२८ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

“गाम्या”ले देखेको, त्यो काठमाडौ !


२५ असार २०८१, मंगलबार  


उमेरले ७० माथि उकाली लागेका,शंकरप्रसाद गौतम।नागार्जुन नगरपालिका ७ गोतामथोकका रैथाने हुन्। जीवनमा धेरै संघर्ष झेलेका र अनुभव बटुलेका उनी लेख्न र पढ्न जेनतेन सक्छन्। किनकी उनले विद्यालय शिक्षा आर्जन गरेनन्। औपचारिक शिक्षाको कुनै अनुभव नभएपनि काठमाडौको सत्ता राजनीति र विदेश नीतिका बारेमा भने,उनी खरर बताउँन सक्छन्।

विद्यालय शिक्षा नभएपनि उनी राजनीतिक घटनाक्रम र उपक्रमका सन्दर्भहरु निकै रोचक रुपले सुनाउँछन्। नयाँ पुस्ता र नयाँ युगले नेपाली माटो र पहिचान गुमाएकोमा उनी चिन्तित छन्। उनी भन्छन्, “हाम्रो देशका नीति निर्माताको कमजोरी धेरै भो। राजा महेन्द्र सरकार बाहेक कुनैपनि सरकारहरुको देश बनाउने भिजन देखिन मैले। हुन त म प्रजातन्त्रमा विश्वास गर्ने मान्छे हुँ।तर, सरकारमा बस्नेहरुले कस्तो काठमाडौ बनाउने भन्ने भिजन देखाएनन्। प्रजातन्त्र आको यतिका वर्ष भो, अब आशा गर्ने कतै ठाँउ देखिन्न। ”

सामान्य परिवारका उनी खेती किसानी गर्दछन्, बाउबाजेले धानेको खेतीपाती आफूले पनि गर्दै आएका उनी बताउँछन्। खेतीपातीबाटै आफ्नो परिवार आत्मनिर्भर भएको अनुभव छ, उनीसंग ।तर, पछिल्लो समय व्यवस्था परिवर्तनसंगै काठमाडौमा विकृति भित्रिएकोप्रति उनलाई ठूलो चिन्ता छ। हरेक दिन रेडियो, टेलिभिजन सुन्ने हेर्ने अनि पत्रकारिता पढ्ने उनको आदत छ। सामान्य अक्षर पढ्न सक्ने उनलाई विद्यमान राजनीति र नयाँ पुस्ताप्रति निकै चिन्ता छ। २१ औ शताब्दी भन्छन्, नयाँ जमानाका हामी हाँे,भन्छन्। तर, उनीहरुमा कुनै दुरर्शीता र श्रमको महत्व बुझे जस्तो लाग्दैन। बाउबाजेले जोडिदिएको खेतबारी बेचेर महंगा कार चढ्ने अनि युरोप अमेरिका जाने। आफूले श्रीसम्पत्ति जोड्न नसक्ने छ। बाउबाजेको सम्पत्ति बेचेर खाने पुस्ता छ। हाम्रो पालामा नुन बाहेक सबै घरमै हुन्थे, हाम्रा यहाँ खेत थिए, लेकमा मकै फल्थ्याे। अहिले यी सबै खेत मासेर ठूला ठूला घर बने । भारतकै गाडी भारतकै तेल किनेर सुख काट्ने गरेको छ, अहिलेको नयाँ भन्नेहरुले । यो भनेकाे मति भ्रष्ट हो। नेता मति भ्रष्ट र नयाँ युवा पनि उस्तै । बाले खेतबारी जोड्दिए छोराले प्लटिङ गरेर विदेश तिर शयर गर्ने यस्ता जमाना आए। यस्तो अवस्था ल्याउने नेता नै हुन्। गतिलो नीति र थिति बसालेको भए, देशको हालत यस्तो हुन्थेन्, गौतम भन्छन्।

चक्रपथ भन्दा बाहिर राम्रो शहर बनाउने भनिएको थियो, यत्रो वर्ष भो, चक्रपथ बनेको छैन। टुँडिखेल सबै मासियो।पढेलेखेका पनि बुद्धिवाला छैनन्। विदेशीले जे -जे भन्यो त्यही पढ्छन्,। अनि हाम्रो बाउबाजेले जानेको कुरा सुन्नै चाहान्नन्। उता नेताको हालत उस्तै छ, हामीले अहिलेसम्म नेता भन्द्या हो,नेताको गुण कसैमा छैन। मलाई जानकारीमा आए अनुसार अहिलेसम्मको दूरदर्र्शी सरकार भनेको राजा महेन्द्रको सरकार हो । त्यत्तिबेला राजा महेन्द्रले एशियाली मापदण्डमा नेपाललाई पुर्‍याउने भनेका थिए,हवाना सम्मेलनमा ।जब देशमा बहुदल आयो,सबैतिर लुटतन्त्र पस्यो। अहिले लोकतन्त्र र गणतन्त्र त आयो । तर, थिति र विधिको मेसो कसैले बसाएनन्, सबैलाई कमाएर सात पुस्ता पुराउनु प¥या छ, धर्म हरायो। पशुपतिमा भेटी गन्नेले समेत चोर्न थाले। कलियुग होकी भष्मयुग हो? समाचार सुन्दा पढ्दा दिक्क लाग्छ।

एकताका समय थियो, समय हुँदो हो, २०४० सालतिर काठमाडौ अर्कै थियो । त्यत्तिबेला काठमाडौ विष्णुमति भित्रलाई मात्रै भनिन्थ्यो। त्यसभित्र नेवारहरुको बस्ती थियो, विष्णुमति बाहिर जम्मै खेतहरु थिए। लटरम्म झुल्थ्यो धानको बाला । असोजतिर पानी फाट्यो भने सन्ध्याकालीन समयमा धानहरु झुलेको देखिन्थ्यो। काठमाडौका चोकहरु धान सुकाउन बनाइएका हुन्। उपत्यकाकै धानले प्रसष्ट पुग्थ्यो, अहिले जस्तो यो उपत्यकालाई काठमाडौ भनिन्नन्थ्यो, विष्णुमति उताको ठाउँलाई मात्रै काठमाडौ भन्थे । त्यतिबेला बागमतीमा सिढीहरु थियोे ।कन्चन थियोे, नदीको पानी । कलकल बग्ने बागमती, विष्णुमति, धोबीखोला, मनमती, इच्छामति थिए। हरियो फाँट थियो । हामी विष्णुमती, बागमती सफा थिए,पानी पिइन्थ्यो,नदीको पानी शीरमा शेरचन गर्दथ्र्र्याै, किनकी पानी ज्यादै पवित्र थियो । पानीको श्रोतका लागि ठाउँ-ठाउँमा पोखरी खनिन्थ्याे। पानी रिचार्ज हुन्थ्यो,,ढुगेधाराहरु थिए। कुलाहरू हुन्थे।सिरानदेखि अन्तिममा पुग्थ्यो,कुलोको पानी ।प्रकृतिले आफै पानी बाड्दिन्थे।

अहिले जस्तो जातीय कुरा हुन्थेन, म विभिन्न पेशामा काम गरे, बाटोमा भेट्दा सबैलाई नमस्कार गर्ने चलन थियो, एकले अर्काेलाई आदर गरेपछि भातृत्व सम्बन्ध बन्थ्यो। सबै जातिबीच एकता थियो, जातका नाममा कहिल्यै विवाद भएको मलाई थाहा छैन। म घरबाट डेढघण्टामा न्यूरोड पुग्थे, सवारी साधन हुन्थेन, हिडेरै जानुपर्दथ्यो। छाउनी नपुग्दासम्म खाली पैदल हिड्न्थ्यिो, छाउनी गएपछि बल्ल जुत्ता लगाउने हो। जुत्ता लगाउन पाउनु पनि निकै ठूलो कुरो थियो, त्यही जुत्तामा पनि हिलो लाग्छ, भनेर हातमै बोकेर हिड्थ्यौ, हामीले न्यूरोड, असनतिर गएपछि “गाम्य “आए भन्थे। गाम्या भनेको नेवारी भाषामा गाउँले भनेको रहिछ। राजा महेन्द्रले ट्रली बस चलाए।। ट्रली बस थियोे ।२ रूपेमा त्रिपुरेश्वरदेखि सल्लाघारी पुर्याउँथ्याे। नेपालीले जुत्ता लगाउन भनेर चाईनाले बाँसबारीमा छाला जुत्ता खाेल्देकाे थियोे । ट्रली बस, छाला जुत्ता उद्योग सबै मासे।

तहमै जागिर गरे, महिनाको सय डेढ सय तलब थियो। ३० वर्षे जागिर जीवनसंगै अहिले ७१ वर्षको भएँ म। मैले बाल्यकादेखि बुढेसकालसम्म आइपुग्दा काठमाडौ धेरै फेरियो। काठमाडौले आफ्नो सबै परिचय गुमाइसक्यो। बागमती विष्णुमतीमा यस्तो डरलाग्दो कहिल्यै बाढी आउन्थ्यो, अहिले त नदी किनारमा घर बनाका छन्, नदीले आफ्नो बाटो खोज्न थाल्यो।याे मास्सिने सकिन दिन हाे।

काठमाडौ आँखै अगाडि स्वर्गबाट अहिले त नर्क जस्तो लाग्छ। भावी पुस्ताका दिन झनै अप्ठ्यारा होलान् जस्तो । । यीनै नेता अझै रहे, देश हाम्रो रहला जस्तो मलाई लाग्दैन ।अहिले मेरो घर छेउसम्म आएको यो बाटो । जुन बाटो हामीले २०२७ सालतिर कुटो कोदालोले खोस्रेर बनाएका थियौ, पछि बहुदल आएपछि यहाँ बाटो विस्तार भनियो। गणतन्त्र आएपछि कालो पत्र गर्न भन्दै डोजर लगाइयो, कालोपत्र गरेपनि अहिले बाटो हालत उस्तै छ। देशको राजकाज उस्तै छ, नयाँ पुस्ता पनि देशमा इलम गरेर खान नसक्ने भयो। छिमेकीहरुले धेरै प्रगति गरेपनि नेपालले प्रगाति गरेन। सायद मास्सिने दिन आएर होकी या अरु केही हो, उनी भन्छन्।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ८ : ०६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित