२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

फल्चालाई पुनर्जीवन दिँदै, मेयर बालेन


३० जेष्ठ २०८१, बुधबार  


हुन त सम्पदा शहर भनिन्छ,काठमाडौलाई। सम्पदा शहरको उपमा दिईएपनि गएको तीन दशक यता शहरकाे रूप रंग बदलियाे। शहर कुरूप बनेको छ,कंक्रिटकाे झाडीले।विश्वकै पुराना सभ्यता मध्येको एक हाे,बागमती सभ्यता ।

प्राचीन सभ्यता भएकै कारण देश दुनियाँ काठमाडौ उपत्यका राेजाइमा पर्दथ्याे र पर्छ पनि।तर,२०४६ यताकाे इतिहासकाे पानाे पल्टाइयाे,भने “काठमाडौकाे चेहरा अस्वभाविकरूपले फेरियाे, पूर्खाहरूले बटुवाका लागि बस्ने बिसाैनी फल्चा बनाइदिएका थिए। तर,सबै मासियाे शहरीकरणका नाममा” भन्छन् सम्पदा अभियान्ता भागवतनरसिँह प्रधान ।
हाे,अभियान्ता प्रधानले भने जस्तै,शहरीकरणकाे नाममा सम्पदामाथिकाे अतिक्रमण तीब्र छ। मठ मन्दिर, देवालय, पाटी – सत्तल नामेट पारेर कंक्रिट तारे महल र अपार्टमेन्टले छाेपिएकाे छ, उपत्यका । सत्ताकाे अाडमा यहाँको सभ्यताका जीवन्त मूर्त सम्पदा नामेट पारिए । जुन कुरा खास गरी ३४ वर्षको संसदीय राजनीतिकाे कालखण्डमा सम्पदा विराेधी हर्कत भए । मुलुकमा जे जसरी भ्रष्टाचारकाे जरा विस्तार भयाे, त्यसै गरि यहाँका ऐतिहासिक,प्राचीन र पुरातात्त्विक सम्पदा मासेरै कंक्रिटकाे महल उभ्याईए,केही मानिसहरू त धनी भए हाेलान् ।तर,सम्पदाले धनी काठमाडौ कंक्रिटकाे झाडीमा उकुसमुकुस छ। यद्यपि काठमाडौ महानगरले सडक र गल्लीहरू हरियाली र मनमाेहक बनाएको छ।

शहरीकरणका नाममा मठ मन्दिरसंगै नदी खाेला ,तालतलैया र पाेखरी पनि मासिए।ठमेलकाे कमल पाेखरी हडपेर छायाँदेवी नामकाे तारे महल उभ्याईएकाे छ। सत्ता र शक्तिकाे तागतमा ऐतिहासिक पाेखरी मासिएकाे हाे।यश विषयमा काठमाडौ महानगर माैन छ,सायद सर्वोच्चमा विचाराधीन मुद्दा भएर पनि हुन सक्छ ।
नदी खाेलादेखि देवालय,मठ मन्दिरकाे जमिन हडपेर महल बने अाँखै अगाडि ।पुरातत्त्विक सम्पदा हराउदै गए।तिनकाे स्थान कंक्रिट महलले लिए ।२०४९ यता याे देशमा स्थानीय निर्वाचन २०५४ मा भयो ।त्यसपछिका धेरै समयपछि अर्थात २० वर्षपछि २०७४ मा बल्लतल्ल भयाे,स्थानीय निर्वाचन ।स्थानीय सरकार अाएपछि हडपिएका सम्पदा काठमाडौ महानगरले खाेजेन ।बरू माफियाकै सरसल्लाहमा सखाप पार्ने काम भए।त्यसको ज्वलन्त उदाहरण रानीपाेखरी पुनर्निर्माण एक हाे।जहाँ पूर्व मेयर विद्या सुन्दर शाक्यले कंक्रिटले पुनर्निर्माण गर्ने काेशीस गरेका थिए।सम्पदा प्रेमीहरूकाे दबाबपछि प्राचीन प्रविधि,सीप र स्थानीय श्राेत( भक्तपुरकाे कालाे माटाे) ले पुनर्निर्माण गरिएको थियोे ।

oplus_2

यस्तै एउटा सम्पदा हाे ,फल्चा। जुन उपत्यकामा लगभग लाेपउन्मुख अवस्थामा थियोे ।तर,पछिल्लो समय काठमाडौ महानगरका मेयर बालेन्द्र साहकाे पहलले व्यूँतिएका छन् ।स्वतन्त्र उम्मेदवारकाे रूपमा उनी विजयी भएर अाएसंगै अार्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रममै सम्पदामैत्री महानगर बनाउने घाेषणा गरे।
सम्पदामैत्री महानगर बनाउने उनको लक्ष्य र उदेश्य अनुसार माफिया विरूद्ध उनको डाेजर मिसन जारी छ।चाैतर्फी घेराबन्दीकाे बीचमा पनि उनी ऐतिहासिक फल्चा निर्माण अभियानलाई तीब्रता दिएका छन् ।

पूर्खाले हजारौं वर्ष लगाएर निर्माण गरेका यस्ता सम्पदाकाे निर्माण तथा पुनर्निर्माण गरि काठमाडौ महानगरलाई सम्पदामैत्री शहर बनाउने अभियान हाे,मेयर बालेनकाे। त्यही उदेश्य अनुरूप शहरकाे मुख्य सडकहरूमा निर्माण गरि पुरातत्त्विक तथा प्राचीनता दर्शाउने काेशीस गरेको देखिन्छ ।साेही अनुसार नयाँ वानेश्वर लगायतका ठाउँमा फल्चालाई पुनर्जीवन दिईएकाे हाे।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १ : १३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित