विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मदिन दिन आज । बुद्धको सन्देश संसार भर भन्ने नारासहित २५६९औं बुद्ध जयन्ती लुम्बिनी सहित विश्व भर मनाइदै छ।
भगवान् बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रिसंयोगको पावन दिनका रूपमा वैशाख शुक्ल पूर्णिमामा पर्ने बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम गरि मनाइन्छ ।
सरकारले आ ज सार्वजनिक विदा दिएको छ। भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा तीन दिनसम्म विविध कार्यक्रम गरि मनाइने भएको छ।
लुम्बिनी विकास कोषले बुद्ध दर्शन र विश्व शान्ति सन्देश प्रवाह गर्न बुद्ध जयन्तीलाई विशेष महत्त्वका साथ मनाउने भएको हो।








