२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

अम्बिकेश्वरी मन्दिरमा नारायण अधिकारी !


२६ श्रावण २०८१, शनिबार  


शक्तिपीठ अम्बिकेशवरी मन्दिर व्यवस्थापन समितिकाे अध्यक्ष पदमा प्राध्यापक नारायण अधिकारी विजयी भएका छन् । घाेराही उपमहानगरपालिका १८ मा रहेको धार्मिक पर्यटकीय गन्तव्य अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिका लागि भएको निर्वाचनमा प्राध्यापक अधिकारी ४ मतकाे अन्तरले विजयी भएका हुन्।उनलेे १ सय २१ मत प्राप्त गरे, भने उनका निकटतम् प्रतिस्पर्धी महेन्द्र खनालले १ सय १७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी मन्दिर व्यवस्थापन समितिकाे बरिस्ठ उपाध्यक्षमा श्रीधर भण्डारी महिला उपाध्यक्षमा निरजा पोखरेल, सचिवमा दामोदर भुसाल र कोषाध्यक्षमा माधब चौधरी निर्विरोध निर्बाचित भएका छन ।शनिबार सम्पन्न भएको निर्वाचनपछि नव निर्वाचित अध्यक्ष नारायण अधिकारीले अम्बिकेश्ववरीकाे धार्मिक विकास प्रवर्द्धनको लागि सबैकाे साथ र सहयोगकाे खाँचो रहेको बताएका छन् ।

महेन्द्र बहुमुखी क्याम्पस घाेराहीमा लामाे समय प्रध्यापन गरेका अधिकारी एक शालीन,विनयशील ,नम्र र बाैद्धिक व्यक्तित्वकाे परिचय बनाएका मानिस हुन्।

स्मरण रहाेस् ,दाङको प्रसिद्ध अम्बिकेश्वरी मन्दिर देशका सय गन्तव्य सूचिमा परेको धार्मिक पर्यटकीय गन्तव्य हाे,तिर्थाटनका लागि याे मन्दिर प्रख्यात छ। यहाँ आज भाेेलि सन्ध्याकालीन समेत चल्ने गर्दछ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ९ : ५६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित