फागुन २१ नजिकिएसंगै प्रस्तावित प्रधानमन्त्रीहरू र तिनको दलले प्राप्त गर्न सक्ने मतको विश्लेषण हुन थालेको छ।
कांग्रेस र नेकपा रिभाइभ भएको ,रास्वपा चम्किएको र एमाले खुम्चिएको बेला आ उँदो संसद र कस्तो होला केही तथ्य मा रहेर रहेर गरिएको विश्लेषण यस्तो छ ।
प्रचण्ड , संयोजक ,नेकपा
शक्तिको धुरीमा सधैं फन्को मार्न माहिर नेता प्रचण्ड । लचकता र गतिशीलता भएको नेता। विचार र वाद भन्दा सत्ता लेनदेनमा बहुत सिपालु । नयाँ पुस्ताको अभिभावकीय बन्न मसिनो गरि प्रभावमा पार्न सक्ने खुबी भएको नेता । चुनाव जित्न पहिले आफू सुरक्षित स्थानमा पक्का । अनि पार्टीको लागि सोच्ने चतुर नेता।
छिमेकीसहित पश्चिमालाई आफू अनुकूल राख्न माहिर । संसदमा तेस्रो दल तर, सत्ता र कूटनीति आफ्नो पकडमा राख्न सक्ने जादूगर र खुबी भएको नेता ।विमति राख्नेप्रति कहिल्यै प्रतिशोध नदेखाउने तर,पार्टीमा बस्न नसक्ने बनाइदिने । जस्तै जनार्दन ,राम कार्की र सुदन किराँतीको बहिर्गमन । विरोधीकै किल्लामा पुगेर जनमत आफ्नै पक्षमा उभ्याउन सक्ने क्षमता भएको । त्यसको उदाहरण रूकुम पश्चिम र काठमाडौ ८ । यी दुबै क्षेत्रमा प्रचण्ड पहलको एक उदाहरण हुन्। गुठी आन्दोलनका सुमन सायमी उपत्यकाको नेवाका लोकपृयता नेता ।उनलाई नेकपामा भित्र्याएर काठमाडौ ८ र २ मा नेकपा बलियो देखिनु।
विगतका चुनाव जितेका क्षेत्रहरू जोड्दा प्रत्यक्षमा नेकपा २५ सीट मोटामोटी प्रत्य क्षमा २५ सीटले बालेनसंग सहकार्य गरेर सकेसम्म आफै प्रधानमन्त्री बन्नेछन् । यदि यो सम्भव नभए बालेन्द्र साहलाई प्रधानमन्त्रीमा प्रचण्डले प्रस्ताव गर्नेछन् । प्रधानमन्त्री बालेन्द्र हुनेछन् । तर, सत्ताको स्टेरिङ प्रचण्डको हातमा हुने छ।रवि बालेनको काँधमा बन्दुक राखेर उनले विगतको १८ महिने सरकारको भ्रष्टाचार विरूद्को क्याम्पियन पूरा गर्नेछन् ।
यसको पहिलो निशाना ओली, आरजु , लेखकहरू पर्नेछन् । उनी पार्टीलाई जीवन्त राख्न भन्दा आफू सत्तामा रहने या नरहने कुरालाई पहिलो प्राथमिकता राख्छन् ।त्यसको लागि यश पटक उनी रूकुम पूर्व पुगेका हुन्। जहाँ जीत निर्विवाद छ ।समानुपातिक बन्द शुचि उनको यसपटकको व्यापक सुधार हो। प्रत्यक्षतर्फ टिकट पनि बडो सन्तुलित । हार्ने राजनीतिक खेल कहिल्यै खेल्दैनन्। प्रचण्ड महाबाठो नेता हुन्। पार्टी सकिदा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति उनकै वरिपरि छ र रह्यो अनि अझै रहिरहनेछ । यतिको क्षमता राख्ने नेता विरलै पाईन्छन्। रवि बालेनलाई फकाएर आफू प्रधानमन्त्री बन्नेछन् ।नमिलेमा रास्वपालाई समर्थन गरेर सरकारमै पार्टीलाई पुराउने छन् ।
बालेन्द्र साह,वरिष्ठ नेता, रास्वपा
राजनीति र उमेरको परिपक्वताले कम अनुभव भएका नेता हुन् बालेन । राजनीति भन्दा काम धेरै जानेका नेता भएकाले उनी सर्वाधिक लोकपृय छन् । उनको तीन वर्षे काठमाडौ मेयरको कार्यकालमा राम्रो काम गरेर दलीय राजनीतिमा आ एका हुन्। सडक ,शिक्षा ,स्वास्थ ,सम्पदा र संस्कृति क्षेत्रमा उनलाई काठमाडौलाई धेरै सुधार गरे। नाक हिड्नु पर्ने काठमाडौ आहा भन्ने भएपछि उनी चुनाव लड्न हिडे।
मेयर कालमा सबैभन्दा हैरानी उनले सिँहदरबाट झेलेका थिए। माफियाले कब्जा गरेको सार्वजनिक जग्गा फिर्ता लिनेदेखि पूर्वाधार निर्माणमा सिँहदरबार सधैं तगारो बन्यो । उनीमाथि सबैभन्दा भन्दा एमालेको ओली समूह निरन्तर लाग्यो । प्रशासकीय अधिकृत फेर्न पनि सिहदरबार रिझाउनु पर्ने नियति बेहोरेका उनले सिँहदरबारमै पुग्ने यात्रामा छन् ।
जनताको डेलिभरी र सुशासन उनको प्रमुख मुद्दा हुन्। वाद भन्दा जनतालाई दालभातको खाँचो छ, भन्ने बुझेका बालेन्द्र हिजो जसले धेरै तगारो हाले उनै विरू्द्ध झापा ५ मा पुगेका छन् ।सडकदेखि सञ्जालसम्म एमालेबाट घेराबन्दीमा परेका बालेन एमालेकै टाउकोमा हम्बर ठोक्न झापा पुगेका हुन् । एमालेकै कार्यकर्तालाई विभिषन शैलीमा उपयोग गरेर अहंकारका बादसाह ओलीकै टाउकोमा हिर्काउने गरि उनी फागुन २१ पर्खिएका छन् ।
रास्वपाले बहुमत ल्याएमा प्रधानमन्त्री उनी बन्नेछन् । रवि पार्टी सभापति भए पनि मुद्दाका चाङको पासोमा रहेका रवि फुकलफाकल हुन अझै दुईचार वर्ष लाग्न सक्छ। लोकपृयताको हिसाबले रवि भन्दा बालेन धेरै छन् ।रविमाथि प्रश्न धेरै छन् । बालेन आर्थिक र नैतिक हिसाबले सबैभन्दा बलिया नेता हुन्। न्यूनतम यो दलले मोटामोटी ९० देखि १०० सीट ल्याउने सक्ने अनुमान गरिएको छ । बहुमत नआएमा प्रचण्डसंग मिलेर सरकार बन्नेछ । त्यस सरकारको प्रधानमन्त्री बालेन बन्नेछन् । नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्री बन्नेछन् । बालेन्द्र सरकारलाई सहजै साथ प्रचण्डले दिनेछन् । उनी अरू भन्दा सजिला नेता पनि हुन्। उनी जता पनि सजिलोसँग मिल्न सक्ने क्षमता भएकोले बालेन रविको रोजाइमा प्रचण्ड पहिलो नेता बन्नेछन् ।
गगन थापा, सभापति ,नेपाली कांग्रेस
संसदीय राजनीतिमा सबैभन्दा परिपक्वता भएको नेता हुन्। सुझबुझ भएको नेता गगन राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिलाई सन्तुलनमा राख्न सक्ने खुबी भएको नेता हुन्। उमेर भन्दा संघर्ष र अनुभवले खारिएका नेता हुन् ,गगन । पार्टी भित्र विधिसम्मत विद्रोह गरेर पार्टी नेतृत्व लिन सकेका वीपीपछि उनै हुन्। दस वर्ष कम्युनिस्टहरूलाई पालनपोषण गरेका देउवालाई विशेष महाधिवेशनबाट नेतृत्वबाट पन्छाएपछि पार्टी र प्रजातन्त्रको लागि पहल लिन सकेका अत्यन्तै क्षमता,दक्षता र खुबी भएको नेता हुन्,गगन।
कांग्रेसी मात्रै होइन,गैर कांग्रेसले समेत रूचाएका नेता गगनमा विमतिलाई सहमति ल्याउन सक्ने खुबी छ। संस्थापनको प्रतिसशोधलाई पनि नरम र सरलढंगले आफ्नै पहलमा लिएर टिकट वितरणलाई निकै सन्तुलित बनाए।जबकि यश अघि कांग्रेसमा टिकट वितरणमा सधैं लफडा हुन्थ्यो ।पैसाको बीटो बुझाएका नेताले यसपटक योग्यता र क्षमता देखाएर चुनाव लड्न हिँडे।
यश अघि काठमाडौ ४ मा लडेका उनी यसपटक सर्लाही ४ मा झरे। काठमाडौ ४ नवयुवालाई दिए । यश अघि १५ सय बढी मत अन्तरले दोश्रो भएको कांग्रेसको बलियो क्षेत्र हो,सर्लाही ४ ।अहिले रास्वपा प्रवेश गरेका डाक्टर अमरेश सिँहले जितेका थिए। देउवा आरजु पेलानले अमरेश स्वतन्त्रबाट उठेका थिए।तर, यश पटक गगनसंग प्रतिस्पर्धा हुनेछ ।
संसदीय राजनीतिमा स्पष्ट भिजन,योजना र कार्यक्रम भएको नेता गगन हो। ज्ञान अर्थशास्त्रमा भरपुर दृष्टिकोण भएको नेता कोही छ, भने त्यो हो गगन थापा । उनको पार्टी कांग्रेसले बहुमत ल्याउन सक्नेमा त्यति धुक्क छैनन् । पार्टी नेतृत्वमा आए लगत्तै पार्टीलाई रिभाइभ गर्न त्यत्ति पाएनन् । लाखौं कांग्रेसीलाई उनले फर्काउनु छ। जीवनभर रूखमा भोट हालेकालाई देउवाले हसियाँ हथौड़ा र कलममा भोट हाल्न बाध्य बनाएका थिए। तर,गगनले कसैसँग गठबन्धन नगरेपछि यसपटक कांग्रेसीहरू पार्टीमा फर्किदैछन्।
यो माहोलले रास्वपा र कांग्रेसमा पहिलो पार्टी बन्ने प्रतिस्पर्धा हुने देखिन्छ । गगन नेतृत्वले करिब १०० सीट हाराहारी लिन सक्ने देखिन्छ ।यस्तो भएमा तेस्रो पार्टीसंग गठबन्धन गरेर गगन नेतृत्वको सरकार बन्नेछ । त्यसका लागि काम गर्न सहज हुने भएकोले प्रचण्ड रोज्न सक्छन्।तर,विचारको हिसाबले रास्वपा कांग्रेससंग निकट छ। राजनीति सम्भावना खेल हो।यी दुई दल मिलेमा पनि आश्चार्य हुनेछैन ।
केपी ओली ,अध्यक्ष एमाले
राष्ट्रियताको अडानमा सधैं उभिने नेता हुन्,ओली। कुटनैतिक कला भन्दा अभिव्यक्ति कलाबाट छिमेकी र मित्र राष्ट्रका अघि कुरा राख्ने नेता हुन् ,उनी। नेता तथा कार्यकर्ता संरक्षण उनको पहिलो प्राथमिकतामा पर्दछ।
६५ महिना सरकार चलाएका र धेरै राष्ट्रिय गौरवका आयोजना अघि बढाएका उनी हरेक परियोजनामा विवादास्पद छन् । सत्तामा पुगेपछि संविधान र कानुनलाई लत्याएर आफू अनुकूल शासन चलाउने निरंकुश शैली भएको नेता हुन्,ओली। विमतिप्रति विषवमन गर्ने उनको शैली छ। विचार भन्दा पनि रणनीतिमा सत्तामा खेल्ने नेता हुन्।
प्रचण्डलाई संगै स्वर्ग र नर्कको सपना देखाएर थाङ्नमा सुताउन सक्ने क्षमता भएको नेता हुन्। अहंकारलाई आफ्नो आदर्श मान्ने ओली कहिल्यै झुक्न जानेन्। उखान र टुक्काले अरूको उछितो काढेर कार्यकर्तालाई जोकमा हसाँएर सधैं शक्ति रहने चाहने नेता हुन्। भदौको नरसंहार र भ्रष्टाचारको कलंकको टीका उनीमाथि लागेको छ। सत्ता स्वेच्छाचारी र अहंकारी प्रवृत्तिले सबैभन्दा आलोचित नेता हुन् ,उनी।
भदौ २४ मा देउवाले भकुरी मागे,उनी हेलिकप्टरमा सत्ता छोडेर भागे। आफ्नै कारण सत्ता गुमेको स्विकार्न नसकेका ओलीलाई यश पटक एमालेले भावी प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ।तर,स्वयं ओलीलाई झापा ५ मा बालेनले कडा चुनौति दिएका छन् । विगतमा २०६४ बाहेक सधैं ६ पटक चुनाव जितेको यश क्षेत्रमा उनी अहिले निकै असुरक्षित देखिएका छन् ।
उनलाई वर्षौदिखि साथ दिएका नेता कार्यकर्ताले बालेनलाई साथ दिएपछि उनको संसदीय राजनीति फागुन २१ ले विराम लगाउने सम्भावना बलियो देखिन्छ । यसपटकको निर्वाचन एमालेलाई निकै महंगो बन्ने छ। एमाले चौथो दलमा झरेमा अनौठो हुनेछैन ।उसले प्रत्यक्ष र समानुपातिक गरेर ३५ को हाराहारीमा जित्ने छ। संसदमा एमाले निकै चाउरिनेछ। स्वंय ओली आफ्नै गृहजिल्लामा पछारिएमा प्रचण्ड मात्रै देखिनेछन् संसदमा पुराना नेतामा।
र, अन्तमा
हर्क कुलमानहरू खासै गणना हुनेछैन ।प्रत्क्षमा एक दुई सीट हुनेछ भने थ्रेस होल्ड कटाउ सक्नेछैनन्। कुलमान र हर्कको लोकपृयता फागुन २१ पछि सकिनेछ। राप्रपा पनि दुई सीट ल्याउनेछ।यश पटक यो दल पनि खस्किने छ।कांग्रेसको रीभाईभले राप्रपा र मधेस केन्द्रीत दललाई पनि धक्का दिनेछ ।
यद्यपि वास्तविक नतिजा पाउन फागुन २१ कुर्न पर्ने हुन्छ । मतदाताको रूझान हेरेर गरिएको विश्लेषण हो।मतदाताको रूझान स्थिर छैन। माहोल बेस्सरी तातेपछि अर्को ढंगले नतिजा आ उन सक्ने सम्भावनाको ढोका खुलैछ।यसलाई पनि कदापि विर्सनु हुन्न।








