नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी तथा प्रवर्धनका लागि युवा पुस्तालाई जोड्ने अभियानलाई तिब्रता दिएको छ ।
पर्यटन बोर्डले यही उद्देश्यसहित मंगलबार ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम आयोजना गरेको हो ।
पर्यटकीय उपज, उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्यको प्रवर्धनका लागि कोशीस गरिएको हो । पर्यटन सम्वध्दहरूलाई एकै थलोमा राखेर यस्तो कार्यक्रमको आ योजना गरिएको हो। बोर्डले मुलुकको पर्यटन प्रवर्धनका लागि नयाँ गन्तव्यको महत्त्वलाई उजागर गर्न युवा पुस्तालाई जोड्ने काम भइरहेको जनाएको छ ।
पर्यटन र्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले विद्यमान पर्यटन प्रवर्द्धनका लागि नयाँ पुस्तालाई जोडेर प्रविधिको उपयोग गर्नुपर्ने बताएका छन् । लामो इतिहास भएको नेपालकाृ पर्यटन क्षेत्रको प्रचार गर्दा पुरानै र सीमित गन्तव्यको मात्रै प्रचार भइरहेको उनले बताए ।उनी भन्छन् , पछिल्लो दशकमा विश्वमा पर्यटनको ट्रेन्ड परिवर्तन भइरहेकाले हामीले पनि नयाँ गन्तव्यको खोजी र प्रचारको नयाँ शैली अवलम्बन गर्नुपर्ने भएको छ ।”
हाल देशभरबाट विभिन्न समूह र व्यक्तिगत तवरबाट युवा पुस्ताले घुमफिर गर्ने र नयाँ गन्तव्यको खोजी गरिरहेको सन्दर्भको चर्चा गर्दै सीइओ जोशीले त्यसको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको पनि बताए । उनले भने, “देशभरका सातै प्रदेशमा ‘कन्टेन्ट क्रियटर’का रूपमा लागिरहेका युवा पुस्ताले खोजीका साथै दूरदराजका वैभव र विशेषतालाई प्रचार एवं प्रवर्द्धन गरिरहनुभएको छ । उहाँहरूलाई पर्यटकीय उपज उत्पादकसँग जोड्नका लागि पनि यस्तो कार्यक्रम आयोजना गरिएको हो ।”
कार्यक्रममा सुदूरपश्चिमको अपि हिमालदेखि सुदूरपूर्वको मुन्धुम ट्रेलसम्म पर्यटकीय गन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । जसमा सातै प्रदेशका प्रचार र प्रवर्धन हुन नसकेका गन्व्यहरूको भिडियो सामग्रीसमेत समावेश गरिएका थिए ।
सिइयो जोशीले आगामी दिनमा पर्यटन प्रवद्र्धनमा नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने र घुमफिर गरिरहेका युवा पुस्तासँगसँगै काम गर्न पर्यटन बोर्ड खुला रहेकासमेत बताए ।
कार्यक्रममा कोशी प्रदेशबाट मनोज आचार्य, मधेश र बागमती प्रदेशबाट मनिष रुचाल, गण्डकी प्रदेशबाट हेमन्त भण्डारी, लुम्बिनी प्रदेशबाट पल्लव पण्डित, कर्णाली प्रदेशबाट सिर्जना ओली ९सिर्जना सिज्जु० र सुदूरपश्चिम प्रदेशबाट हेमन्त राईले सम्बन्धित प्रदेशका नयाँ पर्यटकीय गन्तव्यको खोजी, सम्भावना र प्रचारको अवस्थासहितको श्रव्यदृश्य सामग्री प्रस्तुत गरेका थिए।