२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई निर्मल निवास प्नवेशमा रोक !


२६ फाल्गुन २०८१, सोमबार  


पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि निकै हौसिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई निर्मल निवास प्रवेशमा रोक लगाइएको छ।

उनै व्यवसायीले नेतृत्व गरेको समूह सहित राजावादीहरू आइतबार शाहको भव्य स्वागत गरेको थियोे ।

पोखरा गएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौै फर्कन क्रममा राजावादीहरुले विमानस्थलबाट निर्मल निवाससम्म जयजयकार गर्दै र प्रदर्शन गरे ।

प्रदर्शनमा पूर्वपञ्चहरुको पार्टी भनेर चिनिने राप्रपा, राप्रपा नेपाल, मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूह, नेपाली सेनाबाट सेवा निवृत्त भएकाहरुको समूह, हिन्दूवादी र विगतमा दरबारबाट फाइदा लिएकाहरु सहभागी थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापाभन्दा बढी फुर्तीफार्ती दुर्गा प्रसाईंको थियो । पूर्वराजा ज्ञानेन्द्र गाडीबाट टाउको बाहिर निकालेर जुलुसलाई हात हल्लाउँदै निर्मल निवाससम्म पुगे ।

लिङदेन र कमल थापासहित अधिकांश राप्रपा नेताहरु पैदलै निर्मल निवासको गेटसम्म पुगे । तर, दुर्गा प्रसाईं गाडीमा सवार भए । उनको गाडी पूर्वराजाको भन्दा केही पछि थियो ।

पूर्वराजाले अघिअघि जसरी हात र टाउको हल्लाउँदै अभिवादन गरेका थिए । उही शैलीमा प्रसाईं पछिपछि हात हल्लाउँदै हिंडेका थिए । जब दुर्गाको गाडी निर्मल निवास पुग्यो । तब राप्रपा कार्यकर्ताले उनको बाटो छेके । उनी विरूद्ध नारा जुलस नै हुन थालेपछि प्रहरीले प्रसाईंलाई भिडबाट बाहिर निकालेर घर पठाइदियो ।

राप्रपाका एक नेताले प्रसाईंले आफूहरुको एजेण्डा खोस्न खोजेको बताएका छन् ।उनीसँग राप्रपा लिङदेन पनि रुष्ट भएको उनले बताएका छन् । राप्रपाको एजेन्डामा दक्खल राखेपछि चिढिएको बताईएको छ। स्वागतमा राप्रपाका भन्दा प्रसाईंका मानिस जुलुसमा धेरै भएको अनुमान छ।

प्रसाईंले बढी सहभागी गराउने पूर्वानुमान भएपछि अध्यक्ष लिङदेनले पूर्वराजाको स्वागतमा एयरपोर्ट नजाने निर्णय लिएका थिए । तर, अरु नेताहरुले त्यसो गर्न नहुने भन्दै सम्झाएपछि उनी सहभागी भएको पनि ती नेताले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : १४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित