भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक विवादमा तानिएका छन् । उनीमाथि बाहिर र पार्टी भित्र चर्को दबाब परिरहेको छ।
तर, उनी नैतिकताको आधारमा पदबाट राजिनामा दिने मुडमा देखिन्नन्।बरू आफूलाई बचाउ गर्दै दुई चार दिन भित्र धारणा सार्वजनिक गर्ने बताएका छन् । शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।
एक जना कार्यकताले तपाईँ चक्रब्यूमा त फसेको होइन भनेर साधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ। दुईरतीन दिन किन चुप लागेर बसेका थिए। यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजीराखे थिए। यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छु। आजै काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुईरचार दिनमा आफैँ पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’
यस विषयमा पार्टीका साथीहरूलाई चिन्ता गर्नुपर्ने केही कारण नभएको उनले बताए। यद्यपि कांग्रेस नेता शेखर कोइरालाले प्रश्न उठेपछि पदबाट राजिनामा दिन सुझाएका छन् । उनले भिजिट भिसा प्रकरणको सत्य तथ्य थाहा पाउनका लागि गृहमन्त्रीले राजिनामा दिन सुझाएका हुन्।
तर,गृहमन्त्री लेखक भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दैनँ।’ आफूमाथि उठेका सबै विषयका प्रश्नलाई ठीक ठीक ढंगले आफ्नो कुरा राख्ने उनले बताए।








