लिपुलेक व्यापार मार्ग सञ्चालन गर्ने चीन भारतको सहमति प्रति नेपालले नेपाली भूमिमा कुनै गतिविधि नगर्न गर्यो ।
त्यसको जवाफमा भारतले नेपालीको दाबी नपुग्ने भन्दै खण्डन गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेकका बारेमा बुधबार नेपालले सार्वजनिक गरेको धारणाप्रति प्रतिक्रिया जनाएर लिपुलेकको नेपाली दाबी स्वीकार्य नभएको भनेका छन् ।
‘भारतले नेपालको परराष्ट्र मन्त्रालयद्वारा लिपुलेक पासमार्फत भारत र चीनबिच पुनः सुरु भएको सिमाव्यापारसम्बन्धी टिप्पणीलाई ध्यानपूर्वक लिएको छ’ उनले सार्वजनिक गरेको प्रेस नोटमा छ, ‘भारत र चीनबीच लिपुलेक पासमार्फत सिमाव्यापार सन् १९५४ मा सुरु भएको हो र दशकौँदेखि जारी छ। पछिल्ला वर्षहरूमा कोभिड र अन्य कारणले अवरुद्ध भए पनि अहिले दुवै पक्षबीच सहमति भई यो पुनः सञ्चालनमा आएको हो।’
लिपुलेकबारे भारतीय प्रतिक्रिया छ, जहाँसम्म भूमि (लिपुलेक) दाबीको कुरा छ, हाम्रो अडान स्पष्ट छ यस्ता दाबीहरू न त ऐतिहासिक तथ्यमा आधारित छन्, न त प्रमाणमा। कुनै पनि एकपक्षीय वा कृत्रिम रूपमा बढाइएका दाबीहरू अस्वीकार्य छन्।’

उनले भारत नेपालसँग बाँकी रहेका सीमा–सम्बन्धी मुद्दाहरूलाई कूटनीति र संवादमार्फत समाधान गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।








