३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मनाङेले मन्त्रालय बेचे,बालकृष्णले मान्छे….


१८ भाद्र २०८१, मंगलबार  


पछिल्लो समय दीपक मनाङे चर्चामा छन्। गुण्डा पृष्ठभूमिबाट राजनीतिमा आएका उनी गण्डकी प्रदेशकाे वन मन्त्री थिए।सत्ता जाेड घटाउमा मिसिएर उनी पटकपटक मन्त्री भए ।प्रदेश मन्त्रालयकाे काम नभएको भन्दै राजिनामा दिए।

तितेपाती र वनमारा झार हेर्ने काम बाहेक अरू उपादेयता नभएको भन्दै उनलेे राजिनामा बुझाए ।उनले भने,”कांग्रेस डेढ कराेडमा मन्त्री किन्न तयार छ,उता एमालेका साथीहरू सम्पर्कमा हुनुहुन्छ ।साथीहरू मन्त्री हुन रहर गर्छन् पैसा छ,किनिहाल्छन्,मैले बेच्दिने हाे मन्त्रालय” उनको यही अभिव्यक्ति निकै भाईरल भएको छ,यतिबेला ।

यति मात्रै हाेईन।संघीयताकाे आत्म मानिने प्रदेशको अाैचित्यता पनि समाप्त भएको विश्लेषण गरिएको छ।यश अघि पनि स्वकीयलाई मन्त्रालयकाे कार्यबाहक दिएको भन्दै उनी निकै चर्चामा थिए।त्यसैकाे निरन्तरता स्वरूप उनी पछिल्लो समय मन्त्रालय बेच्नसम्म तयार भए ।


मनाङे मन्त्रालय विक्री गर्ने डिल गरेर चर्चामा छन् ।
उता,गृहमन्त्री मन्त्री स्वंय मान्छे बेच्थे, नेपालीलाई नक्कली भुटानी बनाएर बेचेको अभियाेगमा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण ९ महिना प्रहरी खाेरमा बास बसे।२०८० बैशाख २७ मा पक्राउ परेका उनी २०८० पुसतिर रिहाइ भए ।

३० लाख तिरेर रिहाइ भएका उनी गुमनाम जस्तै छन् । उनी रिहाइ कांग्रेस सभापति शेरबहादुर देउवाकाे बलले भएका थिए। उनी रिहाइ हुनु २ दिन अघि रूपन्देहीको एक कार्यक्रममा देउवाले खाण रिहाइ हुने पक्का पक्की गरेका थिए।


यश प्रकरणकाे लहराेमा तानिएकी देउवा पत्नी डा आरजु देउवा एमाले नेतृत्वको सरकारकि परराष्ट्र मन्त्री छिन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डे ,पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी, सुरक्षा सल्लाहकार डा. ईन्द्रिजित राई लगायतका मानिसहरू थुनामै छन्।

नेपाली राजनीतिका खेलाडीहरू मुख्य पात्र रहेको याे मानव बेचबिखन धन्दा राजनीतिक संरक्षणमा केही सेलाएकाे देखिएपनि एक दिन सबैलाई बगाउने पक्का छ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ९ : १३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित