११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

आश्वासनमा माहिर प्रचण्ड,८ महिना अघि भेरीमा पुल बनाउने आश्वासन अधुरै !


७ पुस २०८२, सोमबार  


करिब ८ महिना अघिको समय हो,अर्थात् २०८२ जेठको मध्यतिर हो, नेकपा संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल रूकुम पुगेका थिए।

तत्कालीन नेकपा मा ओ वादी केन्द्र अध्यक्ष रहेका उनले रूकुम पश्चिमका जनतालाई भेरी नदीमा पुल बनाइदिने बाचा गरेका थिए।

त्यत्तिबेला पूर्व प्रधानमन्त्री प्रचण्डले काठमाडौ फर्किएर संसद र सरकारमा दबाब दिएर भेरी नदीमा पुल बनाउने आश्वासन दिएका हुन् । उनले त्यतिबेला रूकुममा भएको जनसभामा भेरी नदीमा पुल बनाइदिने गरेका थिए बाचा ।

प्रचण्डको बाचापछि जनताले पुल बन्नेमा विश्वास गरे। शक्तिशाली नेता तथा पूर्व प्रधानमन्त्रीले बोलेका बाचा पूरा होलान् भन्दै जनताले ताली बजाए । रूकुम पश्चिममा त्यतिबेला पुग्दा उनले भेरीमा पुल बनाउने बाचा दिए, जनताबाट ताली पनि पाए ।प्रचण्ड आफ्नो त्यही बाचा लिएर राजधानी हानिए। मध्यपहाडी जनजागरण अभियान भन्दै उनी त्यहाँ पुगेका थिए ।

त्यस यता मुलुकमा जेनजी विद्रोह भयो। ओली सरकार सत्ताच्यूत भयो । संसद विघटन भइ पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो। सरकारले आउँदो फागुन २१ मा निर्वाचन गर्दैछ ।

निर्वाचनको माहोल बनिरहेको यश बेलामा प्रचण्ड फेरि रूकुम पश्चिम जाँदैछन् । नेकपाको सन्देश सभा कार्यक्रम लिएर उनी यही पुस २६ गते पुनः रूकुम पश्चिम जान लागेका हुन् ।८ महिनापछि उनी रूकुम फर्किदा पनि भेरी पुल बन्ने कतै छाँटकाँट देखिएन ।

जनतालाई उधारा आश्वासन दिएर काठमाडौ फर्किएका प्रचण्डले सरकार र संसदमा कतै पहल गरेको अत्तोपत्तो भएन ।किन कि उनले त्यो बाचा त्यही भेरीमा बगाएर काठमाडौ फर्किए थिए।जनताको माझमा उधारो आ श्वासन दिएका प्रचण्डले अब रूकुमेली जनतालाई के जवाफ देलान् त्यो आउँदो पुस २६ मै थाहा होला कि ? ०००

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : १५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित