२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

५८ अर्बको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता स्विकृत, साढे तीन लाखलाई रोजगारी


१ बैशाख २०८२, सोमबार  


यश चालु आर्थिक वर्षको ९ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० प्रतिबद्धतामा उच्च वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०८/र८२ को साउनदेखि चैतसम्मको अविधमा करिब ५८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत भएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को यसै अवधिको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी २७ अर्ब ८८ करोड बढी प्राप्त भएको हाे ।

अघिल्लो वर्ष चैत मसान्तसम्म ३० अर्ब ९ करोड ९५ लाख १७ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएकोमा यस वर्ष चैत मसान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार ५ सय रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।

यस अवधिमा ‘अटोमेटिक रुट’ बाट २ अर्ब ८९ करोड रुपैयाँ र ‘अप्रुभल रुट’ बाट ५५ अर्ब ७ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।

विभागको तथ्यांक अनुसार ९ महिनाको अवधिमा ४८० वटा उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा बढी पर्यटन क्षेत्रका १८९, सूचना प्रविधि क्षेत्रका १८५ , सेवा क्षेत्रका ६३, उत्पादनमुलक क्षेत्रका ३४, कृषि क्षेत्रका ७ र उर्जा तथा पूर्वाधार क्षेत्रका ११ उद्योग दर्ता भएका छन् ।

यस वर्षको चैत महिनामा मात्र ५३ उद्योगमा १३ अर्ब ३१ करोड ५१ लाख रूपैयाँ बराबरको एफडिआई स्वीकृत भएको छ।

पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी

क्षेत्रगत रूपमा हेर्दा यस वर्ष सबैभन्दा बढी लगानी पर्यटन र सूचना प्रविधि क्षेत्रमा स्वीकृत भएको छ । यस अवधिमा कुल वैदेशिक लगानीको समान ३९/३९ प्रतिशत पर्यटन र सूचना प्रविधि क्षेत्रले ओगटेको छ ।

चैत मसान्तसम्म पर्यटनसँग सम्बन्धित १ सय ८९ उद्योगमा १८ अर्ब ३८ करोड ७५ लाख ९० हजार रूपैयाँ बराबरको एफडीआई प्रतिवद्धता प्राप्त भएको छ भने सूचना प्रविधि सँग सम्बन्धित १ सय ८५ उद्योगमा १ अर्ब ११ करोड १६ लाख ३ हजार रूपैयाँ बराबरको एफडीआई प्राप्त भएको छ ।

यस अवधिमा उद्योगका हिसाबले पर्यटन उद्योग दर्ता धेरै देखिए पनि लगानी रकमका हिसाबले सेवा क्षेत्रका उद्योगमा ३४ अर्ब ९२ करोठ ७७ लाख ३० हजार रूपैयाँ बराबरको एफडिआई प्रतिवद्धता प्राप्त भएको छ । यस्तै यसबाहेक उत्पालन मुलक क्षेत्रका ४३ उद्योगमा २ अर्ब ७४ करोड २० लाख ५० हजार रूपैयाँ बराबरको एफडिआई प्राप्त भएको छ ।

यस अविधिमा कुल लगानीको ३९र३९ प्रतिशत पर्यटन र सूचना प्रविधि क्षेत्रमा, १३ प्रतिशत सेवा क्षेत्रमा, ७ प्रतिशत उत्पादनमुलक क्षेत्रमा र २ प्रतिशत कृषि क्षेत्रमा आएको छ।

गएकाे वर्षको यस अवधिमा पर्यटन क्षेत्रका १२२ उद्योग दर्ता भएका थिए भने जुन कुल दर्ता उद्योगको ४५ प्रतिशत थियो ।दोस्रो सेवा क्षेत्रमा ९३ एफडीआई स्वीकृति भएको थियो जसको हिस्सा ३५ प्रतिशत रहेको थियो ।

साना उद्योगमा केन्द्रित लगानी

यस अवधिमा नेपाल भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी साना उद्योगमा बढी केन्द्रित देखिएको छ ।

यसवर्ष चैतसम्म स्वीकृति भएका प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामध्ये ४६८ वटा साना उद्योगमा आएको छ भने मध्यम खालका उद्योगमा ८ र ठूला ४ उद्योगमा लगानी प्रतिवद्धता आएको छ । चैतमा मात्र ५३ वटा साना उद्योग दर्ता भएका छन्।

साढे ३ लाखलाई रोजगारी दिने

विभागका अनुसार यस वर्ष प्रत्यक्ष वैदेशिक लगानी भित्रिएका प्रस्तावमा लगानी आउन थालेसँगै यी उद्योग तथा प्रतिष्ठानले ३ लाख ४० हजार रोजगारी सिर्जना हुने देखिएको छ । चैत महिनामा मात्र स्वीकृत प्रस्तावले १ हजार १ सय ८३ जनालाई रोजगारी दिने अनुमान छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १ : ११ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित