा, दानको प्रकृति र प्रकार र दण्डनीय दानको विषयमा पनि उत्तिकै चर्चा छ। जहाँ घरेलु वेतन सम्बन्धी व्यवस्था अन्तर्गत श्रम सम्झौता, श्रमका प्रकार, सीप, ज्याला, दासका प्रकार भरियाको कर्तव्य जस्ता कुराहरु पनि उल्लेख गरिएका छन्।

स्वामित्व नभएको व्यक्तिले सम्पति बेचिदिएमा के हुने भन्ने बारे जयस्थिति कानूनमा छ। जसमा चोरीको सामान सट्याक सुटुक किने वात लाग्ने तर साक्षी राखी किनेको भए वात नलाग्ने, गाडधन राज्यकोषमा दाखेल गर्नुपर्ने, किनबेच गरिने मल वस्तुका प्रकृति र प्रकार, किनबेचमा झुठा र ठगी गर्न नहुने,े, गलत कारोवार र हर्जाना सम्बन्धि व्यवस्था, किनेको मालवस्तु फिर्ता गर्न मिल्ने नमिल्ने, वस्तुको मूल्य निर्धारण र जाँचपास एक सामूहिक व्यापार, संगठित अपराध आदि विषयको बन्दोबस्ती गरिएको छ।
यसै गरी कृषि क्षेत्रका अनिर्णित सीमा निर्धारण ,खेतवारीका सीमा छुट्याउने तरीका, सीमा छुट्याउन साक्षी भलादमी, भोग, प्रमाण र भौगोलिक अवस्थितिलाई सीमा आधार मान्ने, साँधसिमाना छुट्याउदा झुटो बोले सजाय हुने, साँधसिमाना छुट्याउने काम एक्लैले गर्न नहुने धेरै व्यक्तिले गर्नुपर्ने, प्रमाण नभए दुबैथरी राखी विवेकमा सीमा निर्धारण गर्ने, सार्वजनिक जग्गा छुट्याउदा पनि यही नियम लागु हुने, पुलपुलेसा,बाँध र कुलोको व्यवस्था, जमिन आवाद,बाली नष्ट गरेमा दण्ड सजाय, बाली रक्षाका लागि बार लगाउनु पर्ने र बार नलगाएमा हुने परिणाम, बार फोरेर पशुले खाए पशुधनी जिम्मेवार हुनुपर्ने र बार नलाएको भए खेतिधनी जिम्मेवार हुने आदि कुरा रहेका रहेका छन्।

यस्तै गरी समाजलाई व्यवस्थित गर्न उनले विवाहविधि वा स्त्रीपुरुषयोग अन्तर्गत आफ्नो वर्णमा विवाह उपयुक्त हुने,सन्तान नभए उपचार गराउने, ढाँटी बिहे गरे अर्को बिहे गर्न सक्ने जालसाँजी विवाह दण्डनीय हुने, विवाहमा परिवारको भूमिका हुने, अभिभावक नभएकी कन्याको विवाह राजाले गराइदिनुपर्ने, विवाहपछि पति परदेश गै समयमा नआए अर्को विहे गर्न सकिने, विवाहमा चलनको महत्व हुने, विवाह गर्न स्वीकारेपछि विवाह नगरे दण्ड हुने, यौन अपराध, सन्तान, सन्तानहिनता र नियोग जस्ता व्यवस्था छन्। यसैगरी पैत्रिक सम्पतिमा अंश लाग्ने, बाबुको सम्पतिमा छोरा र आमाको सम्पतिमा छोरीको अंशहक दाबी हुने, सन्तानले अंश पाउन सक्ने अवस्था, वण्डा गर्नु नपर्ने धन (निजी आर्जन, पेवा र विद्ध्या आदि), स्त्री धनका प्रकार, जेठो सन्तानले थप सम्पति पाउने, छोरा र अविवाहित छोरीले वरावर सम्पति पाउने व्यवस्था छ।

अपराध नियन्त्रण गर्न उनको कानूनमा चोरी, चोरीका प्रकार र सजाय, चोरीको सामान सहित पक्रिए, औकात भन्दा बढी खर्च गरेको देखिए, अपराधी प्रमाणित व्यक्तिसंग मिली काम गरेको देखिए, अपराधीलाई गासबास दिएको पाइए, अपराधीलाई पक्रन सक्नेमा नपक्री उम्कन दिए चोरी कार्यमा संलग्नता रहेको अनुमान गरिने व्यवस्था छन्। पटके अपराधीलाई थप सजाय हुने, चोरीको अपराध भएकोमा अपराधी पक्राउ गरी चोरीको सामान धनीलाई फिर्ता गर्न नसके पीडितलाई राज्यकोषबाट हर्जाना दिनुपर्ने व्यवस्था छ। त्यसैगरी गालीबेइजती, गालीबेइजतीको प्रकृति र अपराधको मात्रा अनुसार विभिन्न श्रेणीमा विभाजन गरिएको छ। कुटपीट गर्न र शरीरमा नोक्सान पुर्याउन नहुने र पुर्याए दण्ड गर्ने, जुवा खेल्नु खेलाउनुलाई अपराध भनिएको छ।

यसमा राजकर्म अन्तर्गत सर्वस्वहरण गर्दा पेशा चलाउन आवश्यक वस्तु हरण गर्न नहुने, कर्तव्यबाट चुकेका सबै वर्णका मानिसलाई दण्ड हुने, दण्ड व्यवस्था नभए बलियाले निर्धालाई समाप्त पार्न सक्ने, राजाका राज्य र राष्ट्रप्रति अधिकार र कर्तव्य दुवै हुने, आयको छ भागको एक भाग कर लिन पाउने, खराब व्यक्तिबाट दान लिन नहुने जस्ता प्रावधान जयस्थिति मल्लको कानूनमा छ। उनको न्यायविकासिनीमा ठगी र लुटसम्बन्धी व्यवस्था, जासुस प्रयोग गरी अभियुक्त पक्रनुपर्ने, अपराध माथि निगरानी, अपराध अनुसन्धान, दसी, अपराध गर्ने व्यक्तिका लक्षण, हर्जाना र दण्ड, अपराधअनुसारको दण्ड जस्ता व्यवस्था उल्लेखछन्।यसमा दण्ड प्रणाली र दण्डनीतिको उल्लेख सहित दण्डलाई शारीरिक र आर्थिक गरी दुई मुख्य भागमा बाँडिएकोछ। झुटो बोले (पर्जुरी) सजाय हुने, शपथ र दिव्यपरीक्षा सम्बन्धी व्यवस्था गरिएको छ।

यी माथि चर्चा गरिएका थितिका कुरा आजको सोच अनुसार नहोलान्। तर त्यसबेलाको समयमा मौखिक आदेशको साटो लिखित कानूनबाट राज्य सन्चालन गर्न बनाइएको देखिन्छ। यसरी एउटा विधिको परिधिमा रहेर राजकाज चलाउनुलाई सकारात्मक मान्न सकिन्छ। जात व्यवस्थाको श्रीगणेश गरेको आरोप लगाएर मात्रै पर्यप्त हुदैन । तत्कालीन परिवेश र समाजको मनोविज्ञान अनुसार समाजलाई जवाफदेही र उत्तरदायी बनाउन मात्रै होइन कानूनको कसीमा राखेर व्यवस्थित बनाउन गरिएको देखिन्छ। त्यत्तिबेला निर्माण भएको न्यायविकासिनी कानून पूर्णरुपमा सान्दर्भिक नहोला । तर, इतिहासमा समाज व्यवस्था गर्नका लागि थालिएको यो अभ्यास आजको दुखियाँमा पनि एउटा सिकाइको पाटो हो ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ९ : ५५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित