११ औ शताब्दीमा जुम्लाको सिंजालाई राजधानी बनाउने खस साम्राज्यका संस्थापक राजा नागराज थिए।शक्तिशाली खस राज्यको राजा नागराज हुनु भन्दा पहिले पनि खसहरू स-साना राज्यमा बसिसकेकाे पाईन्छ ।११औ शताब्दी पछि भने खस राज्य सपात क्षेत्रकाे रूपमा परिचित छ।खस साम्राज्यकाे सिमाना पूर्वमा त्रिशूली नदी,पश्चिममा सिन्धु नदी,दक्षिणमा गंगा र गण्डकीकाे संगमस्थ,उत्तर तर्फमा तिब्बतसम्म फैलिएको थियोे ।
खसहरू काे हुन्?
उनीहरूकाे इतिहास प्राचीन बेबीलाेनियासम्म फैलिएको थियोे । हालकाे ईरान ,ईराक र सिरिया रहेको ठाउँमा प्राचीन बेबीलाेनिया थियोे । कुसाइडहरूले ईशापूर्व १५९५देखि ११५५ बेबिलियानमा शासन गरेका थिए।खस सभ्यताको मुख्य विकास पनि त्यही भएको थियोे ।तिनै कस,कुसायत,कसायतलाई अहिले खस भनिन्छ ( पूर्ण प्रकाश नेपाल ,सिजापति बाला -२०५७)।खसहरू विभिन्न देशमा फरक फरक नामले चिनिन्छन्। ग्रीसमा स्माहथीस,स्काइथिहन,युनानमा विराेस अर्थात मद्रस, साेभियत संघमा कज्जास,ईरानमा हस्क,अफगानिस्तान,पाकिस्तान,भारत र नेपालमा कस,खस र कर्छे भनिन्छ ।मध्यकालीन नेपाल मण्डलमा ख्याँ शब्दले सम्बाेधन गरिन्थ्यो ।अहिले पनि नेवारी सभ्यतामा पर्वते अर्थात ख्यँ भनेर बाेलायछन्।ईशापूर्व १ हजार तिर बेबिलाेनियामा तिनै कस ,कसाहटहरूकाे एउटा समूह पूर्वतिर लाग्याे।खसहरू अफगानिस्तान ,ताजकिस्तान भूभाग पार गर्दै तिब्बतको खासगर क्षेत्रमा आ ईपुगे। खासकर क्षेत्रमा खसहरूले सन १५० देखि शासन गरे।

करिब पाँचौ शताब्दीसम्म खसहरूका सन्ततिले अहिलेकाे पश्चिम नेपाल र तिब्बतको भूभागसम्म फैलिएका थिए।पूर्ण प्रकाश नेपाल ‘यात्री’ काे सिजापति बाला पुस्तकमा लेखिए अनुसार सिजामा खारी प्रदेशबाट राजा नागराजले शासन चलाउनु भन्दा पहिले पाल वंशका राजा थिए।यश कुरालाई धेरै ईतिहासकारहरूले पुष्टि गरेका छन् ।११अाै तिरकाे शताब्दीमा तिब्बतको यारी,खारी पुरान क्षेत्रबाट आएका राजा नागराजले सिजालाई राजधानी बनाए।यहाँ राज्य बसालेका थिए।नागराजले शासन गर्नु पहिले मल्ल चल्ल,हल्ल र पाल जस्ता थर भएका खसहरूले हालकाे कर्णालीमा शासन गरेका थिए।(डाक्टर राजाराम सुवेदी ,कर्णाली प्रदेशको मध्यकालीन इतिहास )

इतिहासकार माेहनबहादुर मल्ल भन्छन्,मल्ल र पालहरूले शासन गर्नु अघि गाउँलेहरूकाे रजाइँ थियोे ।पालहरूले जुम्लामा शासनकाे थालनी गरे,पालहरूकाे राजा अादी पाल थिए,१६ अाै शताब्दी राजा गेला पालले कालिकोटको गेलालाई राजधानी बनाएका थिए।१८ अाै राजा अादित्य पाललाई हराएर नागराजले राज्य गरेका थिए।

नागराजले शासन बसाल्दै गरेको समयमा अहिलेकाे नेपाल विभित्र राज्यमा विभाजित थियोे ।नेपाल मण्डल अर्थात काठमाडौका राज्यमा लिच्छविहरू र ठकुरी वंशकाे एकान्तर शासन थियोे ।अहिलेकाे सेती महाकालीमा कुमाउका शासकहरूकाे नियन्त्रणमा थियो ।मगरातमा मगर राज्य थियोे ।गण्डकी प्रदेशको उत्तर भागमा गुरूङले शासन गर्दथे।पूर्वमा किराँतहरूकाे शासन थियोे ।तराईमा स्थिर थिएनन् राज्यहरू।सपाद लक्ष्यकाे स्थापना हुनु भन्दा पहिला यश प्रदेशमा खप्तड ,श्रीपाल,कालिकोट गेला,खलाती र सिजापति अनेकन ग्राम राज्यहरू थिए।जुन कुरा आफ्नाे पुस्तकमा पूर्ण प्रकाश नेपाल ‘यात्री’ ले उल्लेख गरेका छन् ।राजा नागराजले यीनै ग्राम राज्यलाई एकीकरण गरे।कतिपय इतिहासकारले नागराज तिब्बतको खारी प्रदेशको ताक्लाकाेटकाे राजा भएको बताएका छन् ।उनी नागराज सिजाकाे सिजा सरेको पाईन्छ ।

विस १०१९ मा नागराजपछिचापराज,,चपिल्ल,क्राशीचल्ल राजा भए ।
यहाँ ध्यान दिनुपर्ने कुरा के छ,भने,चप्पिल्लकाे नाममा चल्ल थर विक्रम सम्वत १३०८ देखि १३३५ सम्म यी राजाहरू भएको दुल्लुमा रहेको पृथ्वी मल्लकाे अभिलेखमा उल्लेख्य छ।उनीहरूकाे समयमा के के भयो भन्ने कुरा भने थाहा हुन सकेको छैन।यी राजनहरूकाे नाम तिब्बत वंशावलीहरूमा पनि उल्लेख छ।विक्रम सम्वत १२८० मा क्राचल कुमाउ गढवाल जितेर खस राज्यमा गाभेका थिए।उनलेे उत्तरतिरकाे सीमा तिब्बतको ताक्लाकाेट पुराए। यीनै राजा क्राचल मल्लकाे पालामा दुल्लुलाई खस राज्यको राजधानी बनाएको पाईन्छ ।याम अनुसार उनीहरू दुल्लु,सिंजा र सुर्खेतबाट राज्य चलाउँथे।यश राज्यको पूर्वमा त्रिशूली नदी,पश्चिममा सिन्धु तथा तनाव नदी र दक्षिणमा गंगा र गण्डकीकाे संगामस्थलसम्म फैलिएको थियोे ।समग्र पश्चिमी तिब्बतको भूमि समेत गाभेर गर्मी याममा सिंजा र जाडाेमा दुल्लुबाट शासन गर्दथे।दुल्लुकाे विजय नगरमा विक्रम सम्वत ९३८ देखि १४४४ सम्म कायम रह्याे।

खस मण्डलकाे नामले चिनिने सिन्जा राज्यमा क्राचलपछि अशाेक चल्ल राजा भए ।यीनकाे पालामा गण्डकी प्रदेश पनि खस साम्राज्यकाे अधीनमा पुग्यो ।उनको समयमा खारी प्रदेश अर्थात कैलाश पर्वत र केदारनाथ – बद्रीानाथ क्षेत्र समेत समेटिए।अशाेक चल्ल सबै राजाहरूमा श्रेष्ठले सपाद लक्ष्य अर्थात सवा लाख पर्वत देशहरूका महाराजधिराज थिए।दुल्लु र बाेधगयाकाे स्तम्भमा अशाेक चल्लपछि जितारी मल्ल राजा भए ।यीनकाे पालादेखि चल्लकाे स्थानमा मल्ल लेख्न थालेको पाईन्छ ।उनलेे मल्ल राज्यमाथि जितेकाे हुनाले जितारी मल्ल राखिएको हुन सक्ने बताईन्छ।जितारी मल्लले नेपाल मण्डल अर्थात काठमाडौ उपत्यकामा विक्रम सम्वत १३४४,१३४५ र १३४६ मा आक्रमण गरेका थिए। भनिन्छ, खस सेनाले काठमाडौ आक्रमणमा ठूलो धन सम्पत्ति लुटपाट गरेका थिए।तेस्रोपटककाे आक्रमणमा जितारी मल्लले नुवाकोटमा आक्रमण गरेका थिए।उनको शासनकाल विक्रम सम्वत १३५५ सम्म चल्यो ।त्यसपछि खस राज्यमा राजनीतिक संकट आईलाग्याे।उनका दुई छाेरा थिए:अक्षय मल्ल र आदित्य मल्ल।

अक्षय मल्लले आफ्ना हजुरबुबा अशोक चल्लकाे पालामा अछामको प्रशासिनक केन्द्र हेर्ने जिम्मेवारी पाएका थिए।उनलेे अछाममा रहेको विनायक देवल बनाउन दिएका थिए।तर,उनको युवा अवस्थामै मृत्युु भयो ।अनि कान्छा छाेरा आदित्य मल्ल तिब्बतकाे शाक्य मठमा भिक्षु भएर बसेका थिए।जितारी मल्लपछि रिपु मल्लले १ वर्ष शासन गरे।आदित्य मल्लका काका छाेरा थिए,रिपु मल्ल।रिपु मलाई बहादुर राजा थिए।उनलेे विक्रम सम्वत १३६९ मा नेपाल मण्डलकाे भ्रमण गरे,नेपाल मण्डलमा उनी १८ दिन बसेका थिए।उनलेे पशुपति,स्वयम्भू,मत्स्येन्द्रनाथको दर्शन गरेका थिए।त्यसपछि उनलेे लुम्बिनीको पनि भ्रमण गरे। उनलेे दक्षिणतिरकाे भूभाग जितेर देशको सिमाना फराकिलो पारे।

यत्तिकैमा जितारी मल्लका छाेरा आदित्य मल्ल तिब्बतबाट फर्केर विक्रम सम्वत १३७० मा खस राज्यको शासन सम्हाले।उनलेे विक्रम सम्वत १३७८ र १३८५ मा काठमाडौ उपत्यकामा आक्रमण गरे।उनको पाला खस राज्य काठमाडौसम्म विस्तार भयाे।उनको राजनीतिक कालमा पनि राजनीतिक संकट देखियाे,जहाँ,उनका छाेरा कल्याण मल्लकाे पनि युवा अवस्थामै मृत्यु भयाे।
उनका अर्का छाेरा प्रताप मल्ल पनि भिक्षु बनेका थिए।खस राजाहरूकाे बुद्ध धर्म प्रति अथाह र अपार आस्था थियोे ।आ दित्य मल्ल र उनको नाती प्रताप मल्ल भिक्षु बन्नुले खसहरू बुद्ध धर्ममा विश्वास गर्दथे भन्ने बलियो प्रमाण देखिन्छ ।यति मात्रै हाेईन, पृथ्वी मल्ल अभिलेखमा शुरूमा ऊँ मणिपद्म लेखिएको छ।आदित्यका छाेरा नाती काेही नरहेपछि उनको छाेरी सकुनमालालाई राज्य सञ्चालनकाे अधिकार प्राप्त भयो ।सकुनमालाकाे विवाह गेला राजेयका स्थानीय शासन चलाईरहेका पूण्य गेलालसंग विवाह भयो ।राजकुमारीकाे पतिकाे हैसियतले पूण्य गेलाल सिंजाकाे राजा बने।जसरी काठमाडौमा जयस्थिति मल्ल राघवल्लबदेवीसंग विहे गरेको हैसियतले राजा भएका थिए,त्यसैगरी पूण्य गेलाल पनि आ फ्नाे थर र गाेत्र फेरेर पूण्य मल्ल भएका थिए।ईतिहासकार डाक्टर राजाराम सुवेदीले खसहरूमा छाेरा नभए छाेरी ज्वाइँ पाल्ने उनै ज्वाँईका थर र गाेत्र फेर्न लगाइ आफ्नाे गाेत्र दिने चलन पहिल्यैदेखि थियोे र अहिले पनि चाैधखेल गर्खामा छ।( सुवेदी २०५४:७०)

यश विषयमा पूण्यप्रकाश गाैतम लेख्छन्,गेलालका गेलाल पूण्य मल्लदेखि त्यो वंश पूर्णतया सिंजापति उद्दीपीत भएको हुँदा तबदेखि कालिकोट र गेलाल दुबै राजधानी खाली हुन गए।ती राजधानी खाली भएकोले त्यसको लाभ उठाएर रासकाेटीका सामन्त सरू प्रताप बर्माले आफ्नाे राजधानी काेटाखाैला र झ्याउकाेटमा सारेका थिए।

यसरी आदित्य पाल वंशका राजा पूण्य मल्लकाे हातमा सत्ता पुग्याे।उनलेे सिंजाकाे राज्य चलाउने हक पाए।उनलेे जिम्मेवारी पनि राम्रोसँग पूरा गरे।उनको समयमा खस राज्य विस्तार भयाे।त्यसबेला उनलेे काठमाडौमा आक्रमण गरि ३६ प्रकारका कर लिएका थिए।उनको पालामा काेकनलाथ,मनाैठ,करेल,अंगबंग,मलिङ, मिथित र जालन्धर जस्ता क्षेत्रमा विजय हासिल गरे।पूण्य मल्लका जेठा छाेरा श्री मल्लकाे पहिल्यै मृत्यु भयो ।विक्रम सम्वत १३९५ मा कान्छा छाेरा पृथ्वी मल्ल राजा भए ।तिनै पृथ्वी मल्लले दैलेखको दुल्लुमा कृति स्तम्भ हाे,जसमा खस मल्लहरूकाे बारेमा महत्त्वपूर्ण घटनाहरू लेखिएका छन् ।
उक्त अभिलेखमा पृथ्वी मल्लले नागराजकाे वंशका राजाहरू र आफ्ना वंशका पाल राजाहरूकाे स्पष्ट विवरण उल्लेख गरेका छन् ।याे कृति स्तम्भ बाहेक अन्य धेरै स्तम्भहरू दिएर कर्णालीकाे इतिहास अध्ययन गर्न सजिलो बनाइदिएका छन् ।पृथ्वी मल्लकाे पालामा यशु बर्मा नाम गरेका मुख्य मन्त्री थिए।उनी निकै याेग्य, काबिल र चतुर थिए।उनको दरबार शिवदेव जैशी,देवराज जैशी लगायतका पण्डितहरू थिए।यी बाहेक राज्यमा गायक,नर्तकी,कलाकार, लेखक र भिक्षुहरू थिए।उनको कार्यकालमा हिन्दु र बाैद्ध धर्मको राम्रो प्रभाव र वातावरण थियोे ।त्यतिबेला खेतीपाती ,पशुपालन र व्यापार पनि फस्टाएको थियोे ।उनको पालामा दुल्लु र सिंजा शहरको रूपमा विकास भएका थिए।यतिधेरै राम्रो वातावरण भएपनि उनको शासन कालकाे पछिल्लो समयमा सिंजा राज्य कमजोर बन्न पुग्यो ।विक्रम सम्वत १४०७ मा सिंजाकाेल अधीनमा रहेको तिब्बतको दक्षिण पश्चिमकाे क्षेत्र स्वतन्त्र बन्यो ।पृथ्वी मल्लले त्यसलाई नियन्त्रणमा राख्न सकेनन् ।त्यसै विक्रम सम्वत १४०९ मा डाेटी क्षेत्र पनि खस राज्यबाट अलग भयाे।राजा पृथ्वी मल्लले स्वतन्त्र बनिरहेका क्षेत्रलाई नियन्त्रणमा लिन लागेनन्।पृथ्वी मल्लपछि सूर्य मल्ल राजा भए ।उनलेे डाेटी राज्यमाथि सैन्य कारबाही गरेर फिर्ता लिए ,उनलेे स्वतन्त्र बन्न खाेजेका कुमाउ र गढवालमाथि सैन्य कारबाही गरे।तर, उनलेे तिब्बतमाथि आक्रमण गरेको इतिहास भेटिएको छैन।

सूर्य मल्लपछि अभय मल्ल राजा भए ।अभय मल्लकै नेतृत्वमा डाेटी अधीनमा आएकाे थियोे ।राजा अभय मल्लकाे पालामा बर्मा थर भएकाहरू दबदबा बढ्न थाल्याे।जहाँ खस राज्यमा बर्माहरूकाे प्रभाव रहेको देखिन्छ ।यशु बर्मा नामका मुख्य मन्त्री थिए।यीनै यशु बर्मा अभय मल्लकाे पालामा आईपुग्दा निकै शक्तिशाली भएका थिए।यसका साथसाथै यशु बर्माले तयार गरेको पृष्ठभूमिमा मलय बर्मा राज्यमा हर्ताकर्ता बनेका थिए। राजा अभय मल्लकै समयमा विक्रम सम्वत १४३५ देखि १४४६ काे बीचमा मलय बर्माकाे नाम भेटिन्छ ।त्यतिबेला मलय बर्मा र रत्नमालालाई राजा र रानीकाे उपाधि दिईएकाे थियोे ।यसकाे अर्थ राजा अभय मल्ल भएको बेला मलय बर्मा र रत्नमालाले राजारानी उपाधि पाएका थिए।खस मण्डलमा अन्तिम राजा अभय मल्ल सन्यासी भएर हिडे या मरे भन्ने स्पष्ट छैन।

म्याग्दीमा पाईएकाे शिला पत्रकाे आधारमा विक्रम सम्वत १४४८ सम्म उनको शासन रहेको पाईन्छ ।त्यसपछि मलय बर्माका ४ छाेरा १ छाेरी खस मण्डललाई टुक्राटुक्रा पारेर बाँडे।मलय बर्माका जेठा छाेरा सुमेरू बर्मा सल्यानका राजा भए ।माइला छाेरा मेदिनी बर्मा जाजरकोटमा राजा भए ।साईला छाेरा पिताम्बर बर्मा रूकुमकाेटकाे राजा भए ।कान्छा छाेरा संसार बर्मा दैलेखको राजा भए ।मलय बर्माकी छाेरी मल्लदेवी बर्मा बलिराजा जुम्लाका राजा भए ।त्यसपछि क्रमश खस राज्य टुक्रिदै गएर २२ बढी राज्यमा विभक्त भयो ।यसरी बाईसे राज्य पश्चिमा र पूर्वमा २४ राज्य भएका थिए।