२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

सरजु गंगा: धार्मिक पदमार्गको नयाँ गन्तव्य !


१३ असार २०८१, बिहिबार  


हामीले यश अघि सरजु नदीको प्राचीनता र पौराणिकताको सन्दर्भ उजागर गरिसक्यौ,ओझेलमा परेको नदीको बहुआयामिक महत्वको गहिराईलाई उत्खनन गर्न पाँचौ श्रृङखलामा सरजु नदी क्षेत्र ः “धार्मिक पदमार्गको नयाँ गन्तव्य“ शीर्षकमा नयाँ तथ्य पस्किने कोशीस गरेका छौ।
नदी सभ्यताको विकासः
प्रारम्भ गरौ,नदी र मानव सभ्यता विकासको ऐतिहासिक सन्दर्भबाट । पक्कै पनि सरजु नदी जस्ता थुप्रै नदीको उत्पत्तिसंगै नदी किनारमा मानव सभ्यताको विकास भए। ती चर्चित सभ्यताहरु मध्ये इण्डुस सभ्यता, पर्सियन सभ्यता, ह्वाङ्ग–हो सभ्यता र इजिप्टको प्राचीन सभ्यता आदि –आदि रहेको पाइन्छ। विश्वमा मानव सभ्यताको विकास नदी किनारमै विकास र विस्तार भएको पाइन्छ। यीनै सन्दर्भ सामग्रीबाट पनि प्रष्ट हुन्छ की, सरजु गंगाको तटिय क्षेत्रमा पनि मानव सभ्यताको विकास र विलुप भए।

यही चक्करमा हालको दाङमा पनि सुकौराकोट ऐतिहासिक दरबार भएको पुरातत्व विभागबाट सिद्ध भैसकेको छ। जहाँ दंगीशरण राजाले राज्य गर्दथे भनिएको छ, दंगीशरण राजा भए ÷नभएको यकिन तथ्य नभएपनि थारु समुदायहरु नै यस क्षेत्रका पहिलो जाति हुन् भन्नेमा विमति नहोला। किनकी उनीहरु प्रकृति पूजक हुन्। यति मात्रै होइन,थारुको अर्थ हुन्छ, “था” भनेको धर्ती “रु” भनेको प्रकाश धर्ती र प्रकाशको संसर्गबाट थारु जातिको उत्पत्ति भयो । थारु जाति र यीनीहरुको सभ्यताको सम्बन्ध रामायणकालीन युग होस् या कृष्णकालीन नै किन नहोस्। जहाँ सांस्कृतिक सम्बन्धहरु जोडिएको स्मृतिका कथाहरुबाट प्रष्ट बुझिन्छ, जस्तै गैया बेहर्ना एउटा नाटक हो, यस नाटकका सम्वादहरु कृष्ण चरित्रका छन्।
सरजु गंगाको प्राचीनता ः
अब प्रारम्भ गरौ, सरजु गंगा धार्मिक पदमार्गबाट । प्राचीन तथा पौराणिक तथ्यहरुलाई केलाउँदै जाँदा यस नदी किनारामा पनि मानव सभ्यता थियो र अहिले पनि छ। आदिमकालमा यस क्षेत्रमा थारुहरुले राज्य गरेपनि कालान्तरमा अन्य जातिहरुको पनि प्रवेश भएसंगै दाङ उपत्यका बहुजाति र बहुभाषीको गन्तव्य भएकोमा विमति नहोला। ।

प्राचीन थारु सभ्यतासंगै आर्य तथा अनार्यको मिश्रित बस्ती रहेको यस क्षेत्र धार्मिक तथा प्राकृतिक हिसाबले निकै अब्बल मानिन्छ, भलै, यस क्षेत्रको महत्व र महिमाको विषयमा हामीले संसारलाई बुझाउन सकेका छैनौ । यसरी लुकाइएका र लुकेका तथ्यहरुको अनुसन्धान तथा उत्खनन् गरी यस क्षेत्रलाई धार्मिक पदमार्गको रुपमा विकास गर्ने ध्येयका साथ निरन्तर खबर सम्प्रेषण गर्दै आएका छौ ।
सरजु गंगाको उत्पत्ति ः
सरजु(बबई) नदी , जुन दाङको घोराही उपमहानगर १ रामपुरको सिमलटारामा रहको मालझाँक्री वनको मध्यभागबाट प्रारम्भ हुन्छ, एउटा चिरो परेको गुफाबाट उत्पत्ति भएको सरजुको लम्बाइ ४ सय किलोमिटर छ, जब सरजु(बबइ) भारतमा पुग्छ, तब यसको महिमा औधि हुने गर्दछ। भगवान श्रीराम र सरजुको विषयमा रामायणमा वर्णित छ। तर,सरजुको उद्गम स्थल दाङ उपत्यका अहिलेसम्म गुमनाम जस्तै छ।

जुन कुरा ऐतिहासिक तथ्यको उत्खनन् र अध्ययन नहुँदा ओझेलमा परेको हो । संस्कृत शब्द “द्रोण”बाट अपभं्रश भइ दाङ बनेको हो, द्रोणको भावार्थ हुन्छ पहाडी क्षेत्रको मैदानी भाग । यही द्रोणको शीरबाट सरजु गंगा बहन शुरु गरेपनि यसको प्रवद्र्धन र संरक्षणमा राज्य बेखबर जस्तै छ।
यसरी बन्न सक्छ, धार्मिक ट्रेलः
सरजुको उद्गम स्थल सिमलटारादेखि भारतको गंगामा मिसिदासम्म नदीको लम्बाइ ४ किलोमिटर बढी रहेको पाइन्छ। नदीको प्रारम्भदेखि एक सय किलोमिटर बढीको दूरी क्षेत्रमा बर्दिया राष्ट्रिय निकुन्जले छोएको छ, निकुन्जपछि गुलरियामा पुग्दा यसलाई भादा भनेर पनि भनिन्छ। यही भादा अर्थात सरजुको धार्मिक तथा प्राचीन महत्वलाई उजागर गर्न विक्रम सम्वत २०७३ मंसिरमा भादा अर्थात सरजु नदीको किनारा गुलरियामा महायज्ञ लगाइएको थियो ।

धार्मिक महायज्ञको आयोजनापछि सरजुको नेपालमा महिमा र चर्चा बढ्न थालेको बताउँछन्,पत्रकार दीपक शर्मा,।सरजु नदीको विषयका अध्येयता अयोध्यप्रसाद श्रीवास्तवसंगै खोज तथा अनुसन्धान क्षेत्रमा रुची राख्दै आएका उनी भन्छन्, “सरजुको शीरको महिमालाई हामीले चिन्न सकेनौ, वास्तवमा सरजु महिमा र महत्वलाई संसार भर प्रचार गर्न सक्ने हो, भने यस क्षेत्रमा धार्मिक पर्यटनमा उल्लेख्य वृद्धि हुन सक्छ। त्यसका लागि सरजु धार्मिक पदमार्गको रुपमा सरकार र निजी क्षेत्रले योजना र कार्याक्रम ल्याउनुपर्छ ।”

हो, पत्रकार दीपक शर्माले भने जस्तै ४ सय किलोमिटर सरजु गंगाको लम्बाइ मध्ये करिब तीन सय किलोमिटर नेपालमै पर्दछ, जबकी सरजु नदी भारतको धार्मिक क्षेत्र अयोध्यामा पुग्दछ सरजु। जहाँ भगवान रामको बाल्यकाल वितेको थियो, भने १४ वर्ष वनवासको बेला सरजु नदीको किनारै किनारको यात्रा गरेको श्रुती कथामा पाइएको बताउँछन्, राममन्दिर व्यवस्थापन समितिका अभियान्ता खेमराज खनाल। उनी भन्छन्, “प्राचीन कालमा राम र सीताको वनबासको यात्रामा सिता माताले स्नान गरेको यही सरजुको कुन्टो हो । यही कुन्टोमा सीता माताले स्नान गरेको हुनाले यसलाई सीता जलकुण्ड भनेर चिनिएको हो । यद्यपि राज्यले यस्ता पौराणिक महत्वका विषयमा खोजविन नगर्दा ओझेलमा परेका हुन्। अब सरजुका यी धार्मिक र प्राकृतिक महत्वका स्थललाई जोडेर धार्मिक पदमार्ग बनाउनतिर सबै जुट्नुपर्छ । ”
अभियान्ता खेम रिजालले भने जस्तै दाङको करिब डेड सय किलोमिटरमा क्षेत्रलाई जोडेर धार्मिक पदमार्ग बनाउन सकिन्छ, जसको प्रारम्भ सिमलटारादेखि शारदा र सरजुको संगमस्थल बन्चरेसम्मलाई एक खण्डको रुपमा विकास गर्न सकिन्छ। जसमा बन्चरे, गंगटे, धोबाघाट तिलकन्या, बाघखोर, शितलपुर भोजपुर कनरिया धारापानी हुँदै सिमलटारा जोड्न सकिन्छ। भने बर्दिया राष्ट्रिय निकुन्ज हुँदै भारतको अयोध्यासंग जोड्न सकिने सम्भावना प्रवल छ, भन्छन्, पर्यटन प्रवद्र्धन अभियान्ता माधव केसी। पर्यटन क्षेत्रको प्रवद्र्धनमा लामो समयदेखि अध्ययन गर्दै आएका केसी भन्छन्, “हामीले सरजुको महिमा महत्व नबुझ्नु भनेको कस्तुरीले आफ्नै वीनाको महत्व नबझुेर सारा वन चाहारे जस्तै हो ।”

अवस्य पनि सरजु नदीको महिमा र महत्वको उजागर गर्दै यस क्षेत्रको धार्मिक पर्यटनको विकास गर्न सकिन्छ, सरजु नदीको उद्गम स्थललाई इपिसेन्टरको रुपमा विकास गरी भारतीय पर्यटकहरुलाई दाङमा ल्याउन सकिन्छ, पछिल्लो समय भारतले विकास गरेको आर्थिक उन्नतीले पनि यो सम्भावना देखाउँछ।तर त्यसको लागि हामीले बृहत्तर योजना बनाएर आवस्यक पूर्वाधार र प्रवद्र्धनमा जोड दिन कदापि ढिलाउनु हुन्छ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ८ : ०८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित