रोल्पा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार पुरीले सबैको साथ र सहयोगले विद्यालयको शिक्षामा सुधार आएको बताएका छन्। बुधबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा राष्ट्रिय माध्यमिक विद्यालय खुमेलमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

विद्यमान शिक्षामा सुधारका छनक देखिएपनि श्रोत साधनको प्रबन्ध नहुँदा सरकारी विद्यालयहरुले अपेक्षाकृत नतिजा दिन नसकेको पनि उनले बताए । सरकारले समुदायको टाउकोमा फाल्दिने अनि नतिजा खोज्ने परिपाटी रहेको उनले टिप्पणी गरे ।

सरकारी शिक्षा भनिएपनि समुदायले बेहोर्न परेको नियती भएकोले शिक्षामा सोचे अनुसार सुधार नभएको पनि उनीलेृ तर्क गरे । शिक्षामा गुणस्तरीय खोज्ने हो भने, राज्यले लगानी पर्याप्त गर्न पनि उनले सुझाव दिएका छन्।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा शिक्षकहरुलाई सम्मान गरिएको छ। वडामा रहेका चार वटा विद्यालयबाट एक ÷एक जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार दिइएको वडाध्यक्ष पुरीले जानकारी दिए । त्यस्ले वडाले अभिभावक र विद्यार्थीलाई पनि उत्कृष्टताको पुरस्कार र सम्मान दिएको छ।

गएको साल २०८० को माध्यमिक शिक्षा परीक्षा(एसईई) परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।यसै वडामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय खुमेल जिल्लाकै उत्कृष्ट विद्यालय भएको थियोे ।

गएकाे २०८० सालकाे माध्यमिक शिक्षा परीक्षमा विद्यालयले हासिल गरेको उत्कृष्ट नतिजााले विद्यालयमा सुधार देखिएकाे हाे।विद्यालय शैक्षिक नतिजा सुधार हुनुमा वडा,विद्यालय व्यवस्थापन समिति ,अभिभावक र विद्यार्थीकाे याेगदान रहेको वडाध्यक्ष पुरीकाे भनाइ छ।यश वडामा रहेका विद्यालय अध्ययनरत विद्यार्थी ८ सय बढी रहेका छन् ।विद्यालयले व्यवहारिक र सीपमूलक शिक्षामा विशेष जाेड दिएको बताएको छ।

कार्यक्रममा वडास्तरीय हाजिरी जवाफ प्रतियोगिता, पनि आयोजना गरिएको थियो ।हाजिरी जवाफ प्रतियोगितामा प्रथम द्धितिय र तृतीयलाई पुरस्कार दिइएको थियो । कार्यक्रमा विद्यार्थी,शिक्षक र अभिभावकसहित जनप्रतिनिधिहरुको सहभागीा रहेको थियो ।






