४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

काठमाडौ महानगरले ५ लाख नगदसहित पेरिस ओलम्पिक विजेता पलेशालाई गर्याे, सम्मान


१९ भाद्र २०८१, बुधबार  


काठमाडौ महानगरपालिकाले पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । 

मेयर बालेन शाह र उपमेयर सुनिता ड‌ङ्गाेलकाे उपस्थितिमा महानगरले पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरेको हो ।साथै कोच रविराज नेगीलाई पनि नगद तीन लाखसहित सम्मान गरेको महानगरले जानकारी दिएको छ ।

पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत गत शुक्रबार सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी छन् ।

यसअघि काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्यलाई नगद १ लाख रुपैयाँसहित काठमाडौ महानगरले सम्मान गरेको थियोे । साथै प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव, फिजियो लोकेन्द्र कँवर र व्यवस्थापक निलम बज्राचार्यलाई जनही ५० हजार रुपैयाँ दिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ३ : १६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित