१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

टीकाकाे शुभसाईत बिहान ११:३६ बजे


२६ आश्विन २०८१, शनिबार  


यश वर्षको विजयादशमीकाे टीका लगाउने शुभसाईत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान ११बजेर ३६ मिनेटमा टीका ग्रहण गर्नु अत्यन्तै उत्तम साईत रहेकाे छ। टीका ग्रहण गर्नेले पूवी माेहडातिर फर्केर आ शिष ग्रहण गर्नुपर्ने उपयुक्त हुने बताईएकाे छ।

टीका ग्रहणकाे शुभसाईत २०८१ असाेज २६ गते शनिबार बिहान ११:३६ बजे भएपनि पायक परे अनुसार दिनभर टीका लगाउन सकिनेछ। विजय दशमीकाे टीका काेजाग्रत पूर्णििमासम्म लगाईन्छ। टाढा टाढाबाट टीका थाप्नु पर्ने भएकोले दशैकाे टीका काेजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ।

देवी विसर्जन बिहान ८:३३ बजे रहेको समितिले बताएको छ। आ जै काठमाडौमा रहेको तलेजु देवी मन्दिर समेत खुला गरिन्छ । वर्षमा १ दिन मात्रै सर्वसाधारणको लागि मन्दिर खुला गरिन्छ।

विजय दशमीलाई दशै विसर्जनकाे रूपमा पनि हेरिन्छ।दुर्गा भवानीले असुरकाे विनास गरेपछि त्यसको खुशीयालीमा जमरा र टीका लगाएर उत्सव मनाउन गरिएको हाे। दशैकाे शुभारम्भ कहिलेदेखि भयाे,त्यसको कुनै यकिन इतिहास नभए पनि हिन्दुहरूले आ दिमकालदेखि दशैलाई भव्यरूपले मनाउने गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ७ : ०९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित