२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

निवर्तमान गृहमन्त्री लेखक भन्छन्, ‘जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौ’


२४ आश्विन २०८२, शुक्रबार  


पूर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले आफुहरुले जेनजी आन्दोलन बल प्रयोग नगरेको बताएका छन् ।आन्दोलन दबाउन आफु र तत्कालीन प्रधानमन्त्री केपी ओलीले कुनै किसिमको आदेश नदिएको बताएका हुन् ।

जेनजी आन्दोलनपछि मिडियामा पहिलो पटक प्रतिक्रिया दिदै उनले आन्दोलनका क्रममा प्रधानमन्त्री र आफुले कुनै किसिमको गोली चलाउने र दमन गर्ने आदेश नदिएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘भदौ २३ गते दुखद घटना भएपछि मैले गृहमन्त्रीबाट राजीनामा गरेको थिए । भदौ २४ गते दुखदायी घटनाहरु भए । अर्कोतर्फ बल प्रयोग गर्ने विषयमा तत्कालीन प्रधानमन्त्रीले, गृहमन्त्रीले आदेश गरेको हो भन्ने विषय उठेका छन्, म स्पष्ट रुपमा आग्रह गर्न चाहन्छु, यी विषयहरुमा प्रधानमन्त्री जो भएपनि, गृहमन्त्रीले आदेश गर्ने भन्ने विषय होइनन् । कुनै किसिमको आदेश गरिएको छैन, प्रधानमन्त्रीको तर्फबाट, मेरो तर्फबाट ।’

लेखकले अहिले लोकतान्त्रिक पद्धतिलाई संचालन गर्न सबै राजनीतिक दलहरुबीच बृहत्तर एकताको आवश्यकता गरेको बताएका छन् । जेनजी युवाहरुले उठाएका मागलाई सम्बोधन गर्दै लोकतान्त्रिक पद्धतिलाई अघि बढाउनुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : १५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित