सुषुप्त जस्तो बनेको राप्रपा यतिबेला धेरै सक्रिय छ।गणतन्त्रको लोगो छातिमा टाँसेर उनीहरू ज्ञानेन्द्र शाहलाई सत्तामा फर्काउने दौडधुपमा छन् ।
ज्ञानेन्द्र स्वंयलाई गद्दीमा फर्किनेमा त्यती विश्वासरा नभए पनि राप्रपा लगायतका राजावादी समूह ढुक्क जस्तो देखिन्छ ।यद्यपि विवादास्पद मेडिकल व्यवसायी दुर्गा ओलीसंग चिढिएर ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन हिडेपछि राप्रपा पनि तातेको देखिन्छ ।मुद्दा एउटै भएपनि भारत पाकिस्तान जस्तो सम्बन्ध भएका यीनिहरूको एउटा समूहको नेतृत्व लिङ्देनले गरेका छन् ।
कमल थापा जस्ता राजावादीले छुट्टै शटर खोलेका छन् । राजसंस्थाको वकालत गर्दै यी दाजु भाइ गणतन्त्रको उपप्रधानमन्त्री भएका अनुहारहरू हुन्।
पछिल्लो समय तीनकुने विध्वंस मच्चाएका प्रसाईं बेपत्ता छन् । उनको विध्वंसात्मक क्रियाकलापलाई अनुमोदन गरेको लिङ्देन समूहले मंगलबार बल्खुमा खबरदारीसभा आयोजना गर्यो।मंगलबार त्यस्तो कुनै अपृय घटना भएन। राप्रपाले सतर्कता अपनाएको देखियो । चैत १५मा तीनकुनेमा भएको राजावादीको प्रदर्शनले हिंसात्मक रूप लिएपछि बल्खुमा सोही प्रकृतिको घटना नहोस् भनेर सरकार पनि सजग रहेको देखियो।

राजधानीको बल्खु चोकदेखि कलंकीतिर जाने बाटो छेउमै राप्रपाले मञ्च बनाएको थियो । मञ्चलाई चारैतिबाट प्रहरीले दोहोरो सुरक्षा दिएको थियो । पहिलो लाइनमा नेपाल प्रहरी हुँदा चौकुनामा सशस्त्र प्रहरी बिहानैदेखि तैनाथ भएका थिए । करिब ७ सय मिटर लामो प्रदर्शन क्षेत्रमा अवाञ्छित गतिविधि नहोस् भनेर राप्रपाका स्वयंसेवक खटिएका थिए । उनीहरूले सडकको दुई लेनमा राखिएका कुर्सी मिलाउनेदेखि पार्टीका नेताहरूलाई मञ्चमा लैजान सहजीकरण गरिरहेका थिए ।
राप्रपाका कार्यकर्ताहरू भेला नहुँदै सुरक्षा निकायबाट देखिएको अलर्टले तीनकुने घटनाबाट सरकारले पनि पाठ सिकेको पाइयो । चक्रपथ कीर्तिपुरको सवारी आवागमनलाई सहज बनाउँदै लगेका ट्राफिक प्रहरीले मध्याह्नआसपासबाट सवारी प्रवेशमा कडाइ गर्दै लगेका थिए । १२ बजे बल्खु पुलमा ब्यारिकेट हालेर प्रहरीले बल्खुबाट सोनपातर्फ एकतर्फी मात्र सडक खुलाएको थियो ।तीनकुने भयले स्थानीय व्यापारीहरू त्रसित थिए।त्यही डरले दिनभर आ फ्नो पसलमा ताल्चा मारेर बन्द गरेका थिए। यद्यपि राप्रपाका आ योजकले घरमा अपरिचित व्यक्तिलाई प्रवेश नदिनुहोला भन्दै सूचना गरिरहेका थिए यसले तीनकुने क्षेत्रमा भनिएको घुसपैठ र गलत सूचनाको प्रवाह बल्खुमा नहोस् भनेर राप्रपा सर्तक भएको देखिन्थ्यो।

सभामा उपस्थिति अपेक्षित थिएन। कार्यक्रम स्थलमा पुगेकाहरूमा पनि त्यस्तो आवेग र आक्रोश देखिन्न थियो । सबैलाई पिउने पानीको प्रबन्ध राम्रो थियो । कुनै उच्छृङ्खल गतिविधि नहोस् भनेर स्वयंसेवक खटिएका थिए । कतै अलिकति हल्ला भयो कि स्वंयमसेवक पुगिहाल्थे । शौचालयको सूचना अपर्याप्त हुँदा सडक छेउका कुनामा जथाभावी शौच गरेर फोहोर भनेको भएको थियोे ।यद्यपि कार्यक्रम सकिएपछि फोहोर पनि राप्रपाका कार्यकर्ता आफैँले उठाएका थिए ।
यश अघि भृकुटीमण्डपमा फोहोर गरेर एक लाख जरिवाना तिरेको थियोे राप्रपाले । त्यही कुराले झस्किएको राप्रपा बल्खुमा सरसफाइमा सचेत देखियो । बालेनको शिक्षा पूर्ण पालना गर्यो उसले।यसैका बीचमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देश दिएका थिए । फोहोर गरेको भनेर पत्र नकाट्न उनले चेतावनी पनि दिएका थिए । भाषण सिध्याइसकेका भए पनि लिङ्देन एउटा कुरा भन्न छुटेछ भन्दै माइकमा फर्किएका थिए ।
‘एउटा सूचना दिन बिर्सिएछ, हाम्रो बालेनजीलाई । यो काठमाडौंमै महानगरभित्रै पर्छ होइन रु बालेनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रा साथीहरूलाई पनि आफैँ सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार, नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेबापत भनेर चिट्ठी नआओस्,’ उनले भनेका थिए ।
कार्यक्रम शान्त भयो । तर, नेताहरूले भाषण भने निकै चर्को थियोे । उनीहरूले सरकारमाथि प्रश्नैप्रश्न गरे । राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर दानापानी बन्द गरिदिने धम्की दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नसुध्रिनएको पनि आरोप लगाए।
‘भृकुटीमण्डमा आमसभा गर्न दिँदाखेरि ढल्ने तिम्रो गणतन्त्र कस्तो गणतन्त्र रु र कति कमजोर गणतन्त्र रु यो संसारले देखोस् भनेर त्यहाँ हामीले कुनै लफडा नगरेको हो,’ उनले भने, ुहामीले आह्वान गरेर चारैतिरबाट जुलुस निकाल्यौँ भने कसलाई छेक्छौ रु कसलाई गोली हान्छौ रु म फेरि पनि भन्छु– नसुध्रिने हो भने, हामी विद्रोहमा जान्छौँ, हामी पनि गोली चलाउँछौँ त भन्दिनँ, तर बालुवाटारलाई घेरेर भात–पानी बन्द गर्दिन सक्छौँ ।’

राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिएका लिङ्देनले सरकारले आत्तिएर आफूहरूलाई भृकुटीमण्डमा कार्यक्रम गर्न नदिएको पनि रोष प्रकट गरे। ‘राप्रपा बल्खु जा भन्यो, आयो । कमजोर नठान्नू, राप्रपालाई अर्को सिफल जाऊ भनौला, अर्कोचोटि कलंकी जाऊ भनौला, यो नठान्नू, राप्रपा भाग्यो पछि हट्यो । यो नठान्नू, शान्ति, अहिंसाप्रतिको हाम्रो विश्वासलाई कमजोरी नठान्नू– केपी ओली, रमेश लेखक,’ उनले भने ’आज देश दुनियाँले तिम्रो गणतन्त्र देखिरहेछ, त्यही देखाउन आज हामी यहाँ ९बल्खु० आएका हौँ । राप्रपा, जो राजनीतिक पार्टी हो, जसले मौका पर्यो भने राजा ल्याउँछु, हिन्दु राष्ट्र ल्याउँछु, संघीयता खारेज गर्छु, देशमा तिमीजस्ता भ्रष्टहरूलाई मौका पर्यो भने जेल हाल्छु भनेर आफ्नो घोषणापत्रमा उल्लेख गरेर भोट मागेर देशको पाँचौँ पार्टी भएको पार्टी हो ।’
लिङ्देनले प्रहरी प्रमुख दीपक थापामाथि पनि गम्भीर आरोप लगाए । उनले प्रहरी प्रमुख आईजीपी थापालाई एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भन्दै आरोप लगाएका थिए । यही चैत १५मा तीनकुनेको प्रदर्शनमा प्रहरी दमन भएको उनको आरोप थियो । ‘प्रहरी प्रमुख त युवा संघको सहअध्यक्ष पो रहेछन् । हामीले भेटेका खोकाहरू डेट सकिएका रहेछन् । त्यो दुर्गा प्रसाईंहरूले ल्याएर हानेको हो रु,’ उनले प्रश्न गरे, ’एमालेको प्रतिनिधि प्रहरी प्रमुख भन्छ– हामीले हानेको अश्रुग्यास कसरी डेट एक्सपायर हुन्छ रु प्रहरी प्रहरी भएर बस्नुपर्छ, दलका भ्रातृ संगठन भएर बस्नु हुँदैन । प्रहरी प्रहरी भएर बसोस्, फेरि पनि भन्छु ।’
लिङ्देनले नवीन समझदारी गर्न पनि आग्रह गरे । ‘सबै राजनीतिक शक्तिहरूको सहकार्यमा नयाँ समझदारी गरौँ । हिजोका राम्रा कुरा र अहिलेका केही राम्रा छन्, त्यो पनि समेटौँ,’ उनले भने, ‘जहाँ राजादेखि अहिलेका गणतन्त्रवादी अट्नेछन् । राजा अभिवभावकीय शक्तिको रूपमा राखौँ । जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी हुने, प्रदेश नरहेको केन्द्र सरकार र बलियो स्थानीय तह बनाऔँ ।’
राजावादीको तीनकुने प्रदर्शनमा राज्यको तर्फबाट आतंक सिर्जना गरिएको भन्दै हिंसा भड्काएको आरोप लिङ्देनले लगाए । ‘राप्रपा हिंसामा विश्वास गर्दैन । जेका लागि भए पनि हिंसाको विरोध गर्छ । चैत १५मा भएको हिंसाको निन्दा र खेद प्रकट गर्दछौँ,’ उनले भने, ‘त्यो हिंसा राज्यका तर्फबाट गरिएको थियो । त्यो भन्नमा कुनै आपत्ति छैन । कुनै पनि अराजकतामा भविष्य देख्दैनौँ, शान्तिपूर्ण दबाबबाट हाम्रो मान्यता स्थापित गर्न सक्ने विश्वासमा छौँ ।’
लिङ्देनले शान्तिपूर्ण आन्दोलनलाई दबाउन खोजिरहे त्यसको अवस्था भयावह हुने चेतावनी दिए । उनले १५ चैतमा तीनकुनेमा भएको घटनामा दुर्गा प्रसाईंलाई भगाएर सरकारले आफ्ना नेतामाथि धरपकड गरेको आरोप लगाए । ‘दुर्गा प्रसाईंलाई पक्रिन सक्नुहुन्थ्यो । दुर्गा प्रसाईंलाई ढुक्कले सटरभित्रबाट निकालेर पठाउनुभयो तर मञ्चमा बसेको नेतालाई बोल्न नदिई लखेट्नुभयो,’ उनले भने ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर राणालाई निस्सर्त रिहाइ गर्न लिङ्देनको माग छ । उनले राजावादीमाथि राज्यले आतंक सिर्जना गरिरहेको पनि आरोप लगाए । ुप्रधानमन्त्रीले अघिल्लो दिन युवालाई भेला पारेर केके भन्नुभयो रु हामीले राज्यको तर्फबाट कुन प्रकारको आतंक सिर्जना गर्यौँ रु राम्रोसँग हेरिएको छ । दुनियाँले हेरिरहेको छ । सविन महर्जनले के गरेको थियो र गोली हानियो रु,’ उनको प्रश्न थियो ।
तीनकुने घटनाको छानबिन समिति बनाउन माग गरेका लिङ्देनले मिश्र र राणा पक्राउलाई इखको रूपमा लिएको बताए । ‘केपी ओली र रमेश लेखकजी, हाम्रा नेताहरू पक्राउ गरिएकोलाई हामीले इखको रूपमा लिएका छौँ । चुनाव जितेको जनताको प्रतिनिधिलाई खोरमा अपमानित ढंगले राख्नुभएको छ, हाम्रो उपाध्यक्षलाई हतकडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाउनुभएको छ । यसले हामी होचिएका छैनौँ । इखको रूपमा लिएका छौँ,’ उनले भने, ‘राजा चाहिन्छ भनेका कारण मानिसहरू थुन्ने हो भने हामी लाखौँ थुनिन तयार छौँ । हाम्रा लागि जेल खाली गर्नुस् । यो सँगसँगै याद राख्नुस्, तपाईंहरूले देशमा लुटतन्त्र मच्चाएर राख्नुभएको छ, त्यसलाई राम्रोसँग हेरेका छौँ । तपाईंहरू जेल राम्रो बनाएर राख्नुस्, पछि आफू नै बस्ने हो । त्यो दिन आउँछ आउँछ । तपाईंहरू जीवनको उत्तरार्धमा जेल बस्ने नै हो । मन्त्री, प्रधानमन्त्री भएर बस्ने सुविधासम्पन्न क्वार्टर मात्र होइन, जीवनको उत्तरार्धमा बस्ने जेल पनि सुविधाजनक बनाएर राख्नुस् ।’
जनता वर्तमान सत्ता नेतृत्वको गोठका गाईवस्तु नभएको उनले बताए । ‘हाम्रा नेताहरूलाई निस्सर्त छोड्नुस् । दुःख दिएँ, चाखिस् भन्नुहोला । जति दिन थुन्नुहुन्छ, यो जनमत दिन दुई गुना रात चौगुना बढेर जान्छ । राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भन्नु संगठित अपराध हो रु,’ लिङ्देनले प्रश्न गरे ।
पार्टीले पत्रकार सम्मेलन गरेर चुनावी प्रक्रिया नै त्यागेको घोषणा गर्न सक्ने लिङ्देनले बताए । ‘सदन र सडक दुवैबाट पार भएन भने राप्रपाले सोच्नुपर्ने दिन आइसक्यो । हामीले यो संविधानसँग सहकार्य गर्ने बाटो अख्तियार गरेकोमा अब यो बाटो छोडेर पूरा संघर्ष र विद्रोहको बाटो लिनुपर्ने अवस्था आउनेछ । यही मञ्चबाट भन्न चाहन्छु, यस्तै गरी पेल्ने हो भने राप्रपाले विधिवत् प्रेस सम्मेलनमार्फत चुनावी प्रक्रिया त्यागेको घोषणा गरेर विद्रोहको राजनीति सुरु गर्ने धम्की दिए।
पार्टीका नेताहरूलाई झुटो मुद्दा लगाएर नफसाउन लिङ्देनले चेतावनी दिए । ‘ओलीले संविधानमा नभएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ भन्नुभएको छ । प्रचण्डले कार्यकारी राष्ट्रपतिको माग गरेर हिँड्नुभएको छ । उहाँहरूलाई पनि गिरफ्तार गरेर थुन्नुपर्छ,’ उनले भने, ‘हाम्रा साथीहरूलाई राजसंस्था पुनःस्थापनाको कुरा गर्दा संविधानविपरीत भनेर मुद्दा लाग्ने, उनीहरूलाई नलाग्ने किन रु’
राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले गणतन्त्रवादी नेताको घर घेर्ने धम्की दिए । उनले १६ वर्षको अवधिमा गणतन्त्रवादीहरूले १४ सरकार चलाएको, एक हजार जना मन्त्री भएको, तीन हजार हाराहारी सांसद भएको, ३१ जना मुख्यमन्त्री भएको तर जनताका लागि केही नगरेको आरोप लगाए । ‘२५ वटा अस्पताल राजाले बनाएका थिए, यिनीहरूले के बनाए रु भन्दै प्रश्न गर्ने शाही मिथ्यांकमा बढी रमाउँछन्।
राप्रपाका नेता तथा सांसद दीपक सिंहले नेपालमा बंगलादेश र श्रीलंकाजस्तो अवस्था आउने चेतावनी दिए । उनले कांग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई पनि देश जोगाउनका लागि राजसंस्थाको पक्षमा उभिन आह्वान गरे ।
राप्रपाकी नेतृ खुस्बु ओलीले कांग्रेस, एमाले र माओवादीमा आबद्धहरूलाई दासभन्दा माथि उठ्न आग्रहसमेत गरिन् । बल्खु पुगेकी उनले पत्रकारहरूसँग कुरा गरेकी थिइन् । ‘५ हजार मैले मारेको हुँ भनेर स्वीकार गर्ने प्रचण्डलाई कारबाही गर्नुपर्छ । राष्ट्रवादीहरूमाथि बाघ बनेर झम्टिन आह्वान गर्ने केपी शर्मा ओलीमाथि कारबाही हुनुपर्छ । बालसेना प्रयोग गरेर हत्या हिंसा मच्चाएको स्वीकार गर्ने बाबुराम भट्टराईमाथि कारबाही हुनुपर्छ,’ ओलीले भनिन् ।
अर्की नेतृ कुन्ति पोखरेलले गणतन्त्रवादीहरूलाई देश छाडेर भाग्न वा आत्मसमर्पण गर्न चेतावनी दिइन् । ‘एउटा कुरा भन्न चाहन्छु । गणतन्त्र भनिने लुटतन्त्रेहरूले के गरे हाम्रो देशमा थाहा छ रु भएका सबै कलकारखाना बन्द गरे ।
उनले भनिन्, ‘ए लुटतन्त्रेहरू, आजै तिमीहरू भागिहाल, नत्र घरबाटै थुतेर हाम्रा राष्ट्रवादी साथीहरूले कुट्नेछन् । कि देश छोडेर भाग कि राष्ट्रवादी साथीहरूका अगाडि आत्मसमर्पण गर । नत्र खैरियत छैन । ७ वैशाखदेखि सडक तताऊँ । यिनीहरूको दानापानी बन्द गरौं भनेकी थिईन्
राप्रपा भित्रका विवेकमा भन्दा आवेगमा बोल्ने नेताहरू बोलिरहँदा प्रकाश चन्द्र लोहनी र बुद्धिमान तामाङ जस्ता शालीन र बौद्धिक नेताहरू पनि थिए। मिथ्या तर्क र वितर्क गरेर सामाजिक सञ्जालबाट राजनीतिबाट उदाएका ज्ञानबहादुर शाहीहरूको पार्टी भित्र जबर्जस्त प्रभाव देखिन्छ । लोहनी र तामाङहरू छाँयामा देखिन्छन् ।