१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

आचार्य कृष्ण दमाईलाई आर्थिक सहयोग आउन थाल्यो


४ भाद्र २०८१, मंगलबार  


आचार्य कृष्ण दमाईलाई आर्थिक सहयोग आउन थालेकाे छ।पशुपति काेटीहाेम ज्ञान महायज्ञमा प्रवचन दिएका आचार्य कृष्ण दमाईलाई आर्थिक सहयोग अभियान शुरू भएको हाे। नेपाल संस्कृत विश्वविद्यालबाट संस्कृत साहित्यमा स्नातकोत्तर गरेका कृष्णलाई सहयोग मनकारीहरूबाट सहयोग आउन थालेको हाे। पहिलो पटक महायज्ञकाे व्यासासनमा कृष्णलाई पण्डित बालगाेपालेश्वर विजय कृष्ण मूर्तिले बसाएका थिए। पहिलो पटक कथित अछुत भनिएका व्यक्तिले यसरी व्यासासनबाट प्रवचन दिएपछि आयाेजककाे प्रशंसा भएको थियोे ।

उनै कृष्ण दमाईकाे आर्थिक अवस्था कमजोर भएको भन्दै पण्डित विजय मूर्तिले १ लाख सहयोग गर्ने घाेषणा गरेका छन्, भने स्वदेश तथा विदेशबाट उनलाई सघाउने धमाधम उनको बैंक खातामा पैसा पठाएका छन् ।
बैतडी घर भएका आ चार्य कृष्ण दमाईले भर्खरै सम्पन्न काेटीहाेम प्रवचन दिएर संसार भर चर्चा कमाएका थिए। आ र्थिक अवस्था कमजोर भएका उनलाई सघाउन स्वदेश तथा विदेशबाट सहयोग आउन थालेको हाे। आ चार्य कृष्णलाई तपाई पनि सहयोग गर्न चाहनुहुन्छ हुन्छ, भने ९८४७५०९६४८ मा सम्पर्क गर्नु हाेला।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १२ : ५७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित