८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

राजधानीको गोंगबुमा भेटियो चार करोड रुपैया, थप अनुसन्धान गर्दै प्रहरी


१७ भाद्र २०८२, मंगलबार  



राजधानीको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ ।

मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले छापा मार्दा ठूलो परिमाणमा रकम फेला परेको छ।

अवैध रकम लुकाइएको सूचनाका आधारमा प्रहरीले छापा करिब चार करोड रुपैया फेला परेको छ। छापा मार्दा करिब ४ करोड रुपैयाँ बरामद भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिएका दिएका छन् ।

उनले यसबारे थप अनुसन्धान भइरहेको पनि बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ४ : १४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित